विश्वकप फाइनलमा हारपछि भावुक बने मेस्सी

काठमाडौं । फिफा विश्वकप २०२६ को फाइनलमा स्पेनसँग अतिरिक्त समयमा १–० ले पराजित भएपछि अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी भावुक बनेका छन् । उपविजेताको पदक ग्रहण गरिरहँदा मेस्सीका आँखामा आँसु देखिएपछि अर्जेन्टिना फुटबल संघ (एएफए) ले उनलाई भावुक सन्देशमार्फत सम्मान प्रकट गरेको छ ।

अमेरिकाको न्यु जर्सीस्थित न्युयोर्क–न्यु जर्सी स्टेडियममा सम्पन्न फाइनलमा स्पेनले अतिरिक्त समयको १०६औँ मिनेटमा फेरान टोरेसको निर्णायक गोलसँगै लगातार उत्कृष्ट प्रदर्शनलाई उपाधिमा परिणत गर्यो । यससँगै अर्जेन्टिनाको लगातार दोस्रो विश्वकप जित्ने सपना अधुरै रह्यो ।

हारपछि सामाजिक सञ्जाल एक्समार्फत एएफएले मेस्सीप्रति कृतज्ञता व्यक्त गर्दै लेखेको छ, ‘तपाईंका आँसु हाम्रा पनि हुन्, कप्तान । तपाईंले हामीलाई जीवनकै सबैभन्दा ठूलो खुसी दिनुभयो । तपाईंको समर्पण, जादुई खेल र अन्तिम क्षणसम्मको संघर्षका लागि धन्यवाद । हामी तपाईंलाई सधैं माया गर्नेछौं, लियो ।’

यो हारसँगै अर्जेन्टिनाको एक गौरवपूर्ण युगको पनि अन्त्य भएको मानिएको छ । मेस्सीको नेतृत्वमा अर्जेन्टिनाले सन् २०२१ र २०२४ मा कोपा अमेरिका तथा सन् २०२२ मा विश्वकप उपाधि जितेको थियो ।

फाइनलमा स्पेनका लागि वैकल्पिक खेलाडी फेरान टोरेस नायक बने । उनले १०६औँ मिनेटमा एमिलियानो मार्टिनेजलाई कुनै अवसर नदिई शक्तिशाली प्रहारमार्फत विजयी गोल गरे । टोरेस विश्वकप फाइनलमा वैकल्पिक खेलाडीका रूपमा गोल गर्ने इतिहासका पाँचौँ खेलाडी बने भने सन् २०१४ मा मारियो गोट्जेपछि यस्तो उपलब्धि हासिल गर्ने पहिलो खेलाडी पनि बने । उनी सन् २०१० मा एन्ड्रेस इनिएस्टापछि विश्वकप फाइनलमा गोल गर्ने दोस्रो बार्सिलोना खेलाडीसमेत बने ।

स्पेनले यो जितसँगै पुरुष विश्वकपको दोस्रो उपाधि जित्यो । सन् २०१० मा पहिलो पटक विश्वविजेता बनेको स्पेनले यसअघि जितेको युरो २०२४ को उपाधिसँगै युरोप र विश्वकप दुवैको च्याम्पियन बन्न सफल भएको छ ।

१९ वर्षीय लामिन यामालका लागि यो करियरकै सबैभन्दा ठूलो उपलब्धि बनेको छ । प्रतियोगितामा उनले एक गोल मात्र गरे पनि स्पेनको सफलता सामूहिक प्रदर्शनमा आधारित रह्यो । मिडफिल्डमा रोड्रीले खेल नियन्त्रण गरे, मिकेल ओयार्जाबाल पाँच गोलसहित उत्कृष्ट गोलकर्तामध्ये एक बने भने गोलकिपर उनाइ सिमोन उत्कृष्ट प्रदर्शनका कारण ‘गोल्डेन ग्लोभ’ जित्न सफल भए ।

सम्पूर्ण प्रतियोगितामा स्पेन अपराजित रह्यो । समूह चरणमा केप भर्डेसँग गोलरहित बराबरी खेलेको स्पेनले त्यसपछि साउदी अरेबियालाई ४–०, उरुग्वेलाई १–० ले हरायो । त्यसपछि नकआउट चरणमा अस्ट्रियालाई ३–०, पोर्चुगललाई १–०, बेल्जियमलाई २–१ र फ्रान्सलाई २–० ले पराजित गर्दै फाइनल पुगेको थियो ।

फाइनलमा स्पेनले बल नियन्त्रणमा पूर्ण दबाब कायम राख्दै अर्जेन्टिनालाई केवल एक पटक मात्र लक्ष्यमा प्रहार गर्ने अवसर दियो । स्पेनले भने १२ पटक लक्ष्यतर्फ प्रहार गर्यो । अतिरिक्त समयमा एन्जो फर्नान्डेज दोस्रो पहेंलो कार्ड पाएपछि रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि १० खेलाडीमा सीमित अर्जेन्टिनामाथि स्पेनले सहज नियन्त्रण कायम राख्दै विश्वकप उपाधि आफ्नो नाममा गरेको हो । एएनआई

सिफारिस

हनुमानढोकामा सामूहिक कुमारी पूजा (तस्वीरहरू)

काठमाडौं - इन्द्रजात्राको दोस्रो दिन काठमाडौंको हनुमानढोका दरबार क्षेत्रमा सामूहिक कुमारी पूजा गरिएको छ। पास्नी गरिसकेका तर ईही (बेल विवाह) नगरेका २ देखि ८ वर्ष...

विराटनगर किङ्सको ‘ड्रिम टु प्ले’ टी-२० क्रिकेट प्रतियोगिताको उपाधि उदयपुरलाई

नेपाल प्रिमियर लिगको फ्रेन्चाइज टोली विराटनगर किङ्स र कोशी प्रदेश क्रिकेट संघको संयुक्त आयोजनामा विराटनगरमा सम्पन्न ‘ड्रिम टु प्ले’ यू–२३ टी-२० क्रिकेट प्रतियोगिताको उपाधि...

हनुमानढोकामा इन्द्रजात्राको रौनक (तस्वीरहरू)

काठमाडौं — काठमाडौंको बसन्तपुरस्थित हनुमानढोका अगाडि बुधबार इन्द्रध्वजासहितको लिङ्गो ठड्याएसँगै काठमाडौं उपत्यकाको प्रमुख सांस्कृतिक पर्व इन्द्रजात्रा विधिवत् सुरु भएको छ। भाद्र शुक्ल द्वादशीका दिनदेखि आठ...

भर्खरै

विराटनगर किङ्सको ‘ड्रिम टु प्ले’ टी-२० क्रिकेट प्रतियोगिताको उपाधि उदयपुरलाई

नेपाल प्रिमियर लिगको फ्रेन्चाइज टोली विराटनगर किङ्स र कोशी...

हनुमानढोकामा इन्द्रजात्राको रौनक (तस्वीरहरू)

काठमाडौं — काठमाडौंको बसन्तपुरस्थित हनुमानढोका अगाडि बुधबार इन्द्रध्वजासहितको लिङ्गो...

प्रधान सेनापतिद्वारा बढुवा भएका ४ उच्च सैनिक अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौं -— नेपाली सेनाका प्रधान सेनापति महारथी श्री अशोक...

हिमालदेखि जापानसम्मः नेपाली–जापानी फ्युजन परिकारमा शेफ भोलबहादुरको नयाँ प्रयोग

काठमाडौं - नेपाली मौलिक परिकार र जापानी पाककलाको दर्शनलाई...

प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी (तस्वीरहरू)

ताप्लेजुङ र पाँचथर जिल्लाको सिमानामा समुद्री सतहबाट करिब ४,३००...

मिसेस नेपाल वर्ल्ड २०२६ : २२ सुन्दरी फिनालेका लागि तयार (तस्वीरहरू)

काठमाडौं - विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड...

धेरै पढिएको