दिव्य पशुपतिनाथ अभियान सुरू, पर्यटन मन्त्रीबाट वृक्षारोपण गरेर आम्भ

काठमाडौं – विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक पशुपतिनाथ मन्दिर परिसरमा ‘दिव्य पशुपतिनाथ अभियान’ को सुरुवात भएको छ।

पशुपतिनाथ मन्दिर परिसरमा बढ्दो प्लास्टिक फोहोर व्यवस्थापनको समस्यालाई सम्बोधन गर्दै वातावरणीय संरक्षण र हरियाली प्रवर्द्धनमा केन्द्रित विविध कार्यक्रमहरू सञ्चालन गर्ने उद्देश्यका साथ मंगलबार वृक्षारोपण गरेर यस अभियानकाे सुरुवात गरिएकाे हाे ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले वृक्षारोपण गरेर अभियानको सूरूवात गरे ।

अभियान अन्तर्गत सरसफाई अभियान, वृक्षारोपण कार्यक्रम, फ्रन्टलाइन कर्मचारीहरूका लागि व्यावसायिक सुरक्षा सम्बन्धी तालिम तथा सामाजिक सञ्जालमार्फत जनचेतनामूलक गतिविधिहरू सञ्चालन गरिनेछन्।अभियानको उद्घाटनमा आयोजित वृक्षारोपण कार्यक्रममा २ सय भन्दा बढीको सहभागिता रहेको थियो।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डे, पशुपति क्षेत्र विकास कोषका कार्यकारी सदस्य सचिव सुवास चन्द्र जोशी, गौशाला प्रहरी प्रभागका डीएसपी सुकदेव खनाल, काठमाडौं महानगरपालिकाका प्रतिनिधिहरू, मैनादेवी फाउन्डेसनका अध्यक्ष केपी खनाल, अनुसन्धान तथा दिगो विकास केन्द्र नेपाल (क्रिएसन) की महासचिव तथा क्लाइमेट स्मार्ट सिटीज परियोजनाको टिम लिडर सुजाता कोइराला, क्रिएसनका बोर्ड सदस्यहरू तथा दुबै संस्थाका टिम सदस्यहरू लगायतकाे उपस्थिति थियो।

यस अवसरमा मन्त्री पाण्डेले पशुपतिनाथ मन्दिरको सांस्कृतिक तथा आध्यात्मिक महत्वलाई विशेष रूपमा जोड दिँदै ‘दिव्य पशुपतिनाथ अभियान’लाई वार्षिक रूपमा निरन्तरता दिनुपर्ने बताए । “यो अभियानले हाम्रो पवित्र सम्पदालाई स्वच्छ र हरियाली बनाउने दिशामा महत्वपूर्ण योगदान पुर्‍याउनेछ। साथै, यस अभियानले हाम्रो दिगो तथा समावेशी शहरी विकासको दृष्टिकोणलाई पनि प्रतिविम्बित गर्छ,” उनले भने।

यस्तै मैनादेवी फाउन्डेसनका संस्थापक खनालले यस अभियान अन्तर्गत वर्षभरि सञ्चालन गरिने गतिविधिहरूको जानकारी प्रस्तुत गरे। उनले कार्यक्रमहरू समुदायको सक्रिय सहभागिता, वातावरणीय संरक्षणमा केन्द्रित रहने उल्लेख गरे, जसले पशुपतिनाथ क्षेत्रलाई स्वच्छ, हरित र दीगो बनाउने उद्देश्यलाई बल पुर्‍याउनेछ।

क्रिएसनकी महासचिव तथा क्लाइमेट स्मार्ट सिटीज परियोजनाकी टिम लिडर सुजाता कोइरालाले प्लास्टिक फोहोर व्यवस्थापनको चुनौती र त्यसको दीगो समाधानमा जनचेतनाको भूमिकालाई विशेष जोड दिइन्। उनले क्लाइमेट स्मार्ट सिटीज परियोजनामार्फत काठमाडौं र भरतपुरमा फोहोर व्यवस्थापन र वातावरणीय सचेतनालाई सशक्त बनाउने योजना रहेको जानकारी दिँदै भनिन्, “पशुपतिनाथ क्षेत्रमा जस्तै वातावरणमैत्री अभियान भरतपुरमा पनि प्रारम्भ गरिनेछ।”

क्रियसनले लिड् गरेको क्लाइमेट स्मार्ट सिटीज परियोजना अन्तर्गत सञ्चालित ‘दिव्य पशुपतिनाथ अभियान’ वर्षभरि सञ्चालन हुने एक दीर्घकालीन अभियान हो । यसमा फोहोर व्यवस्थापन, प्लास्टिकको प्रयोग न्यूनिकरण, पुन: प्रयोग र पुनः चक्रणलाई प्रवर्द्धन गर्ने लगायतका वातावरणमैत्री गतिविधिहरू समावेश रहेकाे बताइएकाे छ

सिफारिस

काठमाडौं ल्याइयो युक्तको पार्थिव शरीर , विमानस्थलमा भावुक बने आफन्त (तस्वीरहरू)

काठमाडौं । पर्वतारोहणका क्रममा निधन भएका नेपाली पर्वतारोही युक्त गुरुङको पार्थिव शरीर स्वदेश ल्याइएको छ। बिहीबार कतार एयरवेजको उडानमार्फत गुरुङको पार्थिव शरीर त्रिभुवन अन्तर्राष्ट्रिय...

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१ नागपोखरी क्षेत्रमा सञ्चालन गरेको विशेष अपरेशनमा २९६.७५ ग्राम खैरो हेरोइनसहित चार जनालाई पक्राउ गरेको छ।...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन ए साइड खुल्ला फुटसल प्रतियोगिता’को उपाधि मेन्टेन एफसीले जितेको छ। बुढानीलकण्ठस्थित कपन स्पोर्ट्स सेन्टरमा सम्पन्न रोमाञ्चक...

भर्खरै

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन...

पर्यटन प्रवर्द्धनका लागि राष्ट्रिय फोटो पत्रकार समूह सल्यानको ‘क्लिक सल्यान’ अभियान

सल्यान - जिल्लाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले राष्ट्रिय फोटो...

को हुन् निर्मल पुर्जा, जो ब्रड पिक हिमपहिरोमा अस्ताए ?

काठमाडौं - विश्व कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स...

नेपाल एकीकरणका सेनापति अमरसिंह थापाको स्मृतिमा श्रद्धाञ्जली सभा (तस्वीरहरू)

नेपाल एकीकरण अभियानका प्रमुख सेनापति तथा राष्ट्रिय विभूति बडाकाजी...

गृहमन्त्री र स्वास्थ्यमन्त्रीको उपस्थितिमा देवानगञ्ज घटनामा सहमति

काठमाडौं - सुनसरीको देवानगञ्ज गाउँपालिका–३, काशानगरमा साउन १० गते...

धेरै पढिएको