प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा – राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका सचिव प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट नगदसहित सम्मानित भएका छन्।

पोखरा फोटोग्राफर संघद्वारा आयोजित ४५औँ वार्षिक साधारण सभा, पाँचौँ पोखरा फोटोग्राफी अवार्ड वितरण, ‘फोकस’ तेस्रो स्मारिका विमोचन तथा २५औँ अधिवेशन समारोह–२०८३ का अवसरमा थापालाई उक्त अवार्ड प्रदान गरिएको हो।

अवार्डसँगै प्राप्त नगद रकम बराबरकै रकम थापाले आफ्नै तर्फबाट थप गरी बाढीपीडित परिवारको सहयोगका लागि प्रदान गर्ने घोषणा गरेका छन्। सामाजिक उत्तरदायित्वअन्तर्गत उनले पुरस्कारको रकममा थप रकम जुटाएर विपद् प्रभावित परिवारलाई सहयोग गर्ने निर्णय गरेका हुन्।

“सानो सहयोगले पनि कसैको दुःखमा थोरै भए पनि राहत मिलोस् भन्ने हाम्रो प्रयास हो,” थापाले भने।

थापा राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका सचिव, चलचित्र पत्रकार संघ कास्कीका कार्यसमिति सदस्य तथा ‘इभेन्ट पोखरा’का सञ्चालक हुन्। उनी लामो समयदेखि फोटोग्राफी तथा फोटो पत्रकारितामा सक्रिय रहँदै आएका छन्।

यसअघि बंगलादेशमा सम्पन्न अन्तर्राष्ट्रिय फोटोपत्रकारिता अवार्डबाट समेत सम्मानित भइसकेका थापाले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा नेपालको प्रतिनिधित्व गर्दै फोटोग्राफीमार्फत नेपालको पहिचान र गौरव बढाउन योगदान पुर्‍याउँदै आएका छन्।

सिफारिस

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज सिग्देलले बडादसैँ २०८३ को अवसरमा आयोजना हुने फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण गरेका छन्। नेपाली सेनाले...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली गरिएको छ। संयुक्त राष्ट्रसङ्घीय मिसन (UNMISS) मा सहभागी श्री नयाँ गोरख...

भर्खरै

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को...

धेरै पढिएको