सांसद तामाङको कम्पनी कान्छाराम कन्स्ट्रक्सन कालोसूचीमा

काठमाडौं – नेपाली कांग्रेसका सांसद एवं पूर्व ऊर्जा, जलस्रोत तथा सिंचाई राज्यमन्त्री पूर्णबहादुर तामाङ ‘कान्छाराम’को निर्माण कम्पनी कान्छाराम कन्स्ट्रक्सनलाई कर्णाली प्रदेश सरकारले कालोसूचीमा राखेको छ।

प्रदेशको भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयअन्तर्गतको पूर्वाधार विकास निर्देशनालय, सुर्खेतले वीरेन्द्रनगर योजना क्षेत्रभित्रको सडक स्तरोन्नति (प्याकेज–१) कार्य समयमा सम्पन्न नगरेको र सम्झौता तोडेको भन्दै यस्तो कारबाही अघि बढाएको हो।

निर्देशनालयका अनुसार २०७८ भदौ १७ मा भएको सम्झौतालाई कम्पनीले बीचमै छोडेको, म्याद पटक–पटक थपिए पनि काम नगरेको, स्रोतसाधन नपठाएको र बैठक तथा पत्राचारमा समेत सहभागी नभएको उल्लेख छ।

निर्देशनालयका निमित्त निर्देशक ई. सूर्यबहादुर शाहीद्वारा पठाइएको पत्रमा, सार्वजनिक खरिद नियमावली २०६३ को नियम १४१ र ठेक्का सम्झौताअन्तर्गतका प्रावधानहरूअनुसार कम्पनीलाई कालोसूचीमा राख्ने सिफारिस गरिएको उल्लेख छ।

२०७९ मंसिर २० भित्र सकिनुपर्ने काम अहिलेसम्म पूरा नभएको र कम्पनीले काम नगर्ने संकेत देखिएपछि ठेक्का तोड्ने प्रक्रिया समेत अगाडि बढाइएको निर्देशनालयले जनाएको छ।

कम्पनीको नाम सांसद तामाङसँग जोडिए पनि उनले यसअघि आफू संलग्न नरहेको दाबी गरेका थिए। तर निर्देशनालयका पत्रहरूमा कम्पनीको ठेगाना र इमेलसहितका विवरण तामाङसँग प्रत्यक्षरूपमा जोडिएका पाइएको छ।

सिफारिस

सिन्धुलीका पत्रकारलाई खोज, फोटो तथा भिडियो पत्रकारिता तालिम 

सिन्धुली- पत्रकारहरूको व्यावसायिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यले नेपाल पत्रकार महासंघ सिन्धुली शाखाद्वारा आयोजित पाँचदिने खोज पत्रकारिता तथा फोटो–भिडियो पत्रकारिता तालिम सम्पन्न भएको छ। हरिहरपुरगढी गाउँपालिकाको...

कैलाशलाई नजिकबाट नियाल्दा (तस्वीरहरू)

काठमाडौं — तिब्बतमा अवस्थित कैलाश हिमाल विश्वका सबैभन्दा पवित्र र रहस्यमय हिमालमध्ये एक मानिन्छ। हिन्दु, बौद्ध, जैन तथा बोन धर्मावलम्बीहरूका लागि आस्थाको केन्द्रका रूपमा...

उत्कृष्ट कार्यसम्पादन गर्ने ३७ सैनिक सम्मानित (तस्वीरहरू)

काठमाडौं– नेपाली सेनामा उच्च पेसागत दक्षता, व्यावसायिक चरित्र तथा कार्यकुशलताका साथ जिम्मेवारी निर्वाह गर्ने ३७ जना सकलदर्जालाई प्रधानसेनापति महारथी अशोक राज सिग्देलले सम्मान गर्नुभएको...

भर्खरै

कैलाशलाई नजिकबाट नियाल्दा (तस्वीरहरू)

काठमाडौं — तिब्बतमा अवस्थित कैलाश हिमाल विश्वका सबैभन्दा पवित्र...

उत्कृष्ट कार्यसम्पादन गर्ने ३७ सैनिक सम्मानित (तस्वीरहरू)

काठमाडौं– नेपाली सेनामा उच्च पेसागत दक्षता, व्यावसायिक चरित्र तथा...

राखेप उपाध्यक्षमा विशाल श्रेष्ठ नियुक्त, चार बोर्ड सदस्य पनि मनोनित

काठमाडौँ – शिक्षा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद्...

मनसुनसँगै खेतका आलिमा भ्यागुताको ‘ट्वार–ट्वार’ (तस्वीरहरू)

काठमाडौँ — मनसुन सक्रिय भएसँगै देशका विभिन्न स्थानका खेतबारी...

३ वर्षभित्रै जिम्मेवारी हस्तान्तरण गर्छु : मन्त्री महावीर पुन

काठमाडौँ - नवनियुक्त विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन...

रवि लामिछानेलाई अर्को राहत : कास्कीपछि पर्साले गर्‍यो संगठित अपराधको मुद्दा खारेज

वीरगञ्ज । पर्सा जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

धेरै पढिएको