राईजिङ स्टार क्रिकेट एकेडेमीको आयोजनामा यू-१४ टि-२० क्रिकेट प्रतियोगिता हुँदै

राईजिङ स्टार क्रिकेट एकेडेमीको आयोजनामा यु-१४ टि-२० ब्वाइज ओपन क्रिकेट टुर्नामेन्ट हुने भएको छ ।

भाद्र २४ गतेदेखि असोज ८ गतेसम्म प्रतियोगिता गर्न लागेको राईजिङ स्टार क्रिकेट एकेडेमी एण्ड ईभेन्ट म्यानेजमेन्टले काठमाडौंको बत्तिसपुतली स्थिति अनुपम फुडल्याण्डमा आइतबार (आज) पत्रकार सम्मेलन गरि जानकारी दिएको हो ।

नेपालमा युवा क्रिकेट प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गर्ने लागिएको प्रतियोगिताका समूह चरण तथा सेमि-फाइनल खेल सिफल ग्राउन्ड गौशालामा हुने आयोजकले जनाएको छ ।

सम्मेलनमा बोल्दै आयोजक राइजिङ स्टार एकेडेमीका अध्यक्ष सुनिल अमात्यले उमेर समुहका खेलाडीलेनै नेपाली क्रिकेटको भविष्य निर्धारण गर्ने हुनाले यु-१४ क्रिकेट आयोजना गरेको बताए ।

यस्तै प्रतियोगिताको मूख्य प्रायोजक समेत रहेको काठमाडौं वडा नम्बर ९ का वडाध्यक्ष रामजी भण्डारीले आयोजकलाई शुभकामना दिंदै यस्तो किसिमको प्रतियोगिताहरू नियमित आयोजना हुनुपर्नेमा जोड दिए।

यस्तै प्रतियोगिताको प्राविधिक निर्देशक रविन्द्र गुप्ताले ग्रासरुट क्रिकेट र युवा क्रिकेटको विकासमा यस्तो प्रतियोगिता महत्वपूर्ण रहने बताउँदै आयोजकको तारिफ गरे ।

प्रतियोगिताको फाइनल खेल भने तल्लो अथवा माथिल्लो मूलपानी क्रिकेट ग्राउन्डमा हुने पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको हो।

प्रतियोगितामा कुल १७ टिमले लिग र नकआउट चरणमा प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ । प्रतियोगितामा क्रिकेट एक्सलेन्स सेन्टर बाट ५, ग्रेट हिमालय क्रिकेट एकेडेमीबाट ४, ओएसिस क्रिकेट एकेडेमीबाट २, काठमाडौं क्रिकेट एकेडेमी, किङ्स क्रिकेट एकेडेमी, काभ्रे क्रिकेट एकेडेमी, नेक्सस क्रिकेट एकेडेमी, अल्पाइन एकेडेमी र आयोजक राईजिङ स्टार क्रिकेट एकेडेमीबाट १ टिम सहभागी हुनेछन् ।

सहभागी टिमहरूलाई चार समूहमा विभाजन गरिने र शीर्ष स्थानमा रहने दुईवटा टिमहरू क्वार्टर फाइनलमा प्रवेश गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेताले ३० हजार नगद, ट्रफी र प्रमाणपत्र तथा उपविजेताले २० हजार नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ।

प्रतियोगितामा विधागततर्फ ‘प्लेयर अफ द टुर्नामेन्ट’, ‘बेस्ट ब्याटर, ‘बेस्ट बलर’ र ‘बेस्ट फिल्डर’लाई पनि पुरस्कार, ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजकले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो ।

सिफारिस

टि२० विश्वकप छनोट: नेपालद्वारा जापान ५ विकेटले पराजित

टि२० विश्वकप छनोट अन्तर्गत नेपालले समूह चरणको अन्तिम खेलमा जापानलाई ५ विकेटले पराजित गर्दै सुपर सिक्समा २ अंक जोडेको छ । यस हारले जापान...

एकनाथ ढकालले फिर्ता गरे कूटनीतिक राहदानी

काठमाडौँ - संघीय संसद्—प्रतिनिधि सभाका पूर्व सदस्य एकनाथ ढकालले आफ्नो सांसदकालमा प्राप्त कूटनीतिक राहदानी फिर्ता गरेका छन्। बिहीबार राहदानी विभाग पुगेर ढकालका स्वकीय सचिव जितेन्द्र...

कहीँ नभएको जात्रा हाँडी गाउँमा (तस्वीरहरू)

काठमाडौं - कार्तिक कृष्ण प्रतिपदाको अवसरमा आज हाडीगाउँका स्थानीयले परम्परागत चोक्ते नारायणको जात्रा मनाएका छन्। उल्टो रथमा देवतालाई राखेर परिक्रमा गराउने अनौठो चलनका कारण...

भर्खरै

एकनाथ ढकालले फिर्ता गरे कूटनीतिक राहदानी

काठमाडौँ - संघीय संसद्—प्रतिनिधि सभाका पूर्व सदस्य एकनाथ ढकालले...

कहीँ नभएको जात्रा हाँडी गाउँमा (तस्वीरहरू)

काठमाडौं - कार्तिक कृष्ण प्रतिपदाको अवसरमा आज हाडीगाउँका स्थानीयले...

आइयूसीएनको रिजनल काउन्सिलरमा नेपालकी रोशनी पाठकको एकल उम्मेदवारी

काठमाडौँ - अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (IUCN) को साउथ...

बलराम पुडासैनीको वर पिपलु बोलको गीत सार्वजनिक

हेटौंडा - गायक एवम् पत्रकार बलराम पुडासैनीको वर पिपलु...

कहाँ गए यी १८ प्रहरी जवान ? ७ दिनभित्र हाजिर नभए जागिर चैट

काठमाडौँ - प्रहरी प्रधान कार्यालय नक्सालले सम्पर्क बाहिर रहेका...

स्वम्भूबाट देखिएको काठमाडौं (तस्वीरहरू)

शुक्रबार र शनिबारको अविरल वर्षापछि आज(सोमबार)काठमाडौंको मौसम खुलेको छ...

धेरै पढिएको