डडेल्धुरामा नागरिकता बनाउनेको संख्या बढ्दै

डम्बर निदाल, डडेल्धुरा – डडेल्धुरामा लकडाउन खुले पछि नागरिकता बनाउनेको संख्या दोब्बरले बढेको छ । अहिले दिनहु जिल्ला प्रशासन कार्यालयमा नागरिकता बनाउनेको भिड लाग्ने गरेको छ । चार महिना पछि लकडाउन खुले पछि नागरिकता बनाउने स्थानियको संख्या ह्वात्तै बढेको हो ।

लकडाउन हुनु पुर्व सामान्य अबस्थामा दैनिक ३० देखी ३५ जना मात्रै नागरिकता बनाउन प्रशासन पुग्थे । चार महिना सम्म भएको लकडाउन खुले पछि दैनिक ७० देखी ८० भन्दा बढी स्थानिय नागरिकता वा प्रतिलिपि बनाउन प्रशासन कार्यालयमा पुग्ने गरेको प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद वास्तोलाले बताए ।

स्थानिय तहमा प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि नाम दर्ता गराउन नागरिकता आवश्यक पर्छ । यस कारण पनि नागरिकता बनाउने युवाको संख्या बढेको छ ।
कोरोना भाईरसको जोखिमका कारण भारतमा रोजगारी गर्न गएकाहरु घर फर्किएका छन । नागरिकता नबनाई सानैमा भारत गएका युवाहरु पनि अहिले नागरिकता बनाउन थालेका छन ।
नागरिकता लिने सेवाग्राहीहरुले सामाजिक दुरीको पालना नगर्नुका साथै सेवा लिने ठाउमा अनावश्यक भिडभाड हुने गरेकाले स्वास्थ्य सावधानी समेत नअपनाउँदा कोरोना भाईरस संक्रमणको जोखिम हुन सक्ने एक सेवा ग्राहीले बताए ।

नागरिकता बनाउने बढे संगै जिल्ला प्रशासन कार्यालयमा भिडभाड बढेको छ । कोरोना भाईरस संक्रमणको जोखिम रहेकै बेला भौतिक दुरीका साथै मास्कको अनिवार्य प्रयोग गराउन थालिएको प्रमुख जिल्ला अधिकारी वास्तोलाले बताए । यसका लागी सुरक्षाकर्मी समेत परिचालन गर्नु परेको उहाँले बताए ।

सिफारिस

मंसिर २५ देखि रामेछापको सुनापतिमा पर्यटन महोत्सव, के–के छन् आकर्षण ?

रामेछाप - रामेछापको सुनापति गाउँपालिकामा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘सुनापति पर्यटन महोत्सव तथा पर्यटन वर्ष घोषणा–२०८३’ आयोजना हुने भएको छ । गाउँपालिकाले मंसिर २५...

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीको मागबमोजिम अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड धानको प्रयोगात्मक खेती सफल भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत सञ्चालित...

भर्खरै

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै...

निजामती सेवामा सरुवा, भनसुन र राजनीतिक पहुँचको विकृति अन्त्य गर्नुपर्छ : मन्त्री रावल

ललितपुर - भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य...

Why Are We Leaving Nepal? A Question We Need to Ask Beyond Age and Education

Perhaps migration is no longer just about seeking a...

हिमपातपछि सेताम्मे बन्यो पाँचपोखरी (तस्बिरहरू)

सिन्धुपाल्चोक- जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य पाँचपोखरी हिमपातपछि...

धेरै पढिएको