राईजिङ स्टार क्रिकेट एकेडेमीको आयोजनामा यू-१४ टि-२० क्रिकेट प्रतियोगिता हुँदै

राईजिङ स्टार क्रिकेट एकेडेमीको आयोजनामा यु-१४ टि-२० ब्वाइज ओपन क्रिकेट टुर्नामेन्ट हुने भएको छ ।

भाद्र २४ गतेदेखि असोज ८ गतेसम्म प्रतियोगिता गर्न लागेको राईजिङ स्टार क्रिकेट एकेडेमी एण्ड ईभेन्ट म्यानेजमेन्टले काठमाडौंको बत्तिसपुतली स्थिति अनुपम फुडल्याण्डमा आइतबार (आज) पत्रकार सम्मेलन गरि जानकारी दिएको हो ।

नेपालमा युवा क्रिकेट प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गर्ने लागिएको प्रतियोगिताका समूह चरण तथा सेमि-फाइनल खेल सिफल ग्राउन्ड गौशालामा हुने आयोजकले जनाएको छ ।

सम्मेलनमा बोल्दै आयोजक राइजिङ स्टार एकेडेमीका अध्यक्ष सुनिल अमात्यले उमेर समुहका खेलाडीलेनै नेपाली क्रिकेटको भविष्य निर्धारण गर्ने हुनाले यु-१४ क्रिकेट आयोजना गरेको बताए ।

यस्तै प्रतियोगिताको मूख्य प्रायोजक समेत रहेको काठमाडौं वडा नम्बर ९ का वडाध्यक्ष रामजी भण्डारीले आयोजकलाई शुभकामना दिंदै यस्तो किसिमको प्रतियोगिताहरू नियमित आयोजना हुनुपर्नेमा जोड दिए।

यस्तै प्रतियोगिताको प्राविधिक निर्देशक रविन्द्र गुप्ताले ग्रासरुट क्रिकेट र युवा क्रिकेटको विकासमा यस्तो प्रतियोगिता महत्वपूर्ण रहने बताउँदै आयोजकको तारिफ गरे ।

प्रतियोगिताको फाइनल खेल भने तल्लो अथवा माथिल्लो मूलपानी क्रिकेट ग्राउन्डमा हुने पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको हो।

प्रतियोगितामा कुल १७ टिमले लिग र नकआउट चरणमा प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ । प्रतियोगितामा क्रिकेट एक्सलेन्स सेन्टर बाट ५, ग्रेट हिमालय क्रिकेट एकेडेमीबाट ४, ओएसिस क्रिकेट एकेडेमीबाट २, काठमाडौं क्रिकेट एकेडेमी, किङ्स क्रिकेट एकेडेमी, काभ्रे क्रिकेट एकेडेमी, नेक्सस क्रिकेट एकेडेमी, अल्पाइन एकेडेमी र आयोजक राईजिङ स्टार क्रिकेट एकेडेमीबाट १ टिम सहभागी हुनेछन् ।

सहभागी टिमहरूलाई चार समूहमा विभाजन गरिने र शीर्ष स्थानमा रहने दुईवटा टिमहरू क्वार्टर फाइनलमा प्रवेश गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेताले ३० हजार नगद, ट्रफी र प्रमाणपत्र तथा उपविजेताले २० हजार नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ।

प्रतियोगितामा विधागततर्फ ‘प्लेयर अफ द टुर्नामेन्ट’, ‘बेस्ट ब्याटर, ‘बेस्ट बलर’ र ‘बेस्ट फिल्डर’लाई पनि पुरस्कार, ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजकले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो ।

सिफारिस

चिनियाँ अधिकारीद्वारा दोलखामा चीन–नेपाल सांस्कृतिक कार्यक्रम तथा शैक्षिक सामग्री वितरण

दोलखा – अन्तर्राष्ट्रिय बाल दिवसको अवसरमा दोलखाको तामाकोशी–५ जलविद्युत् आयोजनास्थल नजिक रहेको श्री गौरीशंकर माध्यमिक विद्यालयमा चीन–नेपाल सांस्कृतिक आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। चीन ग्रामीण...

कांग्रेस जिल्ला सभापति यादव निलम्बित

काठमाडौँ – कांग्रेस केन्द्रीय अनुशासन समितिले बारा जिल्ला सभापति राजेश राय यादवलाई निलम्बन गरेको छ। गत फागुन २१ गते सम्पन्न चुनावमा पार्टीको आधिकारिक उम्मेदवारलाई हराउन...

लिवियामा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली, ४२ सैनिक प्रस्थान

काठमाडौं - संयुक्त राष्ट्र सङ्घको आह्वानमा लिवियामा सञ्चालित शान्ति स्थापना मिसनमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली गरिएको छ। नेपाली सेनाका अनुसार, लिवियास्थित संयुक्त राष्ट्र सङ्घीय...

भर्खरै

कांग्रेस जिल्ला सभापति यादव निलम्बित

काठमाडौँ – कांग्रेस केन्द्रीय अनुशासन समितिले बारा जिल्ला सभापति...

लिवियामा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली, ४२ सैनिक प्रस्थान

काठमाडौं - संयुक्त राष्ट्र सङ्घको आह्वानमा लिवियामा सञ्चालित शान्ति...

भारतीय प्रधानमन्त्रीसँग रविको भेट, के- के भयो कुराकानी ?

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि...

राणा शासन ढल्यो, राजतन्त्र ढल्यो, अब अराजकतन्त्रको पालो : ओली

काठमाडौं - नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले...

काठमाडौं र दिल्ली दुवैतिरका ‘गड्याङगुडुङ’ प्रिय छैनन् : बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी...

‘हिट एक्सन डे २०२६’ : अत्यधिक गर्मीको जोखिमबारे सचेतना बढाउन आग्रह

काठमाडौं - अत्यधिक गर्मीका कारण मानव स्वास्थ्य, जीविकोपार्जन तथा...

धेरै पढिएको