हाल मौसम देशभर आंशिकदेखि सामान्य बदली छ भने गण्डकी, लुम्बिनी तथा कर्णाली प्रदेशका थोरै र बाँकी प्रदेशका एक दुई स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको मौमस पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाद्वारा जारी मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो मौसम देशभर आंशिकदेखि सामान्यसम्म बदली रही केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना...
नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु भएको छ। पार्टी केन्द्रीय कार्यालय पेसिरडाँडामा बैठक सुरु भएको हो। निर्वाचनपछि पहिलोपटक स्थायी कमिटी बैठक बस्न लागेको हो। चुनावको प्रारम्भिक समीक्षा, केन्द्रीय समिति बैठक आह्वान र जिम्मेवारी बाँडफाँट लगायतका विषयमा छलफल हुने एक स्थायी कमिटी सदस्यले जानकारी दिए। सभामुख निर्वाचित भएको ३ वर्षपछि नेकपा...
गृहमन्त्री बालकृष्ण खाँण र संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेबीच भेटवार्ता भएको छ।  कोभिड–१९ प्रभावपछि पर्यटन क्षेत्रको अहिलेको अवस्थाबारे छलफल भएको छ । गृह मन्त्रालयमा बुधबार भएको छलफलमा दुई अन्तर्राष्ट्रिय विमानस्थलको अहिलेको अवस्था र समाधान गर्नुपर्ने विषयबारे कुराकानी भएको थियो। दुई मन्त्रीबीच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको व्यवस्थापन र भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय...
काठमाडौँ - प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन बुधबार दाजुभाइले दिदीबहिनीबाट टीका लगाएका छन् । यससँगै नेपालीको दोस्रो महत्वपूर्ण पर्व सकिएको छ । यमपञ्चकसमेत भनिने तिहारको पाँचौं एवं अन्तिम दिन भाइटीका पर्व दिदी बहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु,...
अहिले प्रदेशका १ का थोरै स्थान र मधेस प्रदेशका एक दुई स्थानमा वर्षा भइरहेको मौसमविद्ले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् हीरा भट्टराईका अनुसार अहिले बारा, सिमरा एयरपोर्ट, मकवानपुर, सिन्धुपाल्चोकको धाप, काभ्रेको पनौती, मोरङ सुनसरी, धनकुटा, झापा क्षेत्रतिर हल्कादेखि मध्यमसम्म भइरहेको हो। महाशाखाले मंगलबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान...
पर्सा - पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अब तत्कालै सरकारले तीन तहको चुनाव घोषणा गर्नुपर्ने बताएका छन् । नेकपा एमालेको जिल्ला समिति पर्साले आज बिहीवार जगरनाथपुरमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले वर्तमान सरकारले तत्कालै तीनै तहको चुनाव गरी देशलाई निकास दिनुपर्ने बताए । उहाँले कृषिको...
‘मैले १३औं महाधिवेशनका क्रममा विधिवत् रूपमा देउवाजी शेरबहादुर देउवालाई नेपाली कांग्रेसको सभापतिमा गरेको प्रस्तावलाई आजैका मितिबाट फिर्ता लिएको कुरा यस गरिमामय कार्यसमितिको बैठकलाई दुःखपूर्वक सुनाउँछु।’ नेपाली कांग्रेसका पूर्वमहामन्त्रीसमेत रहेका केन्द्रीय सदस्य कुलबहादुर गुरुङले २०७५ वैशाख ९ गतेको केन्द्रीय समिति बैठकमा राखेको लिखित प्रस्तावको अंश हो यो। २०७२ फागुनमा भएको पार्टीको...
काठमाडौँ - पछिल्लो २४ घन्टामा देशभर थप २ हजार ९ सय १८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। यसैगरी ५३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ४ सय ६५ पुगेको छ। यस्तै गत २४ घन्टामा ५ हजार १ सय ४७ जना...
राष्ट्रपति विद्यादेवी भण्डारीले सामाजिक न्याय, समानता र समृद्धिका माध्यमबाट जनतालाई वास्तविक परिवर्तनको अनुभूति गराउँदै हाम्रो लोकतान्त्रिक गणतन्त्रलाई जनताको जीवनसँग जोड्नुपर्ने बताएकी छन्। राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दै उनले लोकतान्त्रिक प्रणालीले मात्र नागरिकलाई एकताको मालामा गाँसेर बलियो राष्ट्र निर्माण...
प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र राईले दाबी पेस गरेका छन् । सोमबार प्रदेश प्रमुख समक्ष उनले ५० सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् । सोमबार मुख्यमन्त्री पदबाट भीम आचार्यले राजीनामा दिएपछि प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले दुई वा दुईभन्दा बढी दलको समर्थनमा...