इतिहासमै बढी विद्युत् निर्यात: दैनिक ११३० मेगावाट बेच्दै नेपाल, वार्षिक ८६ अर्ब आम्दानी

काठमाडौं – नेपालले हालसम्मकै बढी विद्युत् निर्यात गरेर नयाँ इतिहास रचेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काका अनुसार भारत र बंगलादेशलाई गरी दैनिक १,१३० मेगावाटभन्दा बढी विद्युत् निर्यात भइरहेको छ। यो दर निरन्तर कायम रह्यो भने नेपालले वार्षिक करिब ८६ अर्ब ३८ करोड रुपैयाँभन्दा बढी आम्दानी गर्नेछ।

नेपालले यस अवधिमा करिब ९ अर्ब ९० करोड ६ लाख युनिट विद्युत् बिक्री गर्नेछ, जसले ऊर्जा आत्मनिर्भरता, दिगो आर्थिक विकास र क्षेत्रीय ऊर्जा सहकार्यलाई सुदृढ बनाउने मन्त्री खड्काले बताएका छन्।

यसैबीच, सरकारले पहिलो पटक दीर्घकालीन ऊर्जा मार्गचित्र–२०८१ ल्याएर २०३५ सम्मका लागि स्पष्ट लक्ष्य तय गरेको छ। सो लक्ष्यअनुसार, २०३५ सम्म कुल २८,५०० मेगावाट विद्युत् उत्पादन गर्ने र त्यसमध्ये १५,००० मेगावाट निर्यात गर्ने योजना छ। भारतलाई १०,००० मेगावाट र बंगलादेशलाई ५,००० मेगावाट निर्यात गर्ने ठोस योजना तयार भएको मन्त्री खड्काले जानकारी दिए।

“यो ऐतिहासिक यात्रामा साथ दिने सम्पूर्ण संघ–संस्था तथा कर्मचारीहरूलाई धन्यवाद दिन चाहन्छु,” मन्त्री खड्काले भने, “सबै पक्षको एकता, सहकार्य र साझा प्रतिबद्धतामार्फत आगामी दशकभित्र नेपाललाई ऊर्जा उत्पादन र निर्यातमा क्षेत्रीय शक्ति राष्ट्र बनाउने हाम्रो लक्ष्य अवश्य पूरा हुनेछ।”

नेपालको ऊर्जा निर्यातमा भएको यो नयाँ उपलब्धिलाई अर्थतन्त्रका लागि महत्वपूर्ण कदमको रूपमा लिइएको छ।

सिफारिस

हनुमानढोकामा सामूहिक कुमारी पूजा (तस्वीरहरू)

काठमाडौं - इन्द्रजात्राको दोस्रो दिन काठमाडौंको हनुमानढोका दरबार क्षेत्रमा सामूहिक कुमारी पूजा गरिएको छ। पास्नी गरिसकेका तर ईही (बेल विवाह) नगरेका २ देखि ८ वर्ष...

विराटनगर किङ्सको ‘ड्रिम टु प्ले’ टी-२० क्रिकेट प्रतियोगिताको उपाधि उदयपुरलाई

नेपाल प्रिमियर लिगको फ्रेन्चाइज टोली विराटनगर किङ्स र कोशी प्रदेश क्रिकेट संघको संयुक्त आयोजनामा विराटनगरमा सम्पन्न ‘ड्रिम टु प्ले’ यू–२३ टी-२० क्रिकेट प्रतियोगिताको उपाधि...

हनुमानढोकामा इन्द्रजात्राको रौनक (तस्वीरहरू)

काठमाडौं — काठमाडौंको बसन्तपुरस्थित हनुमानढोका अगाडि बुधबार इन्द्रध्वजासहितको लिङ्गो ठड्याएसँगै काठमाडौं उपत्यकाको प्रमुख सांस्कृतिक पर्व इन्द्रजात्रा विधिवत् सुरु भएको छ। भाद्र शुक्ल द्वादशीका दिनदेखि आठ...

भर्खरै

विराटनगर किङ्सको ‘ड्रिम टु प्ले’ टी-२० क्रिकेट प्रतियोगिताको उपाधि उदयपुरलाई

नेपाल प्रिमियर लिगको फ्रेन्चाइज टोली विराटनगर किङ्स र कोशी...

हनुमानढोकामा इन्द्रजात्राको रौनक (तस्वीरहरू)

काठमाडौं — काठमाडौंको बसन्तपुरस्थित हनुमानढोका अगाडि बुधबार इन्द्रध्वजासहितको लिङ्गो...

प्रधान सेनापतिद्वारा बढुवा भएका ४ उच्च सैनिक अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौं -— नेपाली सेनाका प्रधान सेनापति महारथी श्री अशोक...

हिमालदेखि जापानसम्मः नेपाली–जापानी फ्युजन परिकारमा शेफ भोलबहादुरको नयाँ प्रयोग

काठमाडौं - नेपाली मौलिक परिकार र जापानी पाककलाको दर्शनलाई...

प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी (तस्वीरहरू)

ताप्लेजुङ र पाँचथर जिल्लाको सिमानामा समुद्री सतहबाट करिब ४,३००...

मिसेस नेपाल वर्ल्ड २०२६ : २२ सुन्दरी फिनालेका लागि तयार (तस्वीरहरू)

काठमाडौं - विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड...

धेरै पढिएको