प्रहरी दिवसको अवसरमा सुरेश उदास सम्मानित

रामेछाप । ‘समुदाय प्रहरी साझेदारी’ कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा उल्लेख्य भूमिका निर्वाह गरेका मन्थलीका युवा व्यवसायी सुरेश उदासलाई नेपाल प्रहरीले कदर पत्र सहित सम्मान गरेको छ ।

प्रहरी दिवस २०७७ का अवसरमा शुक्रबार जिल्ला प्रहरी कार्यालय रामेछापमा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रुद्रादेवि शर्माले उदासलाई प्रहरी प्रधान कार्यालयद्वारा प्रदान गरीएको कदर प्रत्र हस्तान्तरण गरेकी हुन ।
समुदाय प्रहरी साझेदारी कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा उदासबाट सक्रिय सहभागिता, सहकार्य एवं सृजनशीलताको उच्च मूल्यांङ्कन गर्दै उदर पत्र प्रदान गरीएको कदर पत्रमा उल्लेख छ ।
शान्तिदिप युवा क्लब , सामुदायिक प्रहरी सेवा केन्द्र, रामेछाप उद्योग वाणिज्य संघ र देवकोटाचोक टोल विकास संस्थामा विभिन्न पदमा रहेर उदासले वजार सरसफाई, असक्तलाई सहयोग, शान्ति सुरक्षा, कोभिड– १९ को प्रचार प्रसार, खेलकुद लगाएतका सामाजिक कार्यमा उल्लेख्य कार्य गर्दै आइरहेका छन् । उनी आईएमई मनि ट्रान्सफर को व्यवसाय गर्दै आएका छन् ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरिक्षक बसन्त पाठकको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रजिअ शर्माले युवा अवस्थामा सामाजिक कार्यमा उत्कृष्ठ योगदान गरेको भन्दै प्रहरी प्रधान कार्यालयले उदासको उच्च मूल्यांकन गरेको वताईन । उनले समुदाय र प्रहरीको सहकार्यमा समाजमा शान्ति सुरक्षा अमनचयन र सामाजिक कार्य गर्न सकिने थुप्रै उदाहरण रहेको वताईन ।

सिफारिस

काठमाडौं ल्याइयो युक्तको पार्थिव शरीर , विमानस्थलमा भावुक बने आफन्त (तस्वीरहरू)

काठमाडौं । पर्वतारोहणका क्रममा निधन भएका नेपाली पर्वतारोही युक्त गुरुङको पार्थिव शरीर स्वदेश ल्याइएको छ। बिहीबार कतार एयरवेजको उडानमार्फत गुरुङको पार्थिव शरीर त्रिभुवन अन्तर्राष्ट्रिय...

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१ नागपोखरी क्षेत्रमा सञ्चालन गरेको विशेष अपरेशनमा २९६.७५ ग्राम खैरो हेरोइनसहित चार जनालाई पक्राउ गरेको छ।...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन ए साइड खुल्ला फुटसल प्रतियोगिता’को उपाधि मेन्टेन एफसीले जितेको छ। बुढानीलकण्ठस्थित कपन स्पोर्ट्स सेन्टरमा सम्पन्न रोमाञ्चक...

भर्खरै

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन...

पर्यटन प्रवर्द्धनका लागि राष्ट्रिय फोटो पत्रकार समूह सल्यानको ‘क्लिक सल्यान’ अभियान

सल्यान - जिल्लाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले राष्ट्रिय फोटो...

को हुन् निर्मल पुर्जा, जो ब्रड पिक हिमपहिरोमा अस्ताए ?

काठमाडौं - विश्व कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स...

नेपाल एकीकरणका सेनापति अमरसिंह थापाको स्मृतिमा श्रद्धाञ्जली सभा (तस्वीरहरू)

नेपाल एकीकरण अभियानका प्रमुख सेनापति तथा राष्ट्रिय विभूति बडाकाजी...

गृहमन्त्री र स्वास्थ्यमन्त्रीको उपस्थितिमा देवानगञ्ज घटनामा सहमति

काठमाडौं - सुनसरीको देवानगञ्ज गाउँपालिका–३, काशानगरमा साउन १० गते...

धेरै पढिएको