यस्तो देखियो दशरथ रंगशालामा नेपाल र बंगलादेशबीच मैत्रीपूर्ण फुटबल (तस्वीरहरू)

काठमाडौं – दुई वर्षपछि घरेलु रंगशालामा फर्किएको नेपाली राष्ट्रिय फुटबल टोलीले अन्तर्राष्ट्रिय फुटबलमा जितसहितको पुनरागमन गर्न सकेन। शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको मैत्रीपूर्ण खेलमा नेपाल र बंगलादेश गोलरहित बराबरीमा रोकिए।

खेलको पहिलो हाफमा दुवै टोलीले आक्रमणका केही अवसर सिर्जना गरे पनि गोल निकाल्न सकेनन्। १० औं मिनेटमा कप्तान जमाल भुयाँको कर्नरमा राकिब होसेनले हेडमार्फत गोलको प्रयास गर्दा नेपाली गोलकिपर किरण चेम्जोङले उत्कृष्ट बचाउ गरे। केही समयपछि मणि लामाको फ्रिकिकमा अनन्त तामाङको हेड पनि बंगलादेशी गोलकिपर मोहम्मद सुजोन होसेनले रोके।

३९ औं मिनेटमा बंगलादेशका सुमोन रेजाको प्रहार क्रसबारमाथि गयो भने दोस्रो हाफमा दुवै टोलीले गोल गर्ने स्पष्ट अवसर पाए। ६८ औं मिनेटमा नेपालका जिलेश्पीजंग कार्कीको शक्तिशाली प्रहार सुजोनले रोके भने ७८ औं मिनेटमा मोहम्मद ताज उदीनको प्रहार किरणले कठिनाईका साथ रोक्न सफल भए।

नेपाल र बंगलादेशबीचको दोस्रो मैत्रीपूर्ण खेल मंगलबार दशरथ रंगशालामै हुनेछ। दोस्रो खेलमा पनि बराबरी भए विजेता पेनाल्टी सुटआउटमार्फत टुङ्गो लाग्नेछ।

 

सिफारिस

विद्युतीय बस खरिदमा बैंकबाट ८० प्रतिशतसम्म ऋण पाइने

काठमाडौं । सार्वजनिक यातायातका लागि प्रयोग हुने ठूला विद्युतीय बस खरिद गर्न अब बैंक तथा वित्तीय संस्थाबाट सवारीको मूल्यको ८० प्रतिशतसम्म कर्जा लिन सकिने...

डेनमार्कको प्रतिष्ठित ‘डाना कप’ मा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ मनोनित

काठमाडौं - नेपाली फुटबलका लागि गौरवको विषय बनेको एक महत्वपूर्ण उपलब्धिमा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ विश्वकै प्रतिष्ठित युवा फुटबल प्रतियोगिता डाना कप (DANA...

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४ वर्ष कैद सजाय पाएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी करिब १० महिनापछि जेलमुक्त हुने भएका छन्। रायमाझी २०८०...

भर्खरै

डेनमार्कको प्रतिष्ठित ‘डाना कप’ मा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ मनोनित

काठमाडौं - नेपाली फुटबलका लागि गौरवको विषय बनेको एक...

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४...

कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद

काठमाडौं - नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका...

लाखेननीमा १०८ भैरव तथा पञ्चकुमारी पूजा (तस्वीरहरू)

काठमाडौं- काठमाडौं महानगरपालिका–२० स्थित लाखेननी चोकमा आयोजित १०८ भैरव,...

आज देशभरका सरकारी कार्यालयमा झन्डा आधा झुकाइने

कतारका पूर्वअमिर शेख हमिद बिन खालिफा अल थानीको मृत्युको...

पनौतीमा धान गोडमेलको चटारो (तस्वीरहरू)

काभ्रे - काभ्रेपलाञ्चोकको पनौती क्षेत्रमा यतिबेला किसानहरू धान गोडमेलमा...

धेरै पढिएको