सिजन मिडियाले भाद्र दोस्रो साता अवार्ड आयोजना गर्दै, अस्ट्रेलियामा हुने कार्यक्रमको पनि तयारी

काठमाडौं – लामो समयदेखि सामाजिक, सांस्कृतिक र व्यवसायिक क्षेत्रमा क्रियाशील सिजन मिडियाले आगामी भाद्र दोस्रो साता काठमाडौंमा ‘एशियन प्रोफेशनल अचिभमेन्ट अवार्ड २०२५’ को छैटौं संस्करण आयोजना गर्ने भएको छ।

संस्थाको १७औं स्थापना दिवसको अवसर पारेर आयोजना गरिन लागेको उक्त अवार्ड कार्यक्रममार्फत एशियाली मुलुकका सफल व्यवसायी, सामाजिक, सांस्कृतिक, शैक्षिक तथा राजनीतिक क्षेत्रका विशिष्ट व्यक्तित्वहरूलाई सम्मान गरिने सिजन मिडियाले जानकारी दिएको छ।

विगत पाँच वर्षदेखि सिजन मिडियाले नेपाल लगायत एशियाका विभिन्न देशमा व्यवसाय, समाज सेवा, शिक्षा, राजनीति र संस्कृतिमा विशेष योगदान पुर्‍याएका व्यक्तिहरूलाई सम्मान गर्दै आएको छ।

सिजन मिडियाकी कार्यक्रम निर्देशक रेजिना तुलाधरका अनुसार, एक दशकभन्दा बढी समयदेखि निरन्तर व्यवसायिक क्षेत्रमा सफलता हासिल गरेका र हाल पनि क्रियाशील व्यक्तित्वहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले यो अवार्ड प्रदान गरिँदै आएको हो।

“यस अवार्डमार्फत अग्रज पुस्ताको सम्मान गरिनुका साथै नयाँ पुस्तालाई व्यवसायिक क्षेत्रमा सफलता र कर्मशीलताको प्रेरणा मिल्ने विश्वास लिएका छौं,” कार्यक्रम निर्देशक तुलाधरले भनिन्।

यस वर्ष सिजन मिडियाले इभेन्ट्स नेपाल अष्ट्रेलिया र हिमाली कल्चर ग्रुप को सहकार्यमा आगामी सेप्टेम्बरमा अष्ट्रेलियाको मेलबर्नमा पनि विशेष अवार्ड कार्यक्रम आयोजना गर्ने जनाएको छ।

मेलबर्नमा हुने कार्यक्रममा अष्ट्रेलियामा बसेर विभिन्न पेशा व्यवसायमा उल्लेख्य सफलता हासिल गरेका नेपाली व्यवसायी, सामाजिक अभियन्ता, शैक्षिक, सांस्कृतिक तथा राजनीतिक क्षेत्रका विशिष्ट व्यक्तित्वहरूलाई सम्मान गरिने आयोजकले जनाएको छ।

सिफारिस

विद्युतीय बस खरिदमा बैंकबाट ८० प्रतिशतसम्म ऋण पाइने

काठमाडौं । सार्वजनिक यातायातका लागि प्रयोग हुने ठूला विद्युतीय बस खरिद गर्न अब बैंक तथा वित्तीय संस्थाबाट सवारीको मूल्यको ८० प्रतिशतसम्म कर्जा लिन सकिने...

डेनमार्कको प्रतिष्ठित ‘डाना कप’ मा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ मनोनित

काठमाडौं - नेपाली फुटबलका लागि गौरवको विषय बनेको एक महत्वपूर्ण उपलब्धिमा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ विश्वकै प्रतिष्ठित युवा फुटबल प्रतियोगिता डाना कप (DANA...

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४ वर्ष कैद सजाय पाएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी करिब १० महिनापछि जेलमुक्त हुने भएका छन्। रायमाझी २०८०...

भर्खरै

डेनमार्कको प्रतिष्ठित ‘डाना कप’ मा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ मनोनित

काठमाडौं - नेपाली फुटबलका लागि गौरवको विषय बनेको एक...

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४...

कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद

काठमाडौं - नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका...

लाखेननीमा १०८ भैरव तथा पञ्चकुमारी पूजा (तस्वीरहरू)

काठमाडौं- काठमाडौं महानगरपालिका–२० स्थित लाखेननी चोकमा आयोजित १०८ भैरव,...

आज देशभरका सरकारी कार्यालयमा झन्डा आधा झुकाइने

कतारका पूर्वअमिर शेख हमिद बिन खालिफा अल थानीको मृत्युको...

पनौतीमा धान गोडमेलको चटारो (तस्वीरहरू)

काभ्रे - काभ्रेपलाञ्चोकको पनौती क्षेत्रमा यतिबेला किसानहरू धान गोडमेलमा...

धेरै पढिएको