राष्ट्रिय सेवा दलको तालिम देशभर शुभारम्भ, ६ हजार ६३० विद्यार्थी सहभागी

काठमाडौं — राष्ट्रिय सेवा दलले देशभरका २२१ विद्यालयमा अध्ययनरत ६ हजार ६३० छात्रछात्रालाई समेट्दै जुनियर डिभिजन राष्ट्रिय सेवा दल (एनसीसी) तालिम सुरु गरेको छ।

सोमबारदेखि शुभारम्भ भएको उक्त तालिम दुई चरणमा सञ्चालन गरिने राष्ट्रिय सेवा दलले जनाएको छ। पहिलो चरणअन्तर्गत विद्यालयमै संस्थागत तालिम सञ्चालन हुनेछ भने दोस्रो चरणमा वार्षिक सामूहिक क्याम्प आयोजना गरिनेछ।

राष्ट्रिय सेवा दलका अनुसार आगामी भदौ महिनादेखि ३६ विद्यालयका १ हजार ८० विद्यार्थीलाई समेटेर सिनियर डिभिजन तालिम सञ्चालन गर्ने योजना पनि रहेको छ।

तालिममा सैनिक कला, विपद् जोखिम न्यूनीकरण, नेतृत्व तथा व्यक्तित्व विकास, सामाजिक उत्तरदायित्व, अनुशासनलगायत विषयमा सैद्धान्तिक तथा व्यवहारिक ज्ञान प्रदान गरिनेछ। यसबाट विद्यार्थीमा नेतृत्व क्षमता, अनुशासन तथा राष्ट्रप्रतिको जिम्मेवारीबोध विकास हुने अपेक्षा गरिएको छ।

वि.सं. २०२२ सालमा स्थापना भएको राष्ट्रिय सेवा दलले स्थापनाकालदेखि हालसम्म ८९ हजार ८९४ जनालाई जुनियर तथा सिनियर डिभिजन तालिम प्रदान गरिसकेको छ। तालिम प्राप्त व्यक्तिहरू केन्द्र, प्रदेश तथा जिल्ला तहसम्मका एलुम्नाइ एसोसिएसनमा आबद्ध भई विभिन्न सामाजिक तथा राष्ट्रिय गतिविधिमा सक्रिय रूपमा सहभागी हुँदै आएका छन्।

राष्ट्रिय सेवा दलले युवापुस्तामा अनुशासन, नेतृत्व, सेवा भावना तथा राष्ट्रप्रेमको विकास गर्दै सक्षम नागरिक उत्पादनमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको जनाएको छ।

सिफारिस

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज सिग्देलले बडादसैँ २०८३ को अवसरमा आयोजना हुने फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण गरेका छन्। नेपाली सेनाले...

भर्खरै

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को...

धेरै पढिएको