हेटौँडा – बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री ईन्द्र बहादुर बानियाँले मन्त्री परिषद् विस्तार गरेका छन् ।
आजै मुख्यमन्त्रीमा नियुक्त बानियाँले ८ सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेका हुन् । नयाँ मन्त्रीमण्डलमा कांग्रेसबाट २ र नेकपा एमालेका ६ जना मन्त्री बनेका छन् ।
कांग्रेसबाट शिवराज अधिकारी र कृष्ण कुमार तामाङ मन्त्री बनेका छन् । नेकपा एमालेबाट जयराम थापा, भरत बहादुर केसी, मधुुसूदन पौडेल, डा. दिनेशचन्द्र देवकोटा, विन्दु श्रेष्ठ र किरण थापा मन्त्री बनेका छन् । नवनियुक्त मुख्यमन्त्री बानियाँ सहित आठै जना मन्त्रीले पद तथा गोपनीयताको सपथ लिएका छन् ।
नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बानियाँलाई आजै प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले मुख्यमन्त्री पदमा नियुक्त गर्नुभएको थियो ।

