यस्तो देखियो दशरथ रंगशालामा नेपाल र बंगलादेशबीच मैत्रीपूर्ण फुटबल (तस्वीरहरू)

काठमाडौं – दुई वर्षपछि घरेलु रंगशालामा फर्किएको नेपाली राष्ट्रिय फुटबल टोलीले अन्तर्राष्ट्रिय फुटबलमा जितसहितको पुनरागमन गर्न सकेन। शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको मैत्रीपूर्ण खेलमा नेपाल र बंगलादेश गोलरहित बराबरीमा रोकिए।

खेलको पहिलो हाफमा दुवै टोलीले आक्रमणका केही अवसर सिर्जना गरे पनि गोल निकाल्न सकेनन्। १० औं मिनेटमा कप्तान जमाल भुयाँको कर्नरमा राकिब होसेनले हेडमार्फत गोलको प्रयास गर्दा नेपाली गोलकिपर किरण चेम्जोङले उत्कृष्ट बचाउ गरे। केही समयपछि मणि लामाको फ्रिकिकमा अनन्त तामाङको हेड पनि बंगलादेशी गोलकिपर मोहम्मद सुजोन होसेनले रोके।

३९ औं मिनेटमा बंगलादेशका सुमोन रेजाको प्रहार क्रसबारमाथि गयो भने दोस्रो हाफमा दुवै टोलीले गोल गर्ने स्पष्ट अवसर पाए। ६८ औं मिनेटमा नेपालका जिलेश्पीजंग कार्कीको शक्तिशाली प्रहार सुजोनले रोके भने ७८ औं मिनेटमा मोहम्मद ताज उदीनको प्रहार किरणले कठिनाईका साथ रोक्न सफल भए।

नेपाल र बंगलादेशबीचको दोस्रो मैत्रीपूर्ण खेल मंगलबार दशरथ रंगशालामै हुनेछ। दोस्रो खेलमा पनि बराबरी भए विजेता पेनाल्टी सुटआउटमार्फत टुङ्गो लाग्नेछ।

 

सिफारिस

टि२० विश्वकप छनोट: नेपालद्वारा जापान ५ विकेटले पराजित

टि२० विश्वकप छनोट अन्तर्गत नेपालले समूह चरणको अन्तिम खेलमा जापानलाई ५ विकेटले पराजित गर्दै सुपर सिक्समा २ अंक जोडेको छ । यस हारले जापान...

एकनाथ ढकालले फिर्ता गरे कूटनीतिक राहदानी

काठमाडौँ - संघीय संसद्—प्रतिनिधि सभाका पूर्व सदस्य एकनाथ ढकालले आफ्नो सांसदकालमा प्राप्त कूटनीतिक राहदानी फिर्ता गरेका छन्। बिहीबार राहदानी विभाग पुगेर ढकालका स्वकीय सचिव जितेन्द्र...

कहीँ नभएको जात्रा हाँडी गाउँमा (तस्वीरहरू)

काठमाडौं - कार्तिक कृष्ण प्रतिपदाको अवसरमा आज हाडीगाउँका स्थानीयले परम्परागत चोक्ते नारायणको जात्रा मनाएका छन्। उल्टो रथमा देवतालाई राखेर परिक्रमा गराउने अनौठो चलनका कारण...

भर्खरै

एकनाथ ढकालले फिर्ता गरे कूटनीतिक राहदानी

काठमाडौँ - संघीय संसद्—प्रतिनिधि सभाका पूर्व सदस्य एकनाथ ढकालले...

कहीँ नभएको जात्रा हाँडी गाउँमा (तस्वीरहरू)

काठमाडौं - कार्तिक कृष्ण प्रतिपदाको अवसरमा आज हाडीगाउँका स्थानीयले...

आइयूसीएनको रिजनल काउन्सिलरमा नेपालकी रोशनी पाठकको एकल उम्मेदवारी

काठमाडौँ - अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (IUCN) को साउथ...

बलराम पुडासैनीको वर पिपलु बोलको गीत सार्वजनिक

हेटौंडा - गायक एवम् पत्रकार बलराम पुडासैनीको वर पिपलु...

कहाँ गए यी १८ प्रहरी जवान ? ७ दिनभित्र हाजिर नभए जागिर चैट

काठमाडौँ - प्रहरी प्रधान कार्यालय नक्सालले सम्पर्क बाहिर रहेका...

स्वम्भूबाट देखिएको काठमाडौं (तस्वीरहरू)

शुक्रबार र शनिबारको अविरल वर्षापछि आज(सोमबार)काठमाडौंको मौसम खुलेको छ...

धेरै पढिएको