चीनमा रहेका नेपाली समुदायलाई उर्जा क्षेत्रमा लगानी गर्न मन्त्री खड्काको आग्रह

बेइजिङ, चीन – उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री दीपक खड्काले नेपालमा लगानीको वातावरण बन्दै गएको बताउँदै चीनमा रहेका नेपाली समुदायलाई उर्जा लगायतका क्षेत्रमा ढुक्क भएर लगानी गर्न आग्रह गर्नुभएको छ।

चीन भ्रमणमा रहनुभएका मन्त्री खड्काले बेइजिङमा आयोजित ट्रेड फेस्टको अवलोकन गर्दै सम्बोधनका क्रममा नेपालको समृद्धिको आधार जलस्रोत हुने स्पष्ट पार्दै, सरकारले सन् २०३५ सम्म २८,५০০ मेगावाट जलविद्युत उत्पादन गर्ने लक्ष्य लिएको जानकारी दिनुभयो। उहाँले त्यसमध्ये १५,००० मेगावाट विजुली भारतसहित तेस्रो मुलुकमा निर्यात गरिने लक्ष्य रहेको पनि बताउनुभयो।

“जो जहाँ भएपनि नेपालीलाई माया नेपालकै हुन्छ। त्यसैले सकेको लगानी र सहयोग देशमै गर्नुहोस्,” मन्त्री खड्काले भन्नुभयो, “सरकारले लगानीमैत्री वातावरण बनाइसकेको छ, अब हामी सबै मिलेर देशको विकासमा लाग्नुपर्छ।”

उहाँले आफू मन्त्री बनेपछि सार्वजनिक गरिएको ऊर्जा विकास मार्गचित्र–२०८१ मार्फत ऊर्जा क्षेत्रमा स्पष्ट दिशा तय गरिएको बताउँदै संसदमा छलफलरत जलस्रोत तथा विद्युत विधेयक छिट्टै पारित गरेर नीतिगत अस्पष्टता अन्त्य गरिने बताउनुभयो। मन्त्री खड्काले नेपालले बंगलादेशलाई हाल ४० मेगावाट विद्युत बिक्री गरिरहेको र भविष्यमा ५,००० मेगावाटसम्म आपूर्ति गर्ने समझदारीमा पुगिसकेको जानकारी समेत दिनुभयो।

भेटमा सहभागी नेपाली प्रतिनिधिहरुले ऊर्जा क्षेत्रमा मन्त्री खड्काको स्पष्ट नीति र सक्रियताप्रति सन्तोष व्यक्त गर्दै, लगानीका लागि आफूहरू तयार रहेको तर लगानी सुरक्षा सुनिश्चित गर्नुपर्ने माग गरेका थिए।

सिफारिस

उत्कृष्ट कार्यसम्पादन गर्ने ३७ सैनिक सम्मानित (तस्वीरहरू)

काठमाडौं– नेपाली सेनामा उच्च पेसागत दक्षता, व्यावसायिक चरित्र तथा कार्यकुशलताका साथ जिम्मेवारी निर्वाह गर्ने ३७ जना सकलदर्जालाई प्रधानसेनापति महारथी अशोक राज सिग्देलले सम्मान गर्नुभएको...

राखेप उपाध्यक्षमा विशाल श्रेष्ठ नियुक्त, चार बोर्ड सदस्य पनि मनोनित

काठमाडौँ – शिक्षा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को उपाध्यक्षमा पूर्व राष्ट्रिय फुटबल टोलीका गोलकिपर विशाल श्रेष्ठलाई नियुक्त गरेको छ। लामो समय नेपाली...

मनसुनसँगै खेतका आलिमा भ्यागुताको ‘ट्वार–ट्वार’ (तस्वीरहरू)

काठमाडौँ — मनसुन सक्रिय भएसँगै देशका विभिन्न स्थानका खेतबारी र सिमसार क्षेत्रमा भ्यागुताको आवाज गुञ्जिन थालेको छ। धान रोपाइँको तयारी भइरहेका बेला खेतका आलि...

भर्खरै

राखेप उपाध्यक्षमा विशाल श्रेष्ठ नियुक्त, चार बोर्ड सदस्य पनि मनोनित

काठमाडौँ – शिक्षा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद्...

मनसुनसँगै खेतका आलिमा भ्यागुताको ‘ट्वार–ट्वार’ (तस्वीरहरू)

काठमाडौँ — मनसुन सक्रिय भएसँगै देशका विभिन्न स्थानका खेतबारी...

३ वर्षभित्रै जिम्मेवारी हस्तान्तरण गर्छु : मन्त्री महावीर पुन

काठमाडौँ - नवनियुक्त विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन...

रवि लामिछानेलाई अर्को राहत : कास्कीपछि पर्साले गर्‍यो संगठित अपराधको मुद्दा खारेज

वीरगञ्ज । पर्सा जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

मन्त्रीहरूलाई बाँडियो डीडीसीका चिजदेखि मोहीसम्म

काठमाडौँ– स्वदेशी उत्पादनको प्रवर्द्धन तथा दुग्ध क्षेत्रको सुदृढीकरणका लागि...

महिलाले धानेको कृषि क्षेत्र

विभिन्न समयकालमा देशका विभिन्न क्षेत्रमा गरिएका अध्ययन–अनुसन्धानबाट प्राप्त तथ्यांकले...

धेरै पढिएको