एकता, अनुभव र लगानीलाई नेपालको समृद्धिमा रुपान्तरण गरौं : मन्त्री काफ्ले

दक्षिण कोरिया, साउन १० — बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले गैरआवासीय नेपालीबीचको एकता, अनुभव र लगानीलाई नेपालको समृद्धिमा रूपान्तरण गर्न सकिने बताएका छन्।

गैरआवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाको १० औं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै मन्त्री काफ्लेले एनआरएनए कोरियालाई नेपाली समुदायको साझा संस्था बनाई नेपाल र नेपालीको हितमा केन्द्रित गर्नुपर्नेमा जोड दिए।

“गैरआवासीय नेपालीबीच देखिएको मतभेद समाधान गरी संस्थालाई अझ जिम्मेवार र जनमुखी बनाउनु आजको आवश्यकता हो,” मन्त्री काफ्लेले भने, “संस्था सशक्त, समावेशी र परिणाममुखी बन्न सकेमा विश्वभर छरिएका नेपालीको हित सुनिश्चित गर्न सकिन्छ।”

उनले विदेशमा आर्जित ज्ञान, सीप र अनुभवलाई संस्थागत रूपमा नेपालमा स्थानान्तरण गर्नुपर्ने आवश्यकता औंल्याए। “यहाँ सिकिएको प्रविधि, दक्षता र अनुशासन नेपालमा लगियो भने त्यो समृद्धिको भरपर्दो आधार बन्न सक्छ,” उनले बताए।

विदेशमा रहेर पनि मातृभूमिको समृद्धिको सपना देख्ने सबैप्रति आभार व्यक्त गर्दै मन्त्री काफ्लेले भने, “कोरियामा आर्जित पूँजी र सीपलाई अब उत्पादनमुखी क्षेत्रमा लगानी गरौं, सरकार सहकार्य गर्न तयार छ।”

उनले बागमती प्रदेश सरकार गैरआवासीय नेपालीहरूसँग आवश्यक समन्वय गर्न तयार रहेको उल्लेख गर्दै योजनाबद्ध रूपमा नेपालमा लगानी गर्न आह्वान गरे। साथै, कोरियामा रहेका समस्याग्रस्त नेपालीहरूको पहिचान गरी समाधानका लागि पहल गरिने प्रतिबद्धता समेत व्यक्त गरे।

एनआरएनए दक्षिण कोरियाका अध्यक्ष बुद्धि गुरुङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा संघका विभिन्न पदाधिकारीहरूले एनआरएनएको बृहत्तर हितमा विचार प्रस्तुत गरेका थिए। संघको नयाँ नेतृत्व चयनका लागि आइतबार निर्वाचन हुने कार्यक्रम तय भएको छ।

सिफारिस

विद्युतीय बस खरिदमा बैंकबाट ८० प्रतिशतसम्म ऋण पाइने

काठमाडौं । सार्वजनिक यातायातका लागि प्रयोग हुने ठूला विद्युतीय बस खरिद गर्न अब बैंक तथा वित्तीय संस्थाबाट सवारीको मूल्यको ८० प्रतिशतसम्म कर्जा लिन सकिने...

डेनमार्कको प्रतिष्ठित ‘डाना कप’ मा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ मनोनित

काठमाडौं - नेपाली फुटबलका लागि गौरवको विषय बनेको एक महत्वपूर्ण उपलब्धिमा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ विश्वकै प्रतिष्ठित युवा फुटबल प्रतियोगिता डाना कप (DANA...

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४ वर्ष कैद सजाय पाएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी करिब १० महिनापछि जेलमुक्त हुने भएका छन्। रायमाझी २०८०...

भर्खरै

डेनमार्कको प्रतिष्ठित ‘डाना कप’ मा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ मनोनित

काठमाडौं - नेपाली फुटबलका लागि गौरवको विषय बनेको एक...

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४...

कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद

काठमाडौं - नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका...

लाखेननीमा १०८ भैरव तथा पञ्चकुमारी पूजा (तस्वीरहरू)

काठमाडौं- काठमाडौं महानगरपालिका–२० स्थित लाखेननी चोकमा आयोजित १०८ भैरव,...

आज देशभरका सरकारी कार्यालयमा झन्डा आधा झुकाइने

कतारका पूर्वअमिर शेख हमिद बिन खालिफा अल थानीको मृत्युको...

पनौतीमा धान गोडमेलको चटारो (तस्वीरहरू)

काभ्रे - काभ्रेपलाञ्चोकको पनौती क्षेत्रमा यतिबेला किसानहरू धान गोडमेलमा...

धेरै पढिएको