सकियो तिहार

काठमाडौँ – प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन बुधबार दाजुभाइले दिदीबहिनीबाट टीका लगाएका छन् । यससँगै नेपालीको दोस्रो महत्वपूर्ण पर्व सकिएको छ ।

यमपञ्चकसमेत भनिने तिहारको पाँचौं एवं अन्तिम दिन भाइटीका पर्व दिदी बहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइएको हो ।

दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् तोयराज नेपालले जानकारी दिए ।

भाइटीका लगाउन दिनभर बाधा नभएपनि साइत खोज्नेका लागि समितिले बिहान १०ः५१ बजेको अभिजित् मुहूर्तको समय उत्तम भनी सार्वजनिक गरेको थियो । लक्ष्मी पूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गरी मूल थालीमा लेखिएको अष्टदलमा मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम गरी अष्ट चिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना र धर्मराज, गणपत्यादि वनस्पत्यन्त देवताको समेत पूजा आराधना गरी दिदी बहिनीले दाजुभाईलाई तेलको धाराले छेकेर परम्परा अनुसार सप्तरङ्गी वा पञ्चरङ्गी टीका, मखमली, सयपत्री वा गोदावरी लगायतका फूलका माला लगाइदिएका हुन् ।

तिहारमा सप्तरङ्गी टीका लगाउने भनी प्रचारप्रसार गरिएपनि शास्त्रीय मान्यता भने तिहारमा लगाउने टीकाको रङ्ग रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँचवटा उल्लेख गरिएको धर्मशास्त्रविद्हरुको भनाइ छ । टीका लगाइदिएपछि दिदी बहिनीले दाजुभाइलाई ओखर, कटुस, मर मसला एवं सेलरोटी लगायतका खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक एवं सामाजिक परम्परा छ ।

दिदी बहिनी नहुनेका लागि काठमाडौँको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुलाइएको थियो । बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक मात्र खुल्ने गर्दछ । दिदी बहिनी नहुनेहरु भाइटीकाका दिन यसै मन्दिरमा गई पूजाआजा एवं दर्शन गरी टीका लगाउने गर्दछन् ।

यसैगरी जयवागेश्वरीमा रहेको खञ्जनेश्वर महादेव मन्दिरमा पनि दिदीबहिनी नहुने दाजुभाइले पूजा तथा दर्शन गरी टीका लगाउने प्रचलन रहेको छ ।

सिफारिस

ताप्लेजुङ दुर्घटनाः लापरवाही गर्ने कर्मचारीलाई कारवाही हुन्छः मन्त्री खड्का

काठमाडौं - ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्काले विद्युत सेवा वितरणमा लापरवाही र हेलचक्र्याइँ सह्य नहुने भन्दै सुरक्षा नीतिलाई सबैभन्दा उच्च प्राथमिकतामा राख्न...

बैतडी केन्द्रबिन्दु भएर ५.१ म्याग्निच्युडको भूकम्प

गएराति बैतडी केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीले दिएको जानकारीअनुसार बिहीबार राति १ बजेर ४८...

प्रतिनिधिसभाको छैटौ अधिवेशनबाट पारित हुने पहिलो विधेयक बन्यो जलस्रोत विधेयक

काठमाडौँ - संघीय संसद सचिवालयमा प्रतिनिधि सभातर्फ २६ वटा विधेयक दर्ता भएर छलफलमा रहेका छन् । अहिले छैटौं अधिवेशन चलिरहदाँ पहिलो अधिवेशनमा दर्ता भएका...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

बैतडी केन्द्रबिन्दु भएर ५.१ म्याग्निच्युडको भूकम्प

गएराति बैतडी केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

प्रतिनिधिसभाको छैटौ अधिवेशनबाट पारित हुने पहिलो विधेयक बन्यो जलस्रोत विधेयक

काठमाडौँ - संघीय संसद सचिवालयमा प्रतिनिधि सभातर्फ २६ वटा...

सगरमाथा आरोहण गरेकी नेपाल प्रहरीकी असई कुन्जाङको विशेष बढुवा

सोमबार सगरमाथा आरोहण गरेकी नेपाल प्रहरीकी सहायक निरीक्षक (असई)...

मौसम: आज पनि देशभर वर्षाको सम्भावना

आज बुधबार पनि देशभरका विभिन्न स्थानमा वर्षा हुने सम्भावना...

प्रहरीका ११ एसएसपी डीआईजीमा बढुवा सिफारिस, को-को परे ?

नेपाल प्रहरीमा ११ जना एसएसपी प्रहरी नायव महानिरीक्षक (डीआईजी)...

धेरै पढिएको