एभरेस्ट महिला भलिबल लिगको ट्रफी वीरगंजमा अनावरण, मधेश युनाईटेडको जर्सी पनि सार्वजनिक

वीरगंज – मधेश स्पोट्र्स प्रा.लि. को आयोजनामा पोखरामा हुन लागेको वत्सालय एभरेस्ट महिला भलिबल लिगको दोस्रो संस्करणको ट्रफी वीरगंजमा भव्य समारोहबीच अनावरण गरिएको छ ।

वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंह र मधेश युनाईटेडकी ब्रान्ड एम्बेसडर नीति शाहले संयुक्त रूपमा ट्रफीको अनावरण गरे । सो अवसरमा मेयर सिंहले लिगको फ्रेन्चाइज टिम मधेश युनाईटेडको नयाँ जर्सी सार्वजनिक गर्नुका साथै टिमकी मार्की प्लेयर निरुता ठगुन्नालाई जर्सी हस्तान्तरण समेत गरे ।

मधेश युनाईटेडका सञ्चालक शर्मिला थापाको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि मेयर सिंहले मधेशमा भलिबलको विकास र महिला सशक्तीकरणमा यसले उल्लेखनीय योगदान पुर्याउने विश्वास व्यक्त गरे । उनले भने, “खेलले केवल मनोरञ्जन होइन, पहिचान, आत्मनिर्भरता र सामाजिक परिवर्तन ल्याउँछ ।“

कार्यक्रममा मधेश विश्वविद्यालयका उपकुलपति प्रा. डा. दिपक शाक्यले भलिबलको सामाजिक, मानसिक र भौतिक लाभबारे चर्चा गर्दै खेललाई हरेक वर्ष निरन्तरता दिनुपर्ने र मधेशमा यसको गतिविधि थप विस्तार गर्नुपर्नेमा जोड दिए।

वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद गौतमले भलिबल जस्ता खेलकुद कार्यक्रमले स्थानीय युवालाई सकारात्मक बाटो देखाउने र शहरको प्रतिष्ठा बढाउने बताए ।

मधेश युनाईटेडको स्थापना र उद्देश्यबारे सञ्चालक विशाल अग्रवालले प्रकाश पार्दै टिमले लिएको दीर्घकालीन दृष्टिकोणबारे जानकारी दिए । सञ्चालन प्रमुख खुशी शिवाकोटीले टिमको विगतको यात्रा, सिकाइ र आगतको योजनाबारे प्रस्तुति दिँदै भनिन्, “हामी सुधार र प्रतिबद्धता सहित मैदानमा फर्किंदैछौं ।”

ब्रान्ड एम्बेसडर नीति शाहले मधेश युनाईटेडसँग आबद्ध हुन पाउँदा आफू सम्मानित र उत्साहित महसुस गरेको र खेलकुद, महिला सशक्तीकरण र पहिचानको लागि यो टिम एउटा उत्कृष्ट उदाहरण रहेको बताइन्। मार्की प्लेयर निरुता ठगुन्नाले नयाँ जोश, उत्साह र आत्मविश्वासका साथ ट्रफी मधेशमै ल्याउने संकल्प व्यक्त गरिन् ।

गत वर्षको अनुभव र कमजोरीलाई सुधार्दै यसपटक मधेश युनाईटेडले नेदरल्याण्डका तीनजना प्रसिद्ध अन्तर्राष्ट्रिय खेलाडीलाई अनुबन्धन गर्दै बलियो टिम निर्माण गरेको सञ्चालन प्रमुख शिवाकोटीले जानकारी दिइन् ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्र, नेपाली सेना श्रीजंग गणका प्रमुख सेनानी लोकेन्द्र कार्की, अनुसन्धान विभागका उपनिर्देशक सन्तोष ढुङ्गेल, आन्तरिक राजस्व कार्यालयका प्रमुख कर अधिकृत टिकाराज चौलागाईं, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य डा.सुवोध कुमार गुप्ता, मधेश प्रदेशका निवर्तमान अध्यक्ष गणेशप्रसाद लाठ, वीरगंज उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष अनिल अग्रवाल, पूर्व अध्यक्ष गोपाल केडिया लगायतको उपस्थिति रहेको थियो।

खेलाडी : निरुता ठगुन्ना (मार्की), आरती सुबेदी, कोपिला राणा , सरस्वती कटेल , उषा बिस्ट, बबिता बोहोरा, बसन्ती साउद , स्नेहा ठगुन्ना

प्रशिक्षक: कोपिला उप्रेती

ब्रान्ड एम्बेसडर : नीति शाह

सिफारिस

सेनामा खुल्यो ठूलो संख्यामा जागिर (विज्ञापनसहित)

नेपाली सेनामा जागिर खुलेको छ। जंगी अड्डाले सैनिक पदमा ३६ सय जना नयाँ भर्ना लिनका लागि विज्ञापन जारी गरेको हो। सेनाको विभिन्न पृतना, गण तथा...

खड्का ल्यान्डमा मेरो स्वामित्व छैन मिडियाले निष्पक्ष समाचार प्रकाशित गरिदिनू: दिपक खड्का

नेपाली कांग्रेसका नेता एवम् पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले खड्का ल्यान्डमा आफ्नो स्वामित्व नरहेको बताएका छन्। खड्का ल्यान्डले लामो समयदेखि काठमाडौं लैनचौरस्थित...

एनपीएलको टिकट मूल्य सार्वजनिक, कुन दिनको मूल्य कति ?

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को टिकट मूल्य सार्वजनिक गरिएको छ।मंसिर १ देखि २७ गतेसम्म त्रिवि क्रिकेट रंगशालामा हुने दोस्रो संस्करणको एनपिएलका लागि...

भर्खरै

खड्का ल्यान्डमा मेरो स्वामित्व छैन मिडियाले निष्पक्ष समाचार प्रकाशित गरिदिनू: दिपक खड्का

नेपाली कांग्रेसका नेता एवम् पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइ...

एनपीएलको टिकट मूल्य सार्वजनिक, कुन दिनको मूल्य कति ?

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को टिकट मूल्य...

आईजीपी कार्कीको पहिलो निर्णय : वरिष्ठ सईसम्मलाई सहुलियत कर्जा

काठमाडौं- नेपाल प्रहरीका ३३ औँ महानिरीक्षक दानबहादुर कार्कीले बिहीबार...

काठमान्डू गोर्खाजद्वारा उपत्यकामा एनपीएल ट्रफी प्रदर्शन (तस्वीरहरू)

नेपाल प्रिमियर लिग (एनपीएल) को टिम काठमान्डू गोर्खाजले पाटन...

मेलम्ची बाढीपीडितलाई कुलमानले तपाईहरू परिचालित भएर म कहाँ आउने भनेपछि…

काठमाडौं - २०७८ असार को मेलम्चीखोलामा आएको बाढीले घरबार...

धर्तिको अप्सरा उपनामले चिनिने रारा तालको मनमोहक दृश्य (तस्वीरहरू)

मौसम खुलेपछि नेपालको “धर्तिको अप्सरा” उपनामले चिनिने, समुन्द्री सतहदेखि...

धेरै पढिएको