बेनी आउँदै गरेको जिप दुर्घटना, एक जनाको मृत्यु, १० घाइते

म्याग्दीको सरमुकाम बेनी आउँदै गरेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।

प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते अन्नपूर्ण गाउँपालिका, २ भुरुङकी अन्दाजी १० वर्षीया रिया विकको उपचारका क्रममा बेनी अस्पतालमा मृत्यु भएको हो ।

बेनी–गलेश्वर सडकखण्डमा पर्ने बेनी नगरपालिका–८ जलेश्वरमा रघुगंगा गाउँपालिका–६ ढाडाखानीबाट सदरमुकाम बेनी आउँदै गरेको ग १ ज ८९६ नम्बरको जिप शुक्रबार दिउँसो १२ बजेतिर दुर्घटनामा परेको हो । जिप सडकबाट कालीगण्डकी नदी किनारमा खसेको थियो ।

घाइतेहरुको बेनी अस्पतालमा उपचार भइरहेको र गम्भीर घाइतेलाई पोखरा रिफर गर्ने तयारी भएको पनि प्रहरीले जनाएको छ । घटनास्थल सदरमुकाम बेनीदेखि करिब १ किलोमिटर उत्तर बेनी–बेनी जोमसोम सडकखण्डमा पर्छ । दुर्घटनाको कारण खुलेको छैन ।

सिफारिस

उसु र आर्चरीका ६ सदस्यीय टोली चीनको कुन्मिङ प्रान्त प्रस्थान

नेपाल र मित्र राष्ट्र चीनबीचको खेलकुद तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यका साथ 'चीन–नेपाल मार्सल आर्ट तथा सांस्कृतिक आदानप्रदान' कार्यक्रममा सहभागी हुन नेपालको...

प्राविधिक उपसेनानीलाई दर्ज्यानी चिन्ह प्रदान (तस्वीरहरू)

काठमाडौं - प्राविधिक अधिकृत आधार तालिम सफलतापूर्वक सम्पन्न गरेका ९६ जना प्राविधिक उपसेनानीलाई आज दर्ज्यानी चिन्ह प्रदान गरिएको छ। जङ्गी अड्डामा आयोजित एक कार्यक्रममा...

जेनजी आन्दोलन घटनाबारे जाँचबुझ आयोगले सरकारलाई बुझायो प्रतिवेदन (तस्वीरहरू)

जेनजी आन्दोलनका क्रममा भएका घटनाबारे छानबिन गर्न गौरीबहादुर कार्कीको अध्यक्षतामा बनेको आयोगले सरकारलाई आफ्नो प्रतिवेदन बुझाएको छ । कार्की नेतृत्वको टोली प्रतिवेदनसहित आइतबार प्रधानमन्त्री तथा...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

प्राविधिक उपसेनानीलाई दर्ज्यानी चिन्ह प्रदान (तस्वीरहरू)

काठमाडौं - प्राविधिक अधिकृत आधार तालिम सफलतापूर्वक सम्पन्न गरेका...

जेनजी आन्दोलन घटनाबारे जाँचबुझ आयोगले सरकारलाई बुझायो प्रतिवेदन (तस्वीरहरू)

जेनजी आन्दोलनका क्रममा भएका घटनाबारे छानबिन गर्न गौरीबहादुर कार्कीको...

निर्वाचित भएपछिको बालेनको मुस्कान (तस्वीरहरू)

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले झापा...

प्रतिनिधिसभा निर्वाचन : उपत्यकामा शान्तिपूर्ण रूपमा मतदान प्रक्रिया जारी (तस्वीरहरू)

आज देशभर प्रतिनिधिसभा सदस्यका लागि मतदान जारी छ। काठमाडौँ...

मतदानका लागि यसरी तयार गरिँदैछ बुथ (तस्वीरहरू)

काठमाडौं - भोलि हुने निर्वाचनको लागि मतदान केन्द्र बुथहरु...

वसन्तपुरमा होलीको रौनक (तस्वीरहरू)

विगत वर्ष झैं वसन्तपुरमा होलीको हर्षोल्लास छाएको छ ।...

धेरै पढिएको