कुकुरको सीप प्रदर्शनसँगै नेपाली सेनाले मनायो कुकुर तिहार (तस्बिरहरू)

यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज देशभर कुकुर तिहार मनाइएको छ। यस अवसरमा नेपाली सेनाले तालिमप्राप्त कुकुरहरूको विशेष सीप तथा कलाकौशल प्रदर्शन गरेर कुकुर तिहार मनाएको छ। भक्तपुरको सानोठिमीस्थित नेपाली सेनाको भैरव वाहन गुल्ममा आयोजित कार्यक्रममा तालिमप्राप्त कुकुरहरूले विभिन्न सीप प्रदर्शन गरेका हुन्।

प्रदर्शनका क्रममा कुकुरहरूले अनुशासन पालना, सुरक्षा जाँच, विपद्का बेला उद्धार तथा विभिन्न वस्तु र व्यक्तिको खोजी (ट्र्याकिङ) लगायतका सीप देखाएका थिए। कुकुरहरूले देखाएको कौशलले सुरक्षा तथा उद्धार कार्यमा उनीहरूको महत्त्वपूर्ण भूमिका उजागर गरेको थियो।

कार्यक्रममा प्रदर्शनपछि तालिमप्राप्त कुकुरहरूलाई टीका र माला लगाएर कुकुर पूजा गरिएको थियो। साथै उनीहरूलाई मिठा खानेकुरा खुवाएर कुकुर तिहार मनाइएको थियो।

हिन्दू धार्मिक तथा सांस्कृतिक परम्पराअनुसार यमपञ्चकको पहिलो दिन काग तिहार र दोस्रो दिन कुकुर तिहार मनाइन्छ। कुकुरलाई यमराजको दूत तथा मानिसको बफादार साथीका रूपमा सम्मान गर्दै यस दिन पूजा गर्ने परम्परा छ।

कुकुरको बफादारी, सुरक्षा र मानव जीवनमा पुर्‍याउँदै आएको योगदानको सम्मानस्वरूप तिहारमा कुकुरको पूजा गर्ने गरिन्छ।

 

सिफारिस

‘काठमाडौँ फिल्म फेस्टिभल’ को रेड कार्पेटमा स्वदेशी तथा विदेशी कलाकार (तस्बिरहरू)

काठमाडौँ- काठमाडौँमा जारी तीनदिने ‘काठमाडौँ फिल्म फेस्टिभल’ को दोस्रो दिन आयोजित रेड कार्पेट समारोहमा स्वदेशी तथा विदेशी कलाकार, फिल्मकर्मी र विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको...

डोल्पा कारागारबाट सुरुङ खनेर यसरी भागेका थिए आठ कैदी (तस्बिरहरू)

डोल्पा - डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट सुरुङ खनेर आठ जना कैदी फरार भएका छन्। शुक्रबार राति कारागारभित्र ४ मिटर ६३ सेन्टिमिटर लामो सुरुङ...

सांस्कृतिक उत्सवका साथ सुरु भयो ‘काठमाडौँ फिल्म फेस्टिभल’ (तस्बिरहरू)

काठमाडौँ-  काठमाडौँमा शुक्रबारदेखि पहिलो ‘काठमाडौँ फिल्म फेस्टिभल’ सुरु भएको छ। काठमाडौँ महानगरपालिकाको आयोजनामा सुरु भएको तीनदिने महोत्सवको उद्घाटन समारोहमा सहभागी अतिथिहरूलाई महाकाली नाचलगायत विभिन्न...

भर्खरै

डोल्पा कारागारबाट सुरुङ खनेर यसरी भागेका थिए आठ कैदी (तस्बिरहरू)

डोल्पा - डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट सुरुङ खनेर...

सांस्कृतिक उत्सवका साथ सुरु भयो ‘काठमाडौँ फिल्म फेस्टिभल’ (तस्बिरहरू)

काठमाडौँ-  काठमाडौँमा शुक्रबारदेखि पहिलो ‘काठमाडौँ फिल्म फेस्टिभल’ सुरु भएको...

खाद्य प्रविधि विभागले भन्यो: जथाभावी इनर्जी ड्रिङ्क्स नपिउनुस्

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जथाभावी इनर्जी ड्रिङ्क्स...

क्यानाडामा नोभेम्बर १ मा प्रोफेसनल अचिभमेन्ट अवार्ड हुने

टोरन्टो (क्यानाडा) : सिजन मिडिया प्रालिको आयोजनामा क्यानाडाको टोरन्टोमा...

ड्रोन दृश्यमा हेर्नुस् दर्शकले खचाखच भरिएको त्रिवि क्रिकेट मैदान (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणअन्तर्गत...

धेरै पढिएको