काठमाडौँ – नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक फेरि सारेको छ। आजका लागि बोलाइएको बैठक कात्तिक २७ गतेसम्मका लागि सारिएको हो।
पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार सोमबार दिउँसो १ बजेका लागि तय भएको बैठक सरेको हो। अब कात्तिक २७ गते बिहीबार दिउँसो १ बजे केन्द्रीय समिति बैठक बस्ने उनले जानकारी दिए।
पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार सोमबार दिउँसो १ बजेका लागि तय भएको बैठक सरेको हो। अब कात्तिक २७ गते बिहीबार दिउँसो १ बजे केन्द्रीय समिति बैठक बस्ने उनले जानकारी दिए।
सो बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित सदस्यहरुलाई सहभागी हुन कांग्रेसले आग्रह गरेको छ।
असोजदेखि कांग्रेसले केन्द्रीय समिति बैठक सार्दै आएको छ।
