पूर्व उपप्रधान पञ्च योगेन्द्र प्रसाद साहको निधन, नेपाली काँग्रेसद्वारा श्रद्धाञ्जली

राहुल गुप्ता – बारा, परवानीपुर – बारा जिल्लाको परवानीपुर गाउँपालिका वडा नं. ५ नौतन निवासी नेपाली काँग्रेसका वरिष्ठ नेता योगेन्द्र प्रसाद साहको ७२ वर्षको उमेरमा आज बिहान ८:३० बजे निधन भएको छ। स्व. साह नेपाली काँग्रेसका पूर्व उपप्रधान पञ्च, पूर्व इकाई सभापति तथा क्षेत्रीय प्रतिनिधिका रूपमा लामो समयदेखि पार्टीमा सक्रिय रहनुभएको थियो।

उहाँको निधनले पार्टीले एक अनुभवी अभिभावक, समर्पित नेता तथा समाजसेवक गुमाएको काँग्रेसले जनाएको छ। पार्टीले श्रद्धासहित राष्ट्रिय झण्डा ओढाएर उहाँलाई सम्मानपूर्वक अन्तिम विदाई गरेको हो।

शोकको यस घडीमा नेपाली काँग्रेस बारा जिल्ला सभापति राजेश राय यादव, क्षेत्र नं. ४ का सभापति सुनिल गुप्ता, क्षेत्र नं. ४(ख) का सभापति लोकेश सिंह, केन्द्रीय महाधिवेशन प्रतिनिधि जगदीश साह कानु, नेपाल तरुण दलका केन्द्रीय सदस्य राजकिशोर गुप्ता, जिल्ला सदस्य रबि साह, पूर्व इकाई सभापति मोहनलाल दास,वडा अध्यक्ष रामेश्वर साह कलवार, समाजसेवी राजन दास लगायतको उपस्थिति रहेको थियो।

नेपाली काँग्रेसले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ।

सिफारिस

मार्की खेलाडीको रूपमा निरुता ठगुन्नालाई मधेश युनाइटेडले दियो निरन्तरता

काठमाडौं — दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिग (EWVL) का लागि टोली मधेश युनाइटेड ले राष्ट्रिय महिला भलिबल टोलीकी प्रमुख स्पाइकर निरुता ठगुन्नालाई पुनः...

नीति शाहलाई मधेश युनाइटेडले गर्‍यो ब्रान्ड एम्बासडर नियुक्त

काठमाडौं — दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिग (EWVL) का लागि सहभागी टोली मधेश युनाइटेड ले चर्चित मोडल तथा अभिनेत्री नीति शाहलाई आफ्नो ब्रान्ड...

नेपालकै सबैभन्दा ठूलो टेनिस बलमा आधारित टी-१० क्रिकेट लागि टिम दर्ता प्रक्रिया सुरु

काठमाडौँ - नेपाल स्ट्रीट प्रिमियर लिग (एनएसपीएल)का लागि टिम दर्ता प्रक्रिया सुरु गरिएको छ। डीजीआर स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टको आयोजनामा हुन लागेको यो लिग...

भर्खरै

नीति शाहलाई मधेश युनाइटेडले गर्‍यो ब्रान्ड एम्बासडर नियुक्त

काठमाडौं — दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिग (EWVL)...

नेपालकै सबैभन्दा ठूलो टेनिस बलमा आधारित टी-१० क्रिकेट लागि टिम दर्ता प्रक्रिया सुरु

काठमाडौँ - नेपाल स्ट्रीट प्रिमियर लिग (एनएसपीएल)का लागि टिम...

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको एक वर्षः के-के भए काम ?

काठमाडौं — ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको एकवर्षे...

घट्यो पेट्रोल–डिजेलको मूल्य

बुधबार बिहान एक बजेबाट लागू हुने गरी पेट्रोल–डिजेलको भाउ...

सुशील श्रेष्ठको तस्वीर पर्यटन बोर्डको उत्कृष्ट तीनमा, २५ हजार पुरस्कार

काठमाडौं – नेपाल पर्यटन बोर्डद्वारा आयोजना गरिएको मासिक अनलाइन...

बालुुवाटारमा प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको छलफल

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीसहित सत्ता साझेदार नेकपा...

धेरै पढिएको