टी–२० कोशी प्राइड लिग फागुनमा, यी हुन् सात टिमका मालिक

काठमाडौं – कोशी प्राइड प्रा.लीले तेस्रो संस्करणको टी–२० कोशी प्राइड लिग (केपिएल) फागुनमा आयोजना गर्ने भएको छ । आइतबार काठमाडौंको दरबारमार्गस्थित होटल रोयल सिंगीमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिता ९ देखि २१ फागुनसम्म सुनसरीमा हुने जानकारी गराइयो ।

प्रतियोगितालाई नेपाल क्रिकेट संघ (क्यान) ले स्विकृत दिएको छ भने कोशी प्रदेश क्रिकेट संघले प्राविधिक सहयोग गर्नेछ । केपिएलका निर्देशक अफजल हुसैनले प्रतियोगितामा सात टिमको सहभागिता रहने बताए । उनले पत्रकारसम्मेलनमार्फन नै टिमका मालिक पनि घोषणा गरेका छन् ।

प्रतियोगिताको लागि नमुना ब्लास्टर्स, इटहरी आदर्श जायन्ट्स, विर्तामोड हिट्स, पुर्वेली सुपर किंग्स, एभरेष्ट थन्डर्स, बिएन कोशी अर्नास र गोर्खा एभेन्जर्स सहभागी हुँदैछन् ।

नमुना ब्लास्टर्सको मालिकमा धर्म न्यौपाने, इटहरी आदर्श जायन्ट्सको कल्पित ढकाल, विर्तामोड हिट्सको मालिक अनुराग प्रमानिक तथा प्रतिनिधिमा जीवनकुमार यादव छन् । त्यस्तै, पुर्वेली सुपर किंग्सको मालिकमा संजोक राणा, महेन्द्र मैनाली, सन्तोष तिमल्सिना, रविन विष्ट र सन्देश सिंदेल छन् ।

एभरेष्ट थन्डर्सको मालिक आकाश खड्का हुन् । बिएन कोशी अर्नासको मार्कीमा मोहम्मद सेराज अन्सारी तथा गोर्खा एभेन्जर्सबाट विजय खड्का, पुजन बाबु भट्टराई, किरण खड्का, अमर्दीप सापकोटा र रघुनाथ सापकोटा मालिक रहेका छन् ।

प्रतियोगिताको लागि एक टोलीमा १८ खेलाडी राख्नै पर्ने नियम रहेको छ । जसमा एक मार्की, एक आइकोनिक, तीन जना ड्राफ (जो राष्ट्रिय टिमका हुनेछन्), क्याटगोरी ‘ए’ का तीन, क्याटगोरी ‘बी’ का दुई तथा क्याटगोरी ‘सी’ का एक खेलाडी रहनेछन् ।

केपिएलका निर्देशक अफजल हुसैनले केपिएल आयोजनासँगै कोशी प्रदेश क्रिकेटको विकास र ग्रासरुट कार्यक्रम अझै प्रभावकारी हुने आशा गरे । उनले यही प्रतियोगितामार्फत राष्ट्रिय टिम तथा एनपिएलको लागि नयाँ–नयाँ खेलाडी उत्पादन हुनेमा आफू आशावादी रहेको बताए । ‘केपिएल आयोजनासँगै कोशी प्रदेश क्रिकेटको विकास र ग्रासरुट कार्यक्रम अझै प्रभावकारी हुनेमा आशावादी छु । यही प्रतियोगिताबाट नेपालीहरुको सपना बनेको नेपाल प्रिमियर लिग (एनपिएल) र नेपालको उमेर समूह तथा राष्ट्रिय टिमको लागि नयाँ–नयाँ खेलाडीहरु उत्पादन हुनेमा विश्वस्त छु ।’

आयोजक कोशी प्राइड प्रा.लीले चाडै प्रतियोगिताको अक्सन मिति घोषणा गर्ने पनि बताएको छ । अक्सनका लागि आयोजकले खुल्ला खेलाडी दर्ता प्रक्रिया सुरु गरिसकेको छ । खेलाडीले आफ्नो नाम दर्ता माइपे एपबाट गर्न सक्नेछन् । अक्सनमा क्याटगोरी क्याटगोरी ‘ए’ को मुल्य न्युनतम ४५ देखि ६५ हजारसम्म, क्याटगोरी ‘बी’ को लागि २५ देखि ४५ हजारसम्म तथा क्याटगोरी ‘सी’ को मुल्य पाँच हजारदेखि २५ हजारसम्म तोकिएको छ ।

प्रतियोगिताका मुख्य अतिथि क्यानका सचिव पारस खड्काले कोशी प्राइड लिग भव्य सफलताको लागि शुभकामना दिए । ‘घरेलु क्रिकेटलाई व्यवसायिक बनाउन यस्तो प्रतियोगिता हुनु राम्रो कुरा हो । कोशी प्राइड लिग तेस्रो संस्करण हुँदैछ । त्यसको लागि टिमलाई शुभकामना छ,’ सचिव खड्काले भने, ‘आफैले निजि मैदानलाई परिपक्क बनाएर प्रतियोगिता गर्दै हुनुहुन्छ । कोशी प्राइड लिग हुँदा अन्य प्रदेशलाई पनि यस्तै बिगेस्ट लिग गर्न अवसर छ ।’

प्रतियोगिताको संयोजक गोविन्द पौडेलले कोशी प्राइड लिग क्रिकेट प्रतियोगिता मात्र नभई युवा प्रतिभाको पाहिचान गर्ने स्थलो भएको र यसले नेपाली क्रिकेट विकासमा मद्धत गर्ने धारणा राखे ।

सुनसरी जिल्ला क्रिकेट संघका अध्यक्ष तथा टेक्निकल हेड चेतनाथ पौडेलले कोशीले क्यान निलम्बन हुँदा पनि प्रतियोगिता आायोजना गर्दै आएको र यो लिगले खेलाडीको क्षमता बढाउन सहयोग पुग्ने बताएका छन् । ‘हामीले लामो समय देखि कोशीमा विभिन्न प्रतियोगिता गर्दै आइरहेका छौं । क्यान निलम्बन हँुदा समेत सुनसरीमा लिग गर्न सफल भएको थियौ । कोशीमै गतिलो मैदान नहुँदा कोशी प्राइड लिग हुनु सुखद् हो । यसले खेलाडीलाई सुसज्जित बनाउन तथा ब्यक्तिगत क्षमता बढाउन सहयोग गर्नेछ ।

झापा जिल्ला क्रिकेट संघका अध्यक्ष प्रबिन थापाले एनपिएलको चर्चापछि धेरै स्थानीय लिग सुरु हुँदै गएको बताए । उनले एनपिएलमा खेल्न नपाएका खेलाडीको लागि यो प्रतियोगितामा क्षमता देखाउने माध्यम भएको बताएका छन् । ‘दोस्रो एनपिएल भर्खरै सम्पन्न भएको छ । एनपिएलको चर्चा पछि धेरै प्रतियोगिता भएका छन् । निरन्तर गर्न सक्नु नै ठूलो कुरा हो । कोशी प्राइड लिग प्रतियोगिता एनपिएलमा सहभागी नभएका खेलाडीकोलाई मौका समेत हो ।’

सिफारिस

काठमाडौं ल्याइयो युक्तको पार्थिव शरीर , विमानस्थलमा भावुक बने आफन्त (तस्वीरहरू)

काठमाडौं । पर्वतारोहणका क्रममा निधन भएका नेपाली पर्वतारोही युक्त गुरुङको पार्थिव शरीर स्वदेश ल्याइएको छ। बिहीबार कतार एयरवेजको उडानमार्फत गुरुङको पार्थिव शरीर त्रिभुवन अन्तर्राष्ट्रिय...

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१ नागपोखरी क्षेत्रमा सञ्चालन गरेको विशेष अपरेशनमा २९६.७५ ग्राम खैरो हेरोइनसहित चार जनालाई पक्राउ गरेको छ।...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन ए साइड खुल्ला फुटसल प्रतियोगिता’को उपाधि मेन्टेन एफसीले जितेको छ। बुढानीलकण्ठस्थित कपन स्पोर्ट्स सेन्टरमा सम्पन्न रोमाञ्चक...

भर्खरै

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन...

पर्यटन प्रवर्द्धनका लागि राष्ट्रिय फोटो पत्रकार समूह सल्यानको ‘क्लिक सल्यान’ अभियान

सल्यान - जिल्लाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले राष्ट्रिय फोटो...

को हुन् निर्मल पुर्जा, जो ब्रड पिक हिमपहिरोमा अस्ताए ?

काठमाडौं - विश्व कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स...

नेपाल एकीकरणका सेनापति अमरसिंह थापाको स्मृतिमा श्रद्धाञ्जली सभा (तस्वीरहरू)

नेपाल एकीकरण अभियानका प्रमुख सेनापति तथा राष्ट्रिय विभूति बडाकाजी...

गृहमन्त्री र स्वास्थ्यमन्त्रीको उपस्थितिमा देवानगञ्ज घटनामा सहमति

काठमाडौं - सुनसरीको देवानगञ्ज गाउँपालिका–३, काशानगरमा साउन १० गते...

धेरै पढिएको