अन्तर्राष्ट्रिय युवा दिवस: ११ विशिष्ट युवालाई “अम्बासडर फर पिस” सम्मान प्रदान

काठमाडौं — “स्थानीय युवा क्रियाकलापहरू : दिगो विकास लक्ष्यहरू र त्यसपछिको यात्रा” भन्ने मूल नारासहित संयुक्त राष्ट्रसंघ अन्तर्राष्ट्रिय युवा दिवस २०२५ राजधानी काठमाडौंमा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा करिब १९० जना युवा सहभागी, कलेजका प्रिन्सिपल, नागरिक समाजका अगुवा र विभिन्न क्षेत्रका प्रतिनिधिहरू उपस्थित थिए।

कार्यक्रमको आयोजना युनिभर्सल पीस फेडेरेसन नेपालले नक्सालस्थित पीस एम्बेसी भवनमा गरेको हो। प्रमुख वक्ता रूपमा संघीय सांसद शिशिर खनाल, काठमाडौं महानगरपालिकाकी उप–प्रमुख सुनीता डंगोल, मोडल तथा पर्वतारोही कविता नेपाली, गायिका निशा देशार, र फिटनेस ट्रेनर रजनी श्रेष्ठ सहभागी थिए, जसले युवाहरूको नेतृत्व र योगदानमाथि प्रकाश पारे।

कार्यक्रमको विशेष आकर्षण पुरस्कार वितरण कार्यक्रम थियो, जहाँ समाजसेवा, शिक्षा, स्वास्थ्य, कला, नेतृत्व र पर्वतारोहणजस्ता विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने ११ विशिष्ट व्यक्तित्वहरूलाई “अम्बासडर फर पिस” सम्मान प्रदान गरियो। सम्मानित व्यक्तिहरूमा गीतकार बसन्त बित्यासी थापा, संगीतकार दिपक शर्मा र संजय खड्गी, गायिका निशा देशार, मोडल कविता नेपाली, अभिनेता सुरज गराचि ‘स्राज’, बडीबिल्डर रजनी श्रेष्ठ, डा. सुभाष चन्द्र झा, कुलराज थापा, कृष्णराज पोखरेल, र इन्जिनियर प्रसिद्ध खरेल रहेका छन्।

मुख्य अतिथि पूर्व मन्त्री तथा संघीय सांसद एकनाथ ढकालले सम्मान प्रदान गर्दै युवालाई शान्ति, सेवा र नेतृत्वमा सक्रिय हुन प्रेरित गरे। वरिष्ठ गायक आनन्द कार्कीले बधाई मन्तव्य राखे भने गायिका निशा देशारले विशेष सांगीतिक प्रस्तुति प्रस्तुत गरिन्।

कार्यक्रमको स्वागत मन्तव्य संविधानसभा सदस्य मिलन राजबंशीले दिएका थिए भने उद्घोषण युनिभर्सल पीस फेडेरेसन साउथ एसियाका क्षेत्रीय निर्देशक प्रकाश बाबु थापाले गर्नुभएको थियो। कार्यक्रमको समापन युपिएफ–नेपालका अध्यक्ष तथा एशिया प्यासिफिक उपाध्यक्ष सन्तोष कुमार पौडेलले धन्यवाद ज्ञापन गर्दै युवालाई शान्ति, सेवा र नेतृत्वमा अग्रसर रहन आह्वान गरे।

आयोजक संस्थाका अनुसार, यस कार्यक्रमले सहभागी युवाहरूमा सामाजिक परिवर्तन र दिगो विकास लक्ष्यतर्फको प्रतिबद्धता थप गरेको छ र युवालाई सक्रिय नेतृत्वदायी भूमिकामा उभ्याउने एउटा महत्वपूर्ण अवसर भएको छ।

युनिभर्सल पिस फेडरेशन संयुक्त राष्ट्र संघको आर्थिक तथा सामाजिक परिषद्सँग महा-परामर्शदाताको हैसियतमा रहेको एक गैरसरकारी संस्था हो।

सिफारिस

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकले गरेका सात निर्णय

सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता शुल्क पूर्ण रूपमा हटाउने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक ऐन, २०८३ संशोधन गर्दै शिक्षा...

क्यान्भासमा जलवायु परिवर्तनको सन्देश ( तस्वीरहरू)

४४औँ बीपी स्मृति दिवसको अवसरमा नेपाली कांग्रेसले बुधवार ललितपुरको जाउलाखेलमा आयोजना गरेको जलवायु परिवर्तनसम्बन्धी कार्यक्रममा क्यान्भास पेन्टिङमार्फत वातावरण संरक्षणको सन्देश प्रस्तुत गरिएको छ । कांग्रेस...

नेपाली सेनाको हायर कमाण्ड तथा म्यानेजमेन्ट तालिम सम्पन्न

काठमाडौं — नेपाली सेनाले सैनिक अधिकारीहरूका लागि सञ्चालन गरेको सि.सं. १४ हायर कमाण्ड तथा म्यानेजमेन्ट (Higher Command and Management Course) तालिम सम्पन्न गरेको छ।...

भर्खरै

क्यान्भासमा जलवायु परिवर्तनको सन्देश ( तस्वीरहरू)

४४औँ बीपी स्मृति दिवसको अवसरमा नेपाली कांग्रेसले बुधवार ललितपुरको...

नेपाली सेनाको हायर कमाण्ड तथा म्यानेजमेन्ट तालिम सम्पन्न

काठमाडौं — नेपाली सेनाले सैनिक अधिकारीहरूका लागि सञ्चालन गरेको...

सरकारले फिर्ता गर्यो शिक्षा र स्वास्थ्यमा लगाइएको ३% कर

काठमाडौं - सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाउने...

विश्वकप फाइनलमा हारपछि भावुक बने मेस्सी

काठमाडौं । फिफा विश्वकप २०२६ को फाइनलमा स्पेनसँग अतिरिक्त...

अर्जेन्टिनालाई पराजित गर्दै स्पेनले जित्यो विश्वकपको उपाधि

काठमाडौं - स्पेनले अर्जेन्टिनालाई पराजित गर्दै फिफा विश्वकप २०२६...

शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा अब ई–टिकेटिङ 

काठमाडौं । शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा पर्यटक प्रवेश व्यवस्थालाई प्रविधिमैत्री,...

धेरै पढिएको