नेपाल–चीन बीच उसु खेल विकासका लागि तीन वर्षे सम्झौता

काठमाडौं – मित्रराष्ट्र चीनको सिचुवान प्रान्तस्थित मिनयाँङ उसु संघ, मार्सल आर्ट अर्गनाइजेसन नेपाल र काठमाडौं जेन्जी ट्रेडिसनल आर्चरी एण्ड मार्सल आर्ट अर्गनाइजेसनबीच उसु खेलको विकास र विस्तारका लागि तीन वर्षे सम्झौता भएको छ।

सम्झौता पत्रमा मार्सल आर्ट अर्गनाइजेसन नेपालका अध्यक्ष राजिव महर्जन र सिचुवान प्रान्त उसु संघका कार्यकारी निर्देशक तथा मिनयाँङ उसु संघका महासचिव ली किङ (Li Qing) ले हस्ताक्षर गरेका छन्। सम्झौता कार्यक्रममा मिनयाँङ नगरपालिकाका उपमेयर ली सिन् (Li Xin), मियाँङ उसु संघका उपाध्यक्ष द्वय लान लिमिन (Lan Limin) र जियाङ हुआ (Jiang Hua) उपस्थित थिए।

सम्झौता अनुसार नेपाल र चीन दुबै देशले उसु खेलको प्रवर्द्धन र विकासमा सहकार्य गर्ने, प्रत्येक वर्ष एक–अर्काको देशमा प्रतिनिधि टोली पठाई प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने, तथा खेल सम्बन्धी ज्ञान, दर्शन, प्रशिक्षण विज्ञान र खेलकुद चिकित्साजस्ता विषयमा विज्ञ र विद्वानबीच अनुभव आदान–प्रदान गर्ने उल्लेख गरिएको छ।

त्यस्तै, छोटो अवधिका लागि उत्कृष्ट प्रशिक्षकहरूको आदान–प्रदान र दीर्घकालीन तालिमका लागि आशाजनक खेलाडीहरूलाई छनोट गरी मियाँङ उसु संघले व्यावसायिक प्रशिक्षण स्रोत तथा प्राविधिक सहयोग उपलब्ध गराउने पनि सम्झौतामा उल्लेख छ।

सम्झौताअनुसार दुवै पक्षले चीन–नेपाल मैत्रीपूर्ण उसु प्रतियोगिता र अन्तर्राष्ट्रिय उसु प्रतियोगिताहरू पालैपालो आयोजना गर्ने, निर्णायक व्यवस्थापनमा सहकार्य गर्ने, साथै महत्वपूर्ण प्रतियोगिताहरूमा टोली पठाएर सहभागिता जनाउनेछन्।

यससँगै उसु खेललाई केवल खेलका रूपमा सीमित नगरी पर्यटन प्रवर्द्धनमा समेत जोड दिइने उल्लेख छ। ‘चिनियाँ कुङ फु रुट–सीकिङ टुर’ र ‘नेपाल जेन मार्सल आर्ट अभ्यास टुर’ जस्ता उसु पर्यटन कार्यक्रमहरू संचालन गरी विश्वभरका उसु उत्साहीहरूलाई आकर्षित गर्ने लक्ष्य लिइएको छ।

मार्सल आर्ट अर्गनाइजेसन नेपालका अध्यक्ष तथा काठमाडौं जेन्जी ट्रेडिसनल आर्चरी एण्ड मार्सलआर्ट अर्गनाइजेसनका सचिव राजिव महर्जनले यो सम्झौताले नेपालमा उसु खेलको विकासमा कोसेढुंगा सावित हुने र खेल पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो।

सिफारिस

३ वर्षभित्रै जिम्मेवारी हस्तान्तरण गर्छु : मन्त्री महावीर पुन

काठमाडौँ - नवनियुक्त विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन ले आफ्नो कार्यकालको समयसीमा आफैं तोकेका छन्। मंगलबार मात्रै मन्त्री नियुक्त भएका उनले आफू मन्त्रालयमा...

रवि लामिछानेलाई अर्को राहत : कास्कीपछि पर्साले गर्‍यो संगठित अपराधको मुद्दा खारेज

वीरगञ्ज । पर्सा जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्ध लगाइएको संगठित अपराधको अभियोग हटाउन अनुमति दिएको छ।सानो पाइला सहकारीको बचत रकम...

मन्त्रीहरूलाई बाँडियो डीडीसीका चिजदेखि मोहीसम्म

काठमाडौँ– स्वदेशी उत्पादनको प्रवर्द्धन तथा दुग्ध क्षेत्रको सुदृढीकरणका लागि सरकारले विशेष चासो देखाएको छ। मन्त्रिपरिषद्को आजको बैठकमा सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थान (डीडीसी)...

भर्खरै

रवि लामिछानेलाई अर्को राहत : कास्कीपछि पर्साले गर्‍यो संगठित अपराधको मुद्दा खारेज

वीरगञ्ज । पर्सा जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

मन्त्रीहरूलाई बाँडियो डीडीसीका चिजदेखि मोहीसम्म

काठमाडौँ– स्वदेशी उत्पादनको प्रवर्द्धन तथा दुग्ध क्षेत्रको सुदृढीकरणका लागि...

महिलाले धानेको कृषि क्षेत्र

विभिन्न समयकालमा देशका विभिन्न क्षेत्रमा गरिएका अध्ययन–अनुसन्धानबाट प्राप्त तथ्यांकले...

महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्ने

काठमाडौं — सांसद महावीर पुनलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तन...

विशाल भण्डारीलाई सरकारले दियो रेडक्रस हाँक्ने जिम्मा

काठमाडौँ - सरकारले नेपाल रेडक्रस सोसाइटीमा नौ सदस्यीय तदर्थ...

सुधन गुरुङ पुनः गृहमन्त्री बन्दै, आज दिउँसो ३ बजे शपथ

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद एवं पूर्वगृहमन्त्री...

धेरै पढिएको