आज विश्व अकुपञ्चर दिवस: के भन्छन् नेपालकै पहिलो अकुपञ्चर चिकित्सक डा. सुरज ?

काठमाडौँ – आज नोभेम्बर २२ अर्थात् विश्व अकुपञ्चर दिवस नेपालमा विभिन्न कार्यक्रमहरुको आयोजना गरी मनाईदैछ । ब्राजिलमा सन २०११ मा भएको फ्रेन्च कमिसन अफ वल्र्ड फेडेरेसन अफ अकुपञ्चर मोक्सिबुसन सम्बन्धी वैज्ञानिकको सम्मेलनले नोभेम्बर २२ लाई विश्व अकुपञ्चर दिवस मनाउने निर्णय गरेको थियो । त्यस यता अन्य देशहरुमा यो दिवस मनाउन थालिएको भए पनि नेपालमा भने यो दिवस मनाउने गरिएको थिएन ।

बि. सं. २०७९ मंसीर ६ गते अर्थात् सन् २०२२ नोभेम्बर २२ को दिन आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले काठमाडौंमा विश्व अकुपञ्चर दिवस मनाएपछि यसले नेपालमा विश्व अकुपञ्चर दिवस मनाउन सुरुवात भएको थियो । यस वर्ष पनि बिभागले “अकुपञ्चर चिकित्सा आजको आवश्यकता” नारासहित विश्व अकुपञ्चर दिवस २०८२ मनाउन लागेको जनाएको छ ।

अकुपञ्चर चिकित्सा विश्व स्वास्थ्य संगठनबाट मान्यता प्राप्त चिकित्सा बिधी हो । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा झण्डै ४० लाख देखि ५० लाख अकुपञ्चरका दक्ष जनशक्ति रहेको, अहिले विश्वका १९० भन्दा बढी राष्ट्रहरुमा अकुपञ्चर सेवा विस्तार भएको तथा अकुपञ्चरबाट उपचार गरिने रोग तथा स्वास्थ्य समस्याहरु झण्डै ३०० भन्दा बढी पुगिसकेको छ ।

अकुपञ्चरमा विशेषज्ञता (एमडी) हासिल गर्ने नेपालको पहिलो चिकित्सक तथा ब्लु लोटस हस्पिटलका मेडिकल डाइरेक्टर डा. सुरज कर्मचार्यले विश्व अकुपञ्चर दिवसको शुभकामना दिंदै “नेपालमा जसरी सरकारी तहबाट अकुपञ्चरको प्रबर्द्दन हुनु पर्ने थियो त्यो स्तरमा हुन सकेको बताएका छन्।

”जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा अकुपञ्चर सहायकस्तरका जनशक्तिबाट अकुपञ्चरको सेवा दिन सुरु गरि पनि त्यो प्रभावकारी रुपमा काम हुन् सकेको छैन। आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागमा प्राकृतिक तथा अकुपञ्चर चिकित्सा शाखा स्थापना गरेर केही कामको सुरुवात गरेको छ ।” कर्मचार्यले भने।

सरकारीस्तरबाट अपेक्षित प्रवर्धन हुन नसके पनि निजी सतरबाट ब्लु लोटस हस्पिटलले अकुपञ्चरको गुणस्तरीय र विशेषज्ञ सेवा त्रिपुरेश्वर, सातदोबाटो, चुच्चेपाटी र भक्तपुरबाट दिइ राखेको उनले बताए । नेपालमा केही हस्पिटल र नीजिस्तरमा पनि थुप्रै अकुपञ्चर क्लिनिकहरु सञ्चालनमा रहे पनि सबै तिर अकुपञ्चरको विशेषज्ञ सेवा पाउन नसक्नु बिडम्बना हो”– उनले भने।

नेपालका सबै जिल्ला र विदेशबाट समेत अकुपञ्चरको लागि आफ्नो हस्पिटलमा आएको बताउँदै उनले भने, ब्लु लोटसमा अकुपञ्चरको सवै सेवा विशेषज्ञबाट पाईन्छ भनेर पनि हुन सक्छ अकुपञ्चर लिन आउने बिरामीको संख्या हरेक वर्ष दोब्बर हुँदै गएको पाएको छु । हामीले निजी क्षेत्रबाट झन्डै १५ वर्षदेखि अकुपञ्चरको विशेषज्ञ सेवा दिईराखेका छौँ भने सरकारले नसक्ने भन्ने हुँदैन ।

विशेषः गरेर नसा सँग सम्बन्धित समस्या, दुखाई सम्बन्धि समस्या, वाथ रोग, महिनावारीको दुखाई, अनिद्रा, माइग्रेन, नसाको कारण हुने पिसाबको समस्या, प्यारालाइसिस जस्ता स्वास्थ्य समस्या तथा शरीरमा रोपप्रतिरोधी क्षमता बृद्धि गर्न समेत अकुपञ्चर प्रभावकारी हुने उनले बताए ।

त्यस्तै नेपालमा अकुपञ्चरको क्षेत्रमा सक्षम र दक्ष जनशक्तिको अभाव रहे पनि अझै अकुपञ्चरको क्षेत्रमा दक्ष विदेशी चिकित्सकलाई आकर्षित गर्न नसकिएको, सरकारी र निजी क्षेत्र बीच समन्वयको हुन नसकेको, अनुगमन, मुल्याङ्कन र नियमनको अभाव रहेको, अकुपञ्चर सम्बन्धी प्रचारप्रसार र जनचेतनाको अभाव रहेको, एलोप्याथी र अकुपञ्चर बीच सहकार्य हुन नसकेको, अकुपञ्चर सबन्धी मालप्राक्टिस नियन्त्रण हुन नसकेको जस्ता समस्या रहेको ब्लु लोटस हेल्थ होमका प्रबन्ध निर्देशक बद्रीबहादुर कार्कीले बताए ।

सिफारिस

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज सिग्देलले बडादसैँ २०८३ को अवसरमा आयोजना हुने फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण गरेका छन्। नेपाली सेनाले...

भर्खरै

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को...

धेरै पढिएको