साम्बा बनिन् म्याक्सिम्याक्सको ब्रान्ड एम्बेसडर

म्याक्सिम्याक्स एजुकेशन एण्ड माइग्रेसन सर्भिसेसले नेपाली महिला फुटबल टोलीकी कप्तान सवित्रा भण्डारी ‘साम्बा’ लाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ।

साम्बा र म्याक्सिम्याक्सका प्रबन्ध निर्देशक रोजन दनैले सम्झौता पत्रमा हस्ताक्षर गरे । राष्ट्रिय टोलीबाट ६० खेलमा ६४ गोल गरेकी साम्बालाई म्याक्सीम्याक्ससँग जोड्न पाउँदा खुसी लागेको म्याक्सिम्याक्सले जनाएको छ ।

साम्बाले कुनै कन्सल्टेन्सीको ब्रान्ड एम्बेसडर बन्ने सपना धेरै अघिबाट देखेको र म्याक्सिम्याक्सले त्यसलाई पूरा गरिदिएकोमा धन्यवाद दिइन् । उनले यसले नयाँ पुस्तालाई पनि प्रेरणा मिल्ने विश्वास व्यक्त गरिन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले म्याक्सिम्याक्सलाई धन्यवाद दिँदै यसले अन्य खेलाडी पनि बाटो खुल्ने आशा राखेका छन्।

इक्यानका अध्यक्ष शेषराज भट्टराईले साम्बा र म्याक्सिम्याक्सलाई सहकार्यका लागि शुभकामना दिए । निजी क्षेत्रबाट भएको पहलको तारिफ गर्दै नेपाल खेलाडी संघका अध्यक्ष विक्रम लामाले अन्य खेलाडीका लागि बाटो खुल्ने आशा व्यक्त गरे।
साम्बाले म्याक्सिम्याक्सको प्रबद्र्धनमा भूमिका निर्वाह गर्ने बताइएको छ। नेपाल एपिएफ क्लबबाट खेल सुरु गर्नु भएका साम्बाले इन्डियन वुमन्स लिगमा सेथु एफसी, गोकुलम केरलाबाट खेलिसकेकी छिन् ।

सन् २०२२–२३ मा गोकुलमलाई इन्डियन वुमन्स लिगको उपाधि दिलाउदा उनले १० खेलमा ३१ गोल गरेकी थिइन्।
त्यस्तै साम्बाले इजरायलको हापोइल रानानाबाट पनि खेलिसकेकी छिन् । गत वर्ष उहाँले फ्रान्सको प्रिमियर लिगमा गुइनगाम्पबाट खेलिन् । अब छिट्टै नै अस्ट्रेलियाको प्रिमियर लिगमा वेलिङटन फोनिक्सबाट खेल्नेछिन् ।

म्याक्सिम्याक्सले संस्थाको ब्रान्ड एम्बासडर ‘साम्बा’ सँग ३ वर्षका लागि सम्झौता गरेको हो । अष्ट्रेलियाको मेलबर्नमा मुख्य कार्यालय रहेको म्याक्सिम्याक्स एजुकेशन अष्ट्रेलियामा विभिन्न सामाजिक, सांस्कृतिक र खेलकुद गतिविधिहरूमा सक्रिय रूपमा संलग्न रहेको छ ।
नेपालमा ललितपुरको कुमारीपाटी, चितवनको पर्सा र पोखराको चिप्लेढुंगामा म्याक्सीम्याक्सका शाखा रहेको छ ।

सिफारिस

चिनियाँ अधिकारीद्वारा दोलखामा चीन–नेपाल सांस्कृतिक कार्यक्रम तथा शैक्षिक सामग्री वितरण

दोलखा – अन्तर्राष्ट्रिय बाल दिवसको अवसरमा दोलखाको तामाकोशी–५ जलविद्युत् आयोजनास्थल नजिक रहेको श्री गौरीशंकर माध्यमिक विद्यालयमा चीन–नेपाल सांस्कृतिक आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। चीन ग्रामीण...

कांग्रेस जिल्ला सभापति यादव निलम्बित

काठमाडौँ – कांग्रेस केन्द्रीय अनुशासन समितिले बारा जिल्ला सभापति राजेश राय यादवलाई निलम्बन गरेको छ। गत फागुन २१ गते सम्पन्न चुनावमा पार्टीको आधिकारिक उम्मेदवारलाई हराउन...

लिवियामा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली, ४२ सैनिक प्रस्थान

काठमाडौं - संयुक्त राष्ट्र सङ्घको आह्वानमा लिवियामा सञ्चालित शान्ति स्थापना मिसनमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली गरिएको छ। नेपाली सेनाका अनुसार, लिवियास्थित संयुक्त राष्ट्र सङ्घीय...

भर्खरै

कांग्रेस जिल्ला सभापति यादव निलम्बित

काठमाडौँ – कांग्रेस केन्द्रीय अनुशासन समितिले बारा जिल्ला सभापति...

लिवियामा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली, ४२ सैनिक प्रस्थान

काठमाडौं - संयुक्त राष्ट्र सङ्घको आह्वानमा लिवियामा सञ्चालित शान्ति...

भारतीय प्रधानमन्त्रीसँग रविको भेट, के- के भयो कुराकानी ?

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि...

राणा शासन ढल्यो, राजतन्त्र ढल्यो, अब अराजकतन्त्रको पालो : ओली

काठमाडौं - नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले...

काठमाडौं र दिल्ली दुवैतिरका ‘गड्याङगुडुङ’ प्रिय छैनन् : बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी...

‘हिट एक्सन डे २०२६’ : अत्यधिक गर्मीको जोखिमबारे सचेतना बढाउन आग्रह

काठमाडौं - अत्यधिक गर्मीका कारण मानव स्वास्थ्य, जीविकोपार्जन तथा...

धेरै पढिएको