रामेछाप । ‘समुदाय प्रहरी साझेदारी’ कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा उल्लेख्य भूमिका निर्वाह गरेका मन्थलीका युवा व्यवसायी सुरेश उदासलाई नेपाल प्रहरीले कदर पत्र सहित सम्मान गरेको छ ।

प्रहरी दिवस २०७७ का अवसरमा शुक्रबार जिल्ला प्रहरी कार्यालय रामेछापमा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रुद्रादेवि शर्माले उदासलाई प्रहरी प्रधान कार्यालयद्वारा प्रदान गरीएको कदर प्रत्र हस्तान्तरण गरेकी हुन ।
समुदाय प्रहरी साझेदारी कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा उदासबाट सक्रिय सहभागिता, सहकार्य एवं सृजनशीलताको उच्च मूल्यांङ्कन गर्दै उदर पत्र प्रदान गरीएको कदर पत्रमा उल्लेख छ ।
शान्तिदिप युवा क्लब , सामुदायिक प्रहरी सेवा केन्द्र, रामेछाप उद्योग वाणिज्य संघ र देवकोटाचोक टोल विकास संस्थामा विभिन्न पदमा रहेर उदासले वजार सरसफाई, असक्तलाई सहयोग, शान्ति सुरक्षा, कोभिड– १९ को प्रचार प्रसार, खेलकुद लगाएतका सामाजिक कार्यमा उल्लेख्य कार्य गर्दै आइरहेका छन् । उनी आईएमई मनि ट्रान्सफर को व्यवसाय गर्दै आएका छन् ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरिक्षक बसन्त पाठकको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रजिअ शर्माले युवा अवस्थामा सामाजिक कार्यमा उत्कृष्ठ योगदान गरेको भन्दै प्रहरी प्रधान कार्यालयले उदासको उच्च मूल्यांकन गरेको वताईन । उनले समुदाय र प्रहरीको सहकार्यमा समाजमा शान्ति सुरक्षा अमनचयन र सामाजिक कार्य गर्न सकिने थुप्रै उदाहरण रहेको वताईन ।
प्रहरी दिवसको अवसरमा सुरेश उदास सम्मानित
सिफारिस
पशुपतिनाथ मन्दिर परिसरमा शतबीज छर्नेको भिड (तस्वीरहरू)
प्रत्येक वर्ष मार्गशीर्षकृष्ण चतुर्दशीका दिन आज बिहान शतबीज छरी मनाइने बालाचतुर्दशी पर्व आज मनाइएको छ । आजको दिन पशुपतिनाथसहित देशभरका शिवालय परिसरमा दिवंगत पितृको...
कर्णालीलाई चितवनले ४ विकेटले हरायो (तस्वीरहरू)
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो खेलमा कर्णाली याक्सलाई चितवन राइनोजले ४ विकेटले पराजित गरेको छ ।
टस हारेर पहिला व्याटिङ गरेको कर्णालीले...
एनपिएल: आज पनि र्कीतिपुरमा खेल हेर्नको भिड (तस्वीरहरू)
काठमाडौं - दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) आज दुई खेल भइरहेका छन्। चारवटै टोलीमा विदेशी खेलाडीको सहभागिताले र्कीतिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तरराष्ट्रिय क्रिकेट मैदानभित्र...
भर्खरै
कर्णालीलाई चितवनले ४ विकेटले हरायो (तस्वीरहरू)
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो खेलमा...
एनपिएल: आज पनि र्कीतिपुरमा खेल हेर्नको भिड (तस्वीरहरू)
काठमाडौं - दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) आज...
फ्लड लाइटको उज्यालोमा एनपीएल हेर्न झुम्मिएका दर्शक (तस्वीरहरू)
मौसम चिसिदै गएको मंसिरको प्रारम्भमा सुरु भएको नेपाल प्रिमियर...
एनपिएल : उद्घाटन खेलमा जनकपुरविरुद काठमाडौंको जित
काठमाडौं - दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा...
सुदूरपश्चिबाट एनपीएल खेल्ने क्रिस लिन नेपाल आइपुगे
काठमाडौँ - सुदूरपश्चिम रोयल्सबाट दोस्रो संस्करणको नेपाल प्रिमियर लिग...
फ्लड लाइटमा यस्तो देखियो त्रिवि क्रिकेट रंगाशाला (तस्वीरहरू)
काठमाडौँ - सहरी विकास मन्त्रालय अन्तर्गतको संघीय सचिवालय निमार्ण...
