नेपाल–चीन बीच उसु खेल विकासका लागि तीन वर्षे सम्झौता

काठमाडौं – मित्रराष्ट्र चीनको सिचुवान प्रान्तस्थित मिनयाँङ उसु संघ, मार्सल आर्ट अर्गनाइजेसन नेपाल र काठमाडौं जेन्जी ट्रेडिसनल आर्चरी एण्ड मार्सल आर्ट अर्गनाइजेसनबीच उसु खेलको विकास र विस्तारका लागि तीन वर्षे सम्झौता भएको छ।

सम्झौता पत्रमा मार्सल आर्ट अर्गनाइजेसन नेपालका अध्यक्ष राजिव महर्जन र सिचुवान प्रान्त उसु संघका कार्यकारी निर्देशक तथा मिनयाँङ उसु संघका महासचिव ली किङ (Li Qing) ले हस्ताक्षर गरेका छन्। सम्झौता कार्यक्रममा मिनयाँङ नगरपालिकाका उपमेयर ली सिन् (Li Xin), मियाँङ उसु संघका उपाध्यक्ष द्वय लान लिमिन (Lan Limin) र जियाङ हुआ (Jiang Hua) उपस्थित थिए।

सम्झौता अनुसार नेपाल र चीन दुबै देशले उसु खेलको प्रवर्द्धन र विकासमा सहकार्य गर्ने, प्रत्येक वर्ष एक–अर्काको देशमा प्रतिनिधि टोली पठाई प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने, तथा खेल सम्बन्धी ज्ञान, दर्शन, प्रशिक्षण विज्ञान र खेलकुद चिकित्साजस्ता विषयमा विज्ञ र विद्वानबीच अनुभव आदान–प्रदान गर्ने उल्लेख गरिएको छ।

त्यस्तै, छोटो अवधिका लागि उत्कृष्ट प्रशिक्षकहरूको आदान–प्रदान र दीर्घकालीन तालिमका लागि आशाजनक खेलाडीहरूलाई छनोट गरी मियाँङ उसु संघले व्यावसायिक प्रशिक्षण स्रोत तथा प्राविधिक सहयोग उपलब्ध गराउने पनि सम्झौतामा उल्लेख छ।

सम्झौताअनुसार दुवै पक्षले चीन–नेपाल मैत्रीपूर्ण उसु प्रतियोगिता र अन्तर्राष्ट्रिय उसु प्रतियोगिताहरू पालैपालो आयोजना गर्ने, निर्णायक व्यवस्थापनमा सहकार्य गर्ने, साथै महत्वपूर्ण प्रतियोगिताहरूमा टोली पठाएर सहभागिता जनाउनेछन्।

यससँगै उसु खेललाई केवल खेलका रूपमा सीमित नगरी पर्यटन प्रवर्द्धनमा समेत जोड दिइने उल्लेख छ। ‘चिनियाँ कुङ फु रुट–सीकिङ टुर’ र ‘नेपाल जेन मार्सल आर्ट अभ्यास टुर’ जस्ता उसु पर्यटन कार्यक्रमहरू संचालन गरी विश्वभरका उसु उत्साहीहरूलाई आकर्षित गर्ने लक्ष्य लिइएको छ।

मार्सल आर्ट अर्गनाइजेसन नेपालका अध्यक्ष तथा काठमाडौं जेन्जी ट्रेडिसनल आर्चरी एण्ड मार्सलआर्ट अर्गनाइजेसनका सचिव राजिव महर्जनले यो सम्झौताले नेपालमा उसु खेलको विकासमा कोसेढुंगा सावित हुने र खेल पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो।

सिफारिस

नेपाल उसु महासंघले वैधानिकताबारे आधिकारिक धारणा सार्वजनिक

काठमाडौं — नेपाल उसु महासंघले पछिल्लो समय विभिन्न माध्यममा फैलिएका “असत्य, भ्रामक र गैर–तथ्यात्मक” सूचनाप्रति आपत्ति जनाउँदै आफ्नो वैधानिकता र नेतृत्वबारे आधिकारिक विज्ञप्ति सार्वजनिक...

उपरथीमा विशेष बढुवा भएका भण्डारीलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं - नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार उपरथी पदमा विशेष बढुवा भएका सहायक रथी कृष्ण प्रसाद भण्डारीलाई प्रधान सेनापति महारथी अशोक राज सिग्देलले उपरथी दर्जाको...

ड्रोन भ्यूमा पोखरा पुम्दिकोटको मनमोहक दृश्य (तस्वीरहरू)

पुम्दिकोट पोखरा महानगरपालिकाको वडा नम्बर २२ मा अवस्थित एक पर्यटकीय स्थल हो। यहाँ रहेको ५२ फिट अग्लो शिव मूर्ति मुख्य आकर्षणका रूपमा रहेको छ...

भर्खरै

उपरथीमा विशेष बढुवा भएका भण्डारीलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं - नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार उपरथी पदमा विशेष...

ड्रोन भ्यूमा पोखरा पुम्दिकोटको मनमोहक दृश्य (तस्वीरहरू)

पुम्दिकोट पोखरा महानगरपालिकाको वडा नम्बर २२ मा अवस्थित एक...

सन्चारकर्मी शिरोमणि दवाडीलाई ‘राष्ट्रिय सृजनशील सञ्चारकर्मी सम्मान’

काठमाडौं- ओप्सना फिल्मस् प्रालिको आयोजना मा दोस्रो ‘ओप्सना फिल्म...

 दुर्गा प्रसाईले गर्ने भनेको नेपाल बन्द फिर्ता

काठमाडौं —  नेपाल सरकार र दुर्गा प्रसाई नेतृत्वको  राष्ट्र,...

मार्क वाटको शतकमा कर्णालीको सहज जित

प्रारम्भिक ब्याटर मार्क वार्टको शतकमा कर्णाली याक्सले सिद्धार्थ बैक...

ढाका टोपीमा सजिएर कीर्तिपुरमा एनपिएल हेर्न पुगेका दर्शक (तस्वीरहरू)

काठमाडौँ- कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर...

धेरै पढिएको