राष्ट्रिय फोटो पत्रकार समूह कास्की शाखाद्वारा क्यालेण्डर विमोचन

बन्दीपुर (तनहुँ) – राष्ट्रिय फोटो पत्रकार समूह कास्की शाखाले प्रकाशन गरेको २०८२ सालको क्यालेण्डर विमोचन गरिएको छ। शनिबार तनहुँको प्रमुख पर्यटकीय गन्तव्य बन्दीपुरमा आयोजना गरिएको ‘बन्दीपुरको पर्यटन प्रवर्द्धनमा फोटो पत्रकारको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा शाखाले स्थानीय संस्कृति, प्राकृतिक सौन्दर्य र सामाजिक जीवनशैली झल्किने तस्बिरहरू समावेश गरी क्यालेण्डर तयार गरेको हो।

कार्यक्रमका प्रमुख अतिथि तथा बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले क्यालेण्डर विमोचन गर्दै फोटो पत्रकारहरूले समाजको दृश्य अभिलेख राख्ने महत्वपूर्ण काम गरिरहेको बताए। उनले कास्की शाखाको यो प्रयासले पोखराको प्रवर्द्धनमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

राष्ट्रिय फोटो पत्रकार समूह कास्की शाखाका अध्यक्ष योगेन्द्र श्रेष्ठले क्यालेण्डरमा समेटिएका तस्बिरहरू सदस्यहरूद्वारा विभिन्न समयमा खिचिएका मौलिक दृश्यहरू भएको जानकारी दिए। उनले फोटो पत्रकारिताको माध्यमबाट स्थानीय संस्कृति र सौन्दर्यलाई प्रचारप्रसार गर्ने उद्देश्यले क्यालेण्डर प्रकाशन गरिएको बताए।

कार्यक्रममा  विभिन्न सञ्चार संस्थाका फोटो पत्रकारहरू, होटल तथा पर्यटन व्यवसायी तथा नागरिक समाजका प्रतिनिधिहरूको उपस्थिति थियो।

सिफारिस

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर - नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्ने बताएका छन् । कञ्चनपुरको दोधारा–चाँदनी क्षेत्रमा...

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका सचिव प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट नगदसहित सम्मानित भएका छन्। पोखरा फोटोग्राफर संघद्वारा आयोजित...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा काठमाडौंको गौशालास्थित होटल सिभम प्लाजामा सम्पन्न भएको छ। क्लबका अध्यक्ष रोहित कार्कीको अध्यक्षतामा सम्पन्न साधारण सभामा...

भर्खरै

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा...

भोटेकोशी बाढीपीडितको उद्धार र पुनःस्थापनामा अक्सिडेन्टलको साथ, २ लाख ५१ हजार सहयोग

काठमाडौँ - भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको...

नेपाल भलिबल लिगको विजेताले २० लाख पाउने

काठमाडौं — नेपालमै पहिलोपटक आयोजना हुन लागेको पुरुष भलिबलको...

इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा पुगे रवीन्द्र ढाँट

काठमाडौं - नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र...

रसुवा बाढीपीडितको राहतमा स्वस्तिश्री गुरुकुल, ५ लाखको कोष स्थापना

काठमाडौं - रसुवा जिल्लाको केरुङ नाका अन्तर्गत टिमुरे क्षेत्रमा...

धेरै पढिएको