असई र प्रहरी जवानको हत्या आरोपमा पक्राउ परेका ७ जना सार्वजनिक

जिल्ला प्रहरी कार्यालय कैलालीले प्रहरी सहायक निरिक्षक (असई) र प्रहरी जवानको हत्या आरोपमा पक्राउ परेका ७ जनालाई सार्वजनिक गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीले मंगलबार पत्रकार सम्मेलन गर्दै अस्थायी प्रहरी पोष्ट जुगेडाका इन्चार्ज प्रहरी सहायक निरिक्षक गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउदको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका ७ जनालाई सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका वडा नम्बर १० का ३१ वर्षीय पंकु भनिने रोहित राना, २० वर्षीय राजेन्द्र राना, ३० वर्षीय चोर भनिने सुरेश राना, २५ वर्षीय गब्बर भनिने राजकुमार राना, वर्ष २२ को रामनिवास राना, २९ वर्षीय टल्लु भनिने दलराम राना र वडा नम्बर ११ बस्ने २५ वर्षीय गोपाल भनिने रामगोपाल राना रहेका छन् ।

उनीहरुले नेपालबाट भारत सामान तस्करी गर्दा प्रहरीले अवरोध सिर्जना गरेपछि आक्रमण गरी हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ । प्रहरीले अनुसन्धानका लागि १६ जनालाई नियन्त्रणमा लिएकोमा ७ जनाको संलग्नता देखिएको जनाएको छ ।

गत शनिबार राती नियमित गस्तीमा खटिएका बेला अस्थायी प्रहरी पोष्ट जुगेडाका इन्चार्ज समेत रहेका बिक र प्रहरी जवान वेपत्ता भएका थिए ।

खोजी गर्ने क्रममा प्रहरी सहायक निरिक्षक बिकको शव आइतबार बिहान धनगढी उप–महानगरपालिका वडा नम्बर १० को नेपाल–भारत सीमा स्थित मोहना नदीमा भेटिएको थियो । घाँटीमा धारिलो हतियार प्रहार गरी विभत्स हत्या गरेको अवस्थामा बिक भेटिएकै मोहना नदी क्षेत्रमा मंगलबार प्रहरी जवान साउदको शव पनि फेला परेको थियो । प्रहरीका अनुसार बिकको शव भेटिएको स्थानदेखि २ सय मिटर तल मोहना नदीमै उनको शव भेटिएको थियो ।

उनीहरु सवार बा.५८प ५२८४ नम्बरको मोटरसाइकल भने घटना स्थलदेखि करिब साढे २ किलोमिटर टाढा भेटिएको थियो भने प्रहरी सहायक निरिक्षक बिकले बोकेको पेस्तोल मंगलबार मोहना नदीमै भेटिएको छ ।

सिफारिस

यस्तो बन्यो नयाँ जसपा, कसलाई के जिम्मेवारी ?

काठमाडौं- उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा) बाट विभाजित अशोक राई नेतृत्व ‘जनता समाजवादी पार्टी’ले पदाधिकारी र केन्द्रीय समितिको टुंगो लगाएको छ...

आज कहाँ-कहाँ पर्छ पानी ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ। महाशाखाका अनुसार अहिले गण्डकी र...

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराजले पाए विश्वासको मत

पोखरा - गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएका छन् । अधिकारीको पक्षमा उभिएका ३० सांसद उभिएपछि विश्वासको मत पाएको घोषणा गरिदिएका छन्। प्रदेशसभामा...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

आज कहाँ-कहाँ पर्छ पानी ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले...

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराजले पाए विश्वासको मत

पोखरा - गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत...

धमाधम निर्माण गरिँदै रातो मच्छिन्द्रनाथ रथ र रङ्ग्याइँदै मूर्ति (तस्वीरहरू)

काठमाडौं - नेपालको सबैभन्दा लामो जात्रा भनेर मानिने रातो...

आयो डीभीको रिजल्ट, यसरी हेर्नुहोस् नतिजा

काठमाडौँ - अमेरिकाले प्रत्येक वर्ष सञ्चालन गर्दै आएको डाइभर्सिटी...

काठमाडौँका यी ठाउँमा आजदेखि ६ दिनसम्म दैनिक ४ घण्टा बत्ती जाने

काठमाडौँ - नेपाल विद्युत् प्राधिकरणले आजदेखि आगामी शुक्रबारसम्म काठमाडौँको...

आज यी स्थानमा हावाहुरी र वर्षाको सम्भावना

हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव...

धेरै पढिएको