राष्ट्रिय फोटो पत्रकार समूह कास्की शाखाद्वारा क्यालेण्डर विमोचन

बन्दीपुर (तनहुँ) – राष्ट्रिय फोटो पत्रकार समूह कास्की शाखाले प्रकाशन गरेको २०८२ सालको क्यालेण्डर विमोचन गरिएको छ। शनिबार तनहुँको प्रमुख पर्यटकीय गन्तव्य बन्दीपुरमा आयोजना गरिएको ‘बन्दीपुरको पर्यटन प्रवर्द्धनमा फोटो पत्रकारको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा शाखाले स्थानीय संस्कृति, प्राकृतिक सौन्दर्य र सामाजिक जीवनशैली झल्किने तस्बिरहरू समावेश गरी क्यालेण्डर तयार गरेको हो।

कार्यक्रमका प्रमुख अतिथि तथा बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले क्यालेण्डर विमोचन गर्दै फोटो पत्रकारहरूले समाजको दृश्य अभिलेख राख्ने महत्वपूर्ण काम गरिरहेको बताए। उनले कास्की शाखाको यो प्रयासले पोखराको प्रवर्द्धनमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

राष्ट्रिय फोटो पत्रकार समूह कास्की शाखाका अध्यक्ष योगेन्द्र श्रेष्ठले क्यालेण्डरमा समेटिएका तस्बिरहरू सदस्यहरूद्वारा विभिन्न समयमा खिचिएका मौलिक दृश्यहरू भएको जानकारी दिए। उनले फोटो पत्रकारिताको माध्यमबाट स्थानीय संस्कृति र सौन्दर्यलाई प्रचारप्रसार गर्ने उद्देश्यले क्यालेण्डर प्रकाशन गरिएको बताए।

कार्यक्रममा  विभिन्न सञ्चार संस्थाका फोटो पत्रकारहरू, होटल तथा पर्यटन व्यवसायी तथा नागरिक समाजका प्रतिनिधिहरूको उपस्थिति थियो।

सिफारिस

भिडियो र फोटोमा हेर्नुस् उद्घाटनअघि यस्तो देखियो ग्वार्कोको ‘ओभरपास’

काठमाडौं - काठमाडौं उपत्यकाको निकै व्यस्त सडक ललितपुरस्थित ग्वार्को चोकमा बनेको ‘ओभरपास’ को आज उद्घाटन हुने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो...

बालुवाटारमा सत्तारुढ दुई दलका ८ नेता छलफलमा

सत्तारुढ दुई दल नेपाली कांग्रेस र एमालेका ८ नेता छलफलमा जुटेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति...

एमसीसीको पूर्ण कार्यान्वयन हुन्छ : अमेरिकी दूतावास

संयुक्त राज्य अमेरिकाको अनुदानसम्बन्धी सम्झौता ‘मिलेनियम च्यालेन्ज कम्प्याक्ट’ कार्यान्वयनले निरन्तरता पाउने भएको छ। नेपालस्थित अमेरिकी दूतावासका अनुसार नेपालले मिलेनियम च्यालेन्ज कर्पोरेसनसँग गरेको अनुदान सम्झौतालाई अमेरिकी...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

बालुवाटारमा सत्तारुढ दुई दलका ८ नेता छलफलमा

सत्तारुढ दुई दल नेपाली कांग्रेस र एमालेका ८ नेता...

एमसीसीको पूर्ण कार्यान्वयन हुन्छ : अमेरिकी दूतावास

संयुक्त राज्य अमेरिकाको अनुदानसम्बन्धी सम्झौता ‘मिलेनियम च्यालेन्ज कम्प्याक्ट’ कार्यान्वयनले...

यसकारण उच्च अदालतले नगर प्रहरी प्रमुख राजु पाण्डेको पक्षमा दियो आदेश

उच्च अदालत पाटनले काठमाडौँ महानगरपालिकाको नगर प्रहरी प्रमुख राजुनाथ...

बाढीबाट हुने जाेखिम न्यूनिकरणका लागि उपप्रधानमन्त्री सिंहकाे चासाे, गरे धाेबिखाेला अनुगमन

काठमाडौं - उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले...

असार लागेसँगै रोपाइँमा व्यस्त फर्पिंङका किसान (तस्वीरहरू)

काठमाडौँ — असारको सुरुवातसँगै रोपाईंको चहलपहल सुरु भएको छ।...

मौसम: यी स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले...

धेरै पढिएको