सर्पले टोकेपछि ‘प्राथमिक उपचार कसरी गर्ने’ ?

गर्मी मौसममा सर्पले टोक्ने जोखिम उत्तिकै हुन्छ । सर्पले टोक्नुलाई सर्पदंशका रुपमा लिइन्छ । तराइ क्षेत्रमा गर्मीको मौसममा सर्पले टोकेका बिरामी संख्या अरु क्षेत्रको भन्दा तुलनात्मक रुपमा बढी हुने गर्छ ।

सर्प देख्ने बित्तिकै जो कोही पनि तर्सने र धेरैलाई त टोक्यो कि मरिन्छ भन्ने भ्रम रहेको पाइन्छ । अस्पतालसम्म पुग्नुभन्दा अगाडि बिरामीले तुरुन्त र सही प्राथमिक उपचार पाए सर्पदंशबाट हुने मृत्युलाई रोक्न सकिन्छ ।

प्राथमिक उपचार

१) सबैभन्दा पहिले बिरामीलाई उत्तेजित हुनबाट रोक्ने वा शान्त बनाउनु पर्छ । सबै सर्पले टोक्दैमा विष छोडेको हुँदैन, जसलाई ‘ड्राइ बाइट’ भनिन्छ । नेपालको पूर्वी तराइमा गरिएको एक अनुसन्धानले १० प्रतिशत टोकाइमा मात्र सर्पको विष हुने गरेको देखिएको थियो ।

२) बिरामी सकेसम्म नचलिकन बस्नुपर्छ । टोकेको ठाउँमा क्रेप्ट ब्यान्डेज बाँध्नुपर्छ तर धेरै कडा गरेर बाँध्नु हुँदैन । टोकेको ठाउँ नचलोस् भन्नका लागि काठको काप्रो ९स्प्लिन्ट० प्रयोग गर्न सकिन्छ ।

३) टोकेको ठाउँलाई मुटुको लेबलभन्दा मुनि राख्नुपर्छ ।

४) शरीरमा लगाएको कपडा कसिएको भए तथा घडी वा गरगहना लगाएको भए निकाल्नुपर्छ ।

५) अनि जतिसक्दो चाँडो अस्पताल पुर्‍याउनुपर्छ ।

के गर्नु हुँदैन?

१) घाउमा चक्कुले काट्ने, चुस्ने वा कुनै रसायन लगाउनु हुँदैन ।

२) धामी झाक्रीको विधि प्रयोग गर्नुहुँदैन ।

३) टोकेको ठाउँमा कुनै कडा रबर ९तन्कने वस्तु० ले बाँध्नु हुँदैन, यसबाट टोकेको ठाउँ वरिपरि कालो हुने वा ग्यांग्रिन भई सर्पले टोकेको ठाउँ नै काटेर फ्याँक्नु पर्ने हुनसक्छ ।

४) मद्यपान (जाँड-रक्सी) खानु हुँदैन ।

-एजेन्सी

सिफारिस

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर - नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्ने बताएका छन् । कञ्चनपुरको दोधारा–चाँदनी क्षेत्रमा...

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका सचिव प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट नगदसहित सम्मानित भएका छन्। पोखरा फोटोग्राफर संघद्वारा आयोजित...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा काठमाडौंको गौशालास्थित होटल सिभम प्लाजामा सम्पन्न भएको छ। क्लबका अध्यक्ष रोहित कार्कीको अध्यक्षतामा सम्पन्न साधारण सभामा...

भर्खरै

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा...

भोटेकोशी बाढीपीडितको उद्धार र पुनःस्थापनामा अक्सिडेन्टलको साथ, २ लाख ५१ हजार सहयोग

काठमाडौँ - भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको...

नेपाल भलिबल लिगको विजेताले २० लाख पाउने

काठमाडौं — नेपालमै पहिलोपटक आयोजना हुन लागेको पुरुष भलिबलको...

इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा पुगे रवीन्द्र ढाँट

काठमाडौं - नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र...

रसुवा बाढीपीडितको राहतमा स्वस्तिश्री गुरुकुल, ५ लाखको कोष स्थापना

काठमाडौं - रसुवा जिल्लाको केरुङ नाका अन्तर्गत टिमुरे क्षेत्रमा...

धेरै पढिएको