इतिहासमै बढी विद्युत् निर्यात: दैनिक ११३० मेगावाट बेच्दै नेपाल, वार्षिक ८६ अर्ब आम्दानी

काठमाडौं – नेपालले हालसम्मकै बढी विद्युत् निर्यात गरेर नयाँ इतिहास रचेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काका अनुसार भारत र बंगलादेशलाई गरी दैनिक १,१३० मेगावाटभन्दा बढी विद्युत् निर्यात भइरहेको छ। यो दर निरन्तर कायम रह्यो भने नेपालले वार्षिक करिब ८६ अर्ब ३८ करोड रुपैयाँभन्दा बढी आम्दानी गर्नेछ।

नेपालले यस अवधिमा करिब ९ अर्ब ९० करोड ६ लाख युनिट विद्युत् बिक्री गर्नेछ, जसले ऊर्जा आत्मनिर्भरता, दिगो आर्थिक विकास र क्षेत्रीय ऊर्जा सहकार्यलाई सुदृढ बनाउने मन्त्री खड्काले बताएका छन्।

यसैबीच, सरकारले पहिलो पटक दीर्घकालीन ऊर्जा मार्गचित्र–२०८१ ल्याएर २०३५ सम्मका लागि स्पष्ट लक्ष्य तय गरेको छ। सो लक्ष्यअनुसार, २०३५ सम्म कुल २८,५०० मेगावाट विद्युत् उत्पादन गर्ने र त्यसमध्ये १५,००० मेगावाट निर्यात गर्ने योजना छ। भारतलाई १०,००० मेगावाट र बंगलादेशलाई ५,००० मेगावाट निर्यात गर्ने ठोस योजना तयार भएको मन्त्री खड्काले जानकारी दिए।

“यो ऐतिहासिक यात्रामा साथ दिने सम्पूर्ण संघ–संस्था तथा कर्मचारीहरूलाई धन्यवाद दिन चाहन्छु,” मन्त्री खड्काले भने, “सबै पक्षको एकता, सहकार्य र साझा प्रतिबद्धतामार्फत आगामी दशकभित्र नेपाललाई ऊर्जा उत्पादन र निर्यातमा क्षेत्रीय शक्ति राष्ट्र बनाउने हाम्रो लक्ष्य अवश्य पूरा हुनेछ।”

नेपालको ऊर्जा निर्यातमा भएको यो नयाँ उपलब्धिलाई अर्थतन्त्रका लागि महत्वपूर्ण कदमको रूपमा लिइएको छ।

सिफारिस

ढोरपाटन : जहाँ भेटिन्छ पहाडको शोभा, मैदानको हरियाली र मनमोहक दृश्य (तस्वीरहरू)

सुन्दरभूमी नेपालको एक अनुपम अंश हो—ढोरपाटन। बागलुङ जिल्लाको उत्तरी भागमा फैलिएको यो क्षेत्र प्राकृतिक सुन्दरतासँगै धार्मिक र पर्यटकीय आकर्षणको केन्द्र बनेको छ। नेपालकै एक...

वर्षापछिको काठमाडौं (तस्वीरहरू)

हाल नेपालमा पश्चिमी वायू र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव छ । जसका कारण काठमाडौं उपत्यका लगायत देशभर वर्षा भईरहेको थियो...

सिमसिमे पानीमा छाताको सहारा (तस्वीरहरू)

काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा बिहीबारदेखि लगातार वर्षा भईरहेको छ । वर्षासँगै आम नागरिकको जनजीवन प्रभावित बनेको छ । काममा जादै गरेका, विद्यालय जार्दै...

भर्खरै

वर्षापछिको काठमाडौं (तस्वीरहरू)

हाल नेपालमा पश्चिमी वायू र अरब सागरमा बनेको न्यून...

सिमसिमे पानीमा छाताको सहारा (तस्वीरहरू)

काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा बिहीबारदेखि लगातार वर्षा भईरहेको...

‘मोन्था’को प्रभाव काठमाडौंमा : बर्षाले जनजीवन प्रभावित (तस्वीरहरू)

बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’का कारण मौसम प्रभावित हुँदा...

मुन्धुम पदमार्ग: किराँत सभ्यता र प्रकृतिको अद्भुत संगम (तस्वीरहरू)

पूर्वी नेपालको पहाडी भूभागमा फैलिएको मुन्धुम पदमार्ग केवल पदयात्रा...

दोलखाको कुरी बजारको मनमोहक दृश्य (फोटो फिचर)

दोलखाको कालिञ्चोक भगवती मन्दिरको फेदीस्थित कुरी बजार पछिल्लो समय...

संसद विघटनविरुद्धको रिटमा भएन अन्तरिम आदेश जारी

काठमाडौँ – सर्वोच्च अदालतले सुशीला कार्कीको नेतृत्वमा गठन भएको...

धेरै पढिएको