एनपीएल सिजन–३ का लागि शुभम रांजणे विराटनगर किंग्समा पुनः आबद्ध

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि विराटनगर किंग्सले भारतीय मूलका अमेरिकी अन्तर्राष्ट्रिय क्रिकेटर शुभम रांजणेलाई पुनः अनुबन्ध गरेको छ।

रांजणेले एनपीएलको दोस्रो संस्करणमा विराटनगर किंग्सबाट प्रभावशाली प्रदर्शन गरेका थिए। उनले चार खेलमा ८७ रन बनाएका थिए। उनको ब्याटिङ औसत २९.०० र स्ट्राइक रेट १२९.८५ रहेको थियो। प्रतियोगिताका क्रममा उनले पाँच चौका र चार छक्का प्रहार गरेका थिए।

ब्याटिङसँगै बलिङमा समेत योगदान दिएका रांजणेले दोस्रो संस्करणमा १० ओभर बलिङ गर्दै पाँच विकेट लिएका थिए। ब्याटिङ र बलिङ दुवैतर्फ योगदान दिन सक्ने उनको क्षमताका कारण विराटनगरले उनलाई सिजन–३ का लागि पनि टोलीमा निरन्तरता दिएको हो।

विराटनगर किंग्स व्यवस्थापनले रांजणेको अनुभव, बहुआयामिक क्षमता र दबाबको अवस्थामा प्रदर्शन गर्न सक्ने क्षमतालाई टोलीका लागि महत्वपूर्ण पक्षका रूपमा लिएको जनाएको छ। आवश्यकताअनुसार ब्याटिङ र बलिङ दुवैमा भूमिका निर्वाह गर्न सक्ने भएकाले उनको पुनरागमनले टोलीलाई थप मजबुत बनाउने व्यवस्थापनको विश्वास छ।

टोलीमा पुनः आबद्ध भएपछि रांजणेले पनि खुशी व्यक्त गर्दै आगामी सिजनमा अझ प्रभावकारी प्रदर्शन गर्ने बताएका छन्। उनले विराटनगर किंग्ससँग पुनः जोडिन पाउँदा उत्साहित भएको बताउँदै गत सिजनको अनुभव विशेष रहेको उल्लेख गरे।

“विराटनगर किंग्ससँग फेरि जोडिन पाउँदा म निकै उत्साहित छु। गत सिजनको अनुभव विशेष थियो र टोलीसँगको सम्बन्ध पनि निकै राम्रो रह्यो। अब सिजन–३ मा अझ राम्रो प्रदर्शन गर्दै टोलीको लक्ष्य पूरा गर्न योगदान दिने मेरो प्रयास हुनेछ,” रांजणेले भने।

उनले एनपीएल नेपाली तथा विदेशी खेलाडीका लागि आफ्नो क्षमता प्रदर्शन गर्ने उत्कृष्ट मञ्च बनेको उल्लेख गर्दै विराटनगर किंग्सले आफूमाथि देखाएको विश्वासप्रति आभार व्यक्त गरे। नेपालमा क्रिकेटप्रतिको बढ्दो क्रेज र समर्थकहरूको उत्साहबाट आफू प्रभावित भएको पनि उनले बताए।

रांजणेले घरेलु, अन्तर्राष्ट्रिय तथा विभिन्न फ्रेन्चाइज प्रतियोगितामा अनुभव बटुलेका छन्। उनले मुम्बई, महाराष्ट्र, गोवा, राजस्थान रोयल्स, सियाटल ओर्कास, टेक्सास सुपर किंग्स, जोबर्ग सुपर किंग्स, शारजाह वारियर्स तथा ढाका क्यापिटल्सलगायत टोलीबाट खेलिसकेका छन्।

क्रिकेट पृष्ठभूमि भएको परिवारका रांजणे भारतका पूर्व क्रिकेटर वसन्त रांजणेका नाति तथा महाराष्ट्र र भारत यू–१९ बाट खेलिसकेका सुभाष रांजणेका छोरा हुन्।

सिफारिस

बर्दिबासमा रक्षा संवाददाता अभिमुखीकरण : २१ सञ्चारकर्मीलाई प्रमाणपत्र प्रदान

बर्दिबास - नेपाली सेनाको श्री मध्य पूर्वी पृतना हेडक्वार्टर, बर्दिबासमा सञ्चालन भएको चारदिने रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। गत असोज २० गतेदेखि सञ्चालन...

नेपाली सेनालाई बेलायतमा सम्पन्न ‘क्यामब्रियन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं - नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तर्राष्ट्रिय सैनिक अभ्यास तथा प्रतियोगिता ‘एक्सरसाइज क्यामब्रियन पट्रोल २०२६’ मा स्वर्ण पदक हासिल गरेको छ। बेलायतको वेल्सस्थित ब्रेकनमा असोज...

एनपीएलको तेस्रो संस्करणका लागि यसरी सजिँदैछ कीर्तिपुर (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै गर्दा कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानको स्तरोन्नति तथा व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ। नेपाल...

भर्खरै

नेपाली सेनालाई बेलायतमा सम्पन्न ‘क्यामब्रियन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं - नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तर्राष्ट्रिय सैनिक अभ्यास...

एनपीएलको तेस्रो संस्करणका लागि यसरी सजिँदैछ कीर्तिपुर (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै...

प्रधान सेनापति सिग्देलद्वारा बेलायती सेनाका उच्च अधिकारीसँग भेटवार्ता

काठमाडौं - संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणमा रहनुभएका प्रधान...

कांग्रेस १५औँ महाधिवेशन : केन्द्रीय सदस्यमा रामकृष्ण चित्रकारको उम्मेदवारी

काठमाडौं - नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदका...

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

काठमाडौं - नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विश्वप्रकाश शर्मा वरिष्ठ...

सरोज भट्टराईको पहिलो कृति ‘कलेजी प्रेम’ लोकार्पण

काठमाडौं - लेखक सरोज भट्टराईको पहिलो कृति ‘कलेजी प्रेम’...

धेरै पढिएको