चीनमा रहेका नेपाली समुदायलाई उर्जा क्षेत्रमा लगानी गर्न मन्त्री खड्काको आग्रह

बेइजिङ, चीन – उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री दीपक खड्काले नेपालमा लगानीको वातावरण बन्दै गएको बताउँदै चीनमा रहेका नेपाली समुदायलाई उर्जा लगायतका क्षेत्रमा ढुक्क भएर लगानी गर्न आग्रह गर्नुभएको छ।

चीन भ्रमणमा रहनुभएका मन्त्री खड्काले बेइजिङमा आयोजित ट्रेड फेस्टको अवलोकन गर्दै सम्बोधनका क्रममा नेपालको समृद्धिको आधार जलस्रोत हुने स्पष्ट पार्दै, सरकारले सन् २०३५ सम्म २८,५০০ मेगावाट जलविद्युत उत्पादन गर्ने लक्ष्य लिएको जानकारी दिनुभयो। उहाँले त्यसमध्ये १५,००० मेगावाट विजुली भारतसहित तेस्रो मुलुकमा निर्यात गरिने लक्ष्य रहेको पनि बताउनुभयो।

“जो जहाँ भएपनि नेपालीलाई माया नेपालकै हुन्छ। त्यसैले सकेको लगानी र सहयोग देशमै गर्नुहोस्,” मन्त्री खड्काले भन्नुभयो, “सरकारले लगानीमैत्री वातावरण बनाइसकेको छ, अब हामी सबै मिलेर देशको विकासमा लाग्नुपर्छ।”

उहाँले आफू मन्त्री बनेपछि सार्वजनिक गरिएको ऊर्जा विकास मार्गचित्र–२०८१ मार्फत ऊर्जा क्षेत्रमा स्पष्ट दिशा तय गरिएको बताउँदै संसदमा छलफलरत जलस्रोत तथा विद्युत विधेयक छिट्टै पारित गरेर नीतिगत अस्पष्टता अन्त्य गरिने बताउनुभयो। मन्त्री खड्काले नेपालले बंगलादेशलाई हाल ४० मेगावाट विद्युत बिक्री गरिरहेको र भविष्यमा ५,००० मेगावाटसम्म आपूर्ति गर्ने समझदारीमा पुगिसकेको जानकारी समेत दिनुभयो।

भेटमा सहभागी नेपाली प्रतिनिधिहरुले ऊर्जा क्षेत्रमा मन्त्री खड्काको स्पष्ट नीति र सक्रियताप्रति सन्तोष व्यक्त गर्दै, लगानीका लागि आफूहरू तयार रहेको तर लगानी सुरक्षा सुनिश्चित गर्नुपर्ने माग गरेका थिए।

सिफारिस

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गरिएको छ। नेपाली सेनाले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल,...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

भर्खरै

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

धेरै पढिएको