आज पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद्ले बताएका छन्।
अहिले भने पहाडी क्षेत्रमा आंशिक बदली छ भने देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा छ।
तर दिउँसो पहाडी भेगका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद् बताएका छन्।
बुधबार सबैभन्दा कम जुम्लामा १ डिग्री सेल्सियस न्यूनतम तापक्रम देखिएको थियो।
