पूर्व उपप्रधान पञ्च योगेन्द्र प्रसाद साहको निधन, नेपाली काँग्रेसद्वारा श्रद्धाञ्जली

राहुल गुप्ता – बारा, परवानीपुर – बारा जिल्लाको परवानीपुर गाउँपालिका वडा नं. ५ नौतन निवासी नेपाली काँग्रेसका वरिष्ठ नेता योगेन्द्र प्रसाद साहको ७२ वर्षको उमेरमा आज बिहान ८:३० बजे निधन भएको छ। स्व. साह नेपाली काँग्रेसका पूर्व उपप्रधान पञ्च, पूर्व इकाई सभापति तथा क्षेत्रीय प्रतिनिधिका रूपमा लामो समयदेखि पार्टीमा सक्रिय रहनुभएको थियो।

उहाँको निधनले पार्टीले एक अनुभवी अभिभावक, समर्पित नेता तथा समाजसेवक गुमाएको काँग्रेसले जनाएको छ। पार्टीले श्रद्धासहित राष्ट्रिय झण्डा ओढाएर उहाँलाई सम्मानपूर्वक अन्तिम विदाई गरेको हो।

शोकको यस घडीमा नेपाली काँग्रेस बारा जिल्ला सभापति राजेश राय यादव, क्षेत्र नं. ४ का सभापति सुनिल गुप्ता, क्षेत्र नं. ४(ख) का सभापति लोकेश सिंह, केन्द्रीय महाधिवेशन प्रतिनिधि जगदीश साह कानु, नेपाल तरुण दलका केन्द्रीय सदस्य राजकिशोर गुप्ता, जिल्ला सदस्य रबि साह, पूर्व इकाई सभापति मोहनलाल दास,वडा अध्यक्ष रामेश्वर साह कलवार, समाजसेवी राजन दास लगायतको उपस्थिति रहेको थियो।

नेपाली काँग्रेसले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ।

सिफारिस

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर - नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्ने बताएका छन् । कञ्चनपुरको दोधारा–चाँदनी क्षेत्रमा...

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका सचिव प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट नगदसहित सम्मानित भएका छन्। पोखरा फोटोग्राफर संघद्वारा आयोजित...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा काठमाडौंको गौशालास्थित होटल सिभम प्लाजामा सम्पन्न भएको छ। क्लबका अध्यक्ष रोहित कार्कीको अध्यक्षतामा सम्पन्न साधारण सभामा...

भर्खरै

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा...

भोटेकोशी बाढीपीडितको उद्धार र पुनःस्थापनामा अक्सिडेन्टलको साथ, २ लाख ५१ हजार सहयोग

काठमाडौँ - भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको...

नेपाल भलिबल लिगको विजेताले २० लाख पाउने

काठमाडौं — नेपालमै पहिलोपटक आयोजना हुन लागेको पुरुष भलिबलको...

इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा पुगे रवीन्द्र ढाँट

काठमाडौं - नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र...

रसुवा बाढीपीडितको राहतमा स्वस्तिश्री गुरुकुल, ५ लाखको कोष स्थापना

काठमाडौं - रसुवा जिल्लाको केरुङ नाका अन्तर्गत टिमुरे क्षेत्रमा...

धेरै पढिएको