१५ दिने “मोबाइलबाट लघु चलचित्र निर्माण” कार्यशाला सम्पन्न

काठमाडौँ – इमेज एकाडेमीको आयोजना र इन्टरनेसनल एसोसिएसन अफ वुमन इन रेडियो एण्ड टेलिभिजन (IAWRT) नेपालको सहकार्यमा १५ दिने “मोबाइलबाट लघु चलचित्र निर्माण” कार्यशाला सम्पन्न भएको छ।

कार्यशालामा नागर्जुन नगरपालिकाका सबै १० वटा वडाबाट १०५ जना स्थानिय सहभागी थिए। कार्यशालाका क्रममा स्वास्थ्य, शिक्षा, कृषि, युवा, बालबालिका र महिलाका विषयमा आधारित १६ वटा लघु चलचित्रहरू निर्माण गरिएका छन्।

कार्यशालामा इमेज एकाडेमीकी संस्थापक अध्यक्ष अनुपा श्रेष्ठ, IAWRT नेपालकी अध्यक्ष इच्छा गुरुङ, सञ्चारकर्मी अनुशा पौडेल, निर्देशक संगीत श्रेष्ठ, सन्ध्या थापा, सन्तोषी पौडेल, शिलु अधिकारी, शैलजा सिंह, दृश्य सम्पादक निशा मानन्धर र कन्टेन्ट क्रिएटर दिपेश घिमिरेले प्रशिक्षण दिनुभएको थियो।

प्रशिक्षार्थीहरूले मोबाइलमार्फत चलचित्र निर्माण गर्ने प्रशिक्षण पहिलोपटक पाउँदा उत्साहित भएको र कार्यशाला निकै उपयोगी रहेको प्रतिक्रिया दिएका छन्।

आज, असार २९ गते, समापन समारोहमा नगरपालिकाका कार्यवाहक प्रमुख सुसिला अधिकारीले सहभागीहरूलाई प्रमाणपत्र प्रदान गर्नुभयो। सो अवसरमा वडा नं. ५ का अध्यक्ष महेश रिमाल, IAWRT अन्तर्राष्ट्रियकी सचिव मन्दिरा राउत, विभिन्न वडाका प्रतिनिधिहरूको उपस्थिति थियो।

समारोहमा बोल्दै अध्यक्ष अनुपा श्रेष्ठले “सामाजिक सेवाको लागि बजेटभन्दा पनि इच्छाशक्ति महत्वपूर्ण हुन्छ” भन्दै नगरपालिकाका सबै वडाहरूको सहयोगप्रति आभार व्यक्त गर्नुभयो। स्थानीयको उत्साहजनक सहभागिताले थप यस्ता कार्यक्रम गर्न प्रेरणा मिलेको उहाँले बताउनुभयो।

IAWRT नेपालकी अध्यक्ष इच्छा गुरुङले कार्यशालाबाट छनोट भएका उत्कृष्ट १० जनालाई एडभान्स प्रशिक्षणमा सहभागी गराइने र निर्माण गरिएका लघु चलचित्रहरू आगामी मंसिरमा IAWRT नेपालद्वारा आयोजित छैठौं लघु चलचित्र प्रतियोगितामा प्रदर्शन गरिने जानकारी दिनुभयो।

कार्यक्रमको सञ्चालन IAWRT नेपालकी सदस्य तथा सञ्चारकर्मी अनुशा पौडेलले गर्नुभएको थियो।

सिफारिस

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर - नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्ने बताएका छन् । कञ्चनपुरको दोधारा–चाँदनी क्षेत्रमा...

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका सचिव प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट नगदसहित सम्मानित भएका छन्। पोखरा फोटोग्राफर संघद्वारा आयोजित...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा काठमाडौंको गौशालास्थित होटल सिभम प्लाजामा सम्पन्न भएको छ। क्लबका अध्यक्ष रोहित कार्कीको अध्यक्षतामा सम्पन्न साधारण सभामा...

भर्खरै

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा...

भोटेकोशी बाढीपीडितको उद्धार र पुनःस्थापनामा अक्सिडेन्टलको साथ, २ लाख ५१ हजार सहयोग

काठमाडौँ - भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको...

नेपाल भलिबल लिगको विजेताले २० लाख पाउने

काठमाडौं — नेपालमै पहिलोपटक आयोजना हुन लागेको पुरुष भलिबलको...

इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा पुगे रवीन्द्र ढाँट

काठमाडौं - नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र...

रसुवा बाढीपीडितको राहतमा स्वस्तिश्री गुरुकुल, ५ लाखको कोष स्थापना

काठमाडौं - रसुवा जिल्लाको केरुङ नाका अन्तर्गत टिमुरे क्षेत्रमा...

धेरै पढिएको