बालेनको एक्सनपछि राहदानी विभागले निकाल्यो यस्तो सूचना, गर्यो ५ आग्रह

काठमाडौं महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभागको अण्डरग्राउण्ड पार्किङ खाली गराएको छ ।

ट्राफिक व्यवस्थापनका लागि अण्डरग्राउण्ड पार्किङमा जोड दिएको महानगरको टोली शुक्रबार राहदानी विभागको अनुगमनमा गएको थियो ।

काठमाडौंका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे नेतृत्वमा पुगेको टोलीले विभागले अटेरी गरेपछि पार्किङमा राखिएका कुर्सीसहितका सामान हटाएर खाली गरेको हो।

काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागको बेसमेन्ट आइतबारबाट सेवाग्राहीका लागि पार्किङ गर्न खुला हुने भएको छ।

‘साविकमा यस विभागको बेसमेन्ट राहदानी आवेदकका लागि होल्डिङ एरियाका रूपमा प्रयोग हुँदै आएकोमा भदौ १२ देखि सेवाग्राहीका लागि पार्किङ स्थलका रूपमा प्रयोग हुनेछ’, विभागद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

यस्तै विभागले आइतबारदेखि राहदानी विभागमा लाइभ इलरोलमेन्ट सेन्टर कायम भएका सेवाग्राही मात्र आवेदनका लागि विभागमा आउन आग्रह गरेको छ।

यस्तै आवेदकहरू आवेदन फाराममा तोकिएको मिति र समयमा मात्र विभागमा आउन भनेको छ।

यस्तै तयार भएको राहदानी लिन आउने सेवाग्राहीहरू साविकमा झै गेट नं. २ बाट प्रवेश गर्न आग्रह गरेको छ।

यस्तै राहदानी सम्बन्धी सेवा लिन विभाग आउँदा आवश्यक अवस्थामाबाहेक सम्बन्धित आवेदक मात्र आउनले विभागले आग्रह गरेको छ। काठमाडौं महानगरपालिकाले शुक्रबार विभागको बेसमेन्टमा रहेको पार्किङ खाली गराएको हो।

यी हुन् विभागका ५ आग्रह

सिफारिस

एसीसी प्रिमियर कप खेल्ने नेपाली टोलीको बिदाइ (तस्वीरहरू)

काठमाडौं - नेपाल क्रिकेट सङ्घ (क्यान) ले मलेसियामा आयोजना हुने एसीसी पुरुष प्रिमियर कप खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ गरेको छ । सन्दीप लामिछानेको...

हामी नेता परिवर्तन गरिरहेका छौँ कि समस्याको समाधान खोजिरहेका छौँ ?

हिजो देवताको उचाइमा पुर्‍याइएका नेता केही समयपछि राक्षसजस्तै चित्रित हुन्छन्। फेरि हिजो अस्वीकार गरिएका व्यक्ति कुनै दिन आशाको केन्द्र बन्छन्। दशकौँदेखि दोहोरिइरहेको यो चक्रले...

आजदेखि एक महिनासम्म मनाइने गुँला पर्व सुरु (तस्वीरहरू)

काठमाडौँ– नेवार समुदायका बौद्धमार्गीले मनाउने एक महिने गुँला पर्व आज (बिहीबार)देखि सुरु भएको छ। चन्द्रमासअनुसार प्रत्येक वर्ष श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म अर्थात्...

भर्खरै

हामी नेता परिवर्तन गरिरहेका छौँ कि समस्याको समाधान खोजिरहेका छौँ ?

हिजो देवताको उचाइमा पुर्‍याइएका नेता केही समयपछि राक्षसजस्तै चित्रित...

आजदेखि एक महिनासम्म मनाइने गुँला पर्व सुरु (तस्वीरहरू)

काठमाडौँ– नेवार समुदायका बौद्धमार्गीले मनाउने एक महिने गुँला पर्व...

बुढानीलकण्ठ अस्पतालमा विशेषज्ञ सेवा थपिँदै

काठमाडौं - बुढानीलकण्ठ नगर अस्पतालले पछिल्लो समय विस्तार गरिएका...

काठमाडौं ल्याइयो युक्तको पार्थिव शरीर , विमानस्थलमा भावुक बने आफन्त (तस्वीरहरू)

काठमाडौं । पर्वतारोहणका क्रममा निधन भएका नेपाली पर्वतारोही युक्त...

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन...

धेरै पढिएको