‘मिसेस नेपाल वर्ल्ड २०२६’ को स्पोर्ट्स डे सम्पन्न: टोली ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

​काठमाडौँ — रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ अन्तर्गतको ‘स्पोर्ट्स डे’ विविध खेलकुद प्रतियोगिताहरूसहित भव्य रूपमा सम्पन्न भएको छ। ‘व्हिस्पर’को प्रस्तुति, ‘अर्ना इनर्जी ड्रिंक’ पावार्ड बाइ र ‘निभिया’ सह-प्रायोजक रहेको यस कार्यक्रममा प्रतिस्पर्धीहरूले आफ्नो खेलकौशल र शारीरिक क्षमता प्रदर्शन गरेका थिए।

​प्रतियोगितामा क्रिकेट, रनिङ, स्किपिङ, ब्लाइन्ड थ्रो, फुटबल पेनाल्टी र बास्केटबल गरी ६ वटा विधामा रोमाञ्चक प्रतिस्पर्धा गराइएको थियो। स्पोर्ट्स डेको मुख्य आकर्षण क्रिकेट म्याचमा प्रतिस्पर्धीहरूलाई ‘लालीगुराँस’ र ‘डाँफे’ गरी दुई टोलीमा विभाजन गरिएको थियो।

​प्रतिस्पर्धीहरूको हौसला बढाउन नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीका स्टार खेलाडीहरू बिन्दु रावल, कविता कुँवर, सोनी पाख्रिन, मनिषा उपाध्याय र रिया शर्मासमेत मैदानमा उत्रिएका थिए। प्रतिस्पर्धात्मक खेलमा उत्कृष्ट प्रदर्शन गर्दै टोली ‘डाँफे’ विजेता बन्न सफल भयो। क्रिकेटतर्फ अञ्जु परियार ‘बेस्ट प्लेयर’, नेहा गुप्ता ‘बेस्ट ब्याटर’ र मोनिका तामाङ ‘बेस्ट फिल्डर’ घोषित भए।

​त्यस्तै अन्य विधातर्फ रनिङ (दौड) मा सन्ध्या लामा प्रथम, अञ्जु परियार दोस्रो र शिल्पा न्यौपाने तेस्रो स्थान हासिल गर्न सफल रहे। स्किपिङमा प्रियशिखा खड्का तथा ब्लाइन्ड थ्रोमा नेहा गुप्ताले उपाधि चुमे। यस्तै फुटबल पेनाल्टी सुट र बास्केटबल दुवै विधामा बिन्दु थापा राणाले दोहोरो जित हात पार्दै आफ्नो दबदबा कायम गरिन्।

​सुन्दरीहरूले सौन्दर्य र बौद्धिकताका साथै खेलकुदमा पनि आफूलाई उत्कृष्ट रूपमा प्रस्तुत गरेका थिए। आयोजक रिबन इन्टरटेनमेन्टका अनुसार यस्ता अतिरिक्त गतिविधिहरूले प्रतियोगीहरूमा आत्मविश्वास, टोली भावना र शारीरिक फिट्नेस अभिवृद्धि गर्न ठूलो सहयोग पुर्‍याउनेछ।

सिफारिस

बर्दिबासमा रक्षा संवाददाता अभिमुखीकरण : २१ सञ्चारकर्मीलाई प्रमाणपत्र प्रदान

बर्दिबास - नेपाली सेनाको श्री मध्य पूर्वी पृतना हेडक्वार्टर, बर्दिबासमा सञ्चालन भएको चारदिने रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। गत असोज २० गतेदेखि सञ्चालन...

नेपाली सेनालाई बेलायतमा सम्पन्न ‘क्यामब्रियन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं - नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तर्राष्ट्रिय सैनिक अभ्यास तथा प्रतियोगिता ‘एक्सरसाइज क्यामब्रियन पट्रोल २०२६’ मा स्वर्ण पदक हासिल गरेको छ। बेलायतको वेल्सस्थित ब्रेकनमा असोज...

एनपीएलको तेस्रो संस्करणका लागि यसरी सजिँदैछ कीर्तिपुर (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै गर्दा कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानको स्तरोन्नति तथा व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ। नेपाल...

भर्खरै

नेपाली सेनालाई बेलायतमा सम्पन्न ‘क्यामब्रियन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं - नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तर्राष्ट्रिय सैनिक अभ्यास...

एनपीएलको तेस्रो संस्करणका लागि यसरी सजिँदैछ कीर्तिपुर (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै...

प्रधान सेनापति सिग्देलद्वारा बेलायती सेनाका उच्च अधिकारीसँग भेटवार्ता

काठमाडौं - संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणमा रहनुभएका प्रधान...

कांग्रेस १५औँ महाधिवेशन : केन्द्रीय सदस्यमा रामकृष्ण चित्रकारको उम्मेदवारी

काठमाडौं - नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदका...

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

काठमाडौं - नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विश्वप्रकाश शर्मा वरिष्ठ...

सरोज भट्टराईको पहिलो कृति ‘कलेजी प्रेम’ लोकार्पण

काठमाडौं - लेखक सरोज भट्टराईको पहिलो कृति ‘कलेजी प्रेम’...

धेरै पढिएको