नेपाल मदिरा उत्पादक संघको अध्यक्षमा बैजु बाबरा चयन

काठमाडौं – नेपाल मदिरा उत्पादक संघको पाँचौँ अधिवेशन तथा दशौँ वार्षिक साधारणसभाले बैजु प्रसाद बाबरालाई दोस्रो कार्यकालका लागि अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको छ।

कार्यक्रममार्फत सर्वसम्मत रूपमा चयन भएको नयाँ कार्यसमितिमा उपाध्यक्षमा राजेन्द्र धिताल, महासचिवमा राजु गुरुङ, कोषाध्यक्षमा फूलसिंह क्षेत्री र सचिवमा अजय प्रजापति जिम्मेवारी सम्हाल्ने भएका छन्।

त्यस्तै, कार्यसमितिका सदस्यहरूमा हरि भण्डारी, किसान धनवत, सन्तोष लामिछाने, किसन साह, आदर्श पन्त र बासुदेव प्रसाईं रहेका छन्।

संघको अधिवेशनले नयाँ नेतृत्वलाई आगामी कार्यकालमा मदिरा उद्योगको हकहित संरक्षण, नीतिगत स्पष्टता, उद्योगलाई कर तथा कानूनी दायरामा व्यवस्थित गर्दै सरकारले योगदानको कदर गर्ने वातावरण बनाउन सक्रिय भूमिका खेल्ने अपेक्षा गरिएको छ।

अधिवेशन तथा वार्षिक साधारणसभाको उद्घाटन सत्रमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्ण बहादुर राउतले राज्य उद्योगी व्यवसायीको हितलाई प्राथमिकतामा राखेर अगाडी बढ्न प्रतिबद्ध रहेको बताउनु भएको छ।

सचिव राउतले मदिरा उद्योगले रोजगारी, राजस्व र सांस्कृतिक दृष्टिकोणबाट महत्वपूर्ण योगदान दिइरहेको उल्लेख गर्दै भने, “परापूर्वकालदेखि नै मदिरा सांस्कृतिक र आर्थिक दृष्टिले समाजसँग गासिएको छ। कौटिल्यको अर्थशास्त्रमा समेत यसको करबारे चर्चा गरिएको छ। आज आधुनिक समयमा मदिरा ऐन २०३१ तथा अन्तःशुल्क नियमावलीअन्तर्गत यो क्षेत्रबाट करीब ३० अर्ब बराबरको राजस्व संकलन हुँदै आएको छ, जुन राज्यका लागि महत्वपूर्ण योगदान हो।”

उनले हाल संशोधनका लागि पठाइएका मदिरा तथा अन्तःशुल्क सम्बन्धी नियमावलीबारे मन्त्रालयस्तरीय छलफल भइरहेको जनाउँदै उद्योगहरूको सहज सञ्चालनका लागि सकारात्मक पहल भइरहेको जानकारी दिए। “संविधान विपरीत तीन तहका सरकारहरूले फरक–फरक कर असूल गर्ने अवस्था अन्त्य हुनुपर्छ। सुरुवाती चरणमै अत्यधिक करको बोझ लगाएर उद्योग निरुत्साहित गर्नुको सट्टा रोजगारी सिर्जना र उत्पादन विस्तारलाई प्रोत्साहन गर्न सरकार अग्रसर छ,” सचिव राउतले स्पष्ट पारे।

उनले नेपालमै उत्पादन हुने मदिरा उद्योगलाई प्रोत्साहन गर्ने समय आएको उल्लेख गर्दै कोरिया र जापानजस्ता मुलुकमा घरेलु मदिरालाई प्रोत्साहन गरिएको उदाहरण समेत दिए। “राज्यले घरेलु मदिरा उत्पादनलाई कानूनी दायरामा ल्याएर सहजीकरण गर्ने हो भने यसले रोजगारीसँगै वैदेशिक निर्भरता घटाउनेछ। विदेशी मदिरा समेत गुणस्तरीय भए मात्र नेपालमा बिक्री गर्न पाइने व्यवस्था हुनुपर्छ। उपभोक्ताको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै गुणस्तरीय उत्पादन गर्ने जिम्मेवारी उद्योगीहरूले लिनुपर्छ,” उनले जोड दिए।

कार्यक्रमको अध्यक्षता गर्दै संघका अध्यक्ष बैजु प्रसाद बाबराले आफ्नो प्रतिवेदन प्रस्तुत गरेका थिए। उनले मदिरा उद्योगले देशको राजस्व र रोजगारीमा महत्वपूर्ण योगदान दिँदै आएको भए पनि पछिल्ला नीतिगत अवरोधका कारण धेरै उद्योग धरासायी भएको गुनासो गरे। “आवश्यक मात्रामा स्पिरिट आपूर्ति नहुँदा उद्योग नै बन्द हुनुपरेको छ। कर प्रणाली, ब्याजदर र नीतिगत अनिश्चितताका कारण उद्योगी व्यवसायी पलायन हुन थालेका छन्,” अध्यक्ष बाबराले भने।

सहभागी उद्योगी–व्यवसायीहरूले समेत कर संकलनको असमानता, संघीय संरचनापछि बढ्दो जटिलता, घरेलु मदिरामा गरिएको नियन्त्रण र विदेशी मदिरासँगको प्रतिस्पर्धा जस्ता विषयमा सरकारलाई ध्यानाकर्षण गराएका थिए।

सिफारिस

विद्युतीय बस खरिदमा बैंकबाट ८० प्रतिशतसम्म ऋण पाइने

काठमाडौं । सार्वजनिक यातायातका लागि प्रयोग हुने ठूला विद्युतीय बस खरिद गर्न अब बैंक तथा वित्तीय संस्थाबाट सवारीको मूल्यको ८० प्रतिशतसम्म कर्जा लिन सकिने...

डेनमार्कको प्रतिष्ठित ‘डाना कप’ मा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ मनोनित

काठमाडौं - नेपाली फुटबलका लागि गौरवको विषय बनेको एक महत्वपूर्ण उपलब्धिमा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ विश्वकै प्रतिष्ठित युवा फुटबल प्रतियोगिता डाना कप (DANA...

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४ वर्ष कैद सजाय पाएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी करिब १० महिनापछि जेलमुक्त हुने भएका छन्। रायमाझी २०८०...

भर्खरै

डेनमार्कको प्रतिष्ठित ‘डाना कप’ मा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ मनोनित

काठमाडौं - नेपाली फुटबलका लागि गौरवको विषय बनेको एक...

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४...

कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद

काठमाडौं - नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका...

लाखेननीमा १०८ भैरव तथा पञ्चकुमारी पूजा (तस्वीरहरू)

काठमाडौं- काठमाडौं महानगरपालिका–२० स्थित लाखेननी चोकमा आयोजित १०८ भैरव,...

आज देशभरका सरकारी कार्यालयमा झन्डा आधा झुकाइने

कतारका पूर्वअमिर शेख हमिद बिन खालिफा अल थानीको मृत्युको...

पनौतीमा धान गोडमेलको चटारो (तस्वीरहरू)

काभ्रे - काभ्रेपलाञ्चोकको पनौती क्षेत्रमा यतिबेला किसानहरू धान गोडमेलमा...

धेरै पढिएको