वायु प्रदूषण रहित घर बनाउन रोप्नुहोस् यी बोटविरुवा

काठमाडौँ – काठमाडौँ लगायत देशका विभिन्न स्थानमा वायु प्रदूषणको मात्रा बढेको छ । यसै कारणले सरकारले घर भित्र बस्न आग्रह गरेको छ । तर घरभित्रको हावा प्रदूषण रहित हुने कुरामा हामी बिस्वस्त हुन सक्दैनौँ । आफ्नो घरभित्रको हावालाई स्वच्छ राख्न विभिन्न बोटविरुवाहरु रोप्न सकिन्छ । कस्ता बोटविरुवाहरुले प्रदुषण नियन्त्रण गर्न मद्दत गर्छ ?

१) तुलसी
तुलसीको विरुवाले रातदिन अक्सिजन फ्याक्ने हुनाले यसले प्रदुषणलाई नियन्त्रण गर्छ र ब्याक्टेरियाहरुको विनाश गर्न मद्दत गर्छ । यसले नकारात्मक ऊर्जालाई नाश गर्ने विश्वास गरिन्छ । यो रुघाखोकी र ज्वोरोलाई कम गर्न समेत प्रभावकारी हुन्छ । साथै छाला सम्बन्धी रोगहरुलाई पनि यसले निको पार्न सक्छ र मुख गनाउने समस्याबाट समेत राहत दिलाउँछ ।

२) घिउकुमारी
एलोभेराले हावा स्वच्छ राख्नुका साथै यसमा धेरै मात्रामा भिटामिन्स, मिनिरल्स, एमिनो एसिड र फाइबर्सहरु पनि पर्याप्त मात्रामा हुन्छन् । पोलेको, काटेको घाउमा यसको प्रयोग गर्दा राहत पाउन सकिन्छ । यससँगै यसले कपाल र छालालाई पनि फाइदा गराउँछ । यसको जुस पेटका लागि अत्यन्तै फाइदाजनक हुन्छ ।

३) सयपत्री
हावालाई प्रदुषणमुक्त गराउनुका साथै यस फूलका पातहरुमा पर्याप्त मात्रामा एन्टिबायोटिकको गुण हुने भएकाले सयपत्रीको विरुवाले लामखुट्टेलाई टाढा राख्न समेत मद्दत गर्छ । छालासम्बन्धी रोग र चोटपटक लागेका बेलामा यसको फूलको रसले धेरै सहज गराउन सक्छ । यसका पातहरुलाई पानीमा उमालेर कुल्ला गर्नाले दाँतको दुखाइ कम हुन्छ ।

४) चमेली
हावामा भएका टक्सिनहरुलाई हटाउन चमेलीको विरुवाले मद्दत गर्छ र यसको फूलको बास्नाले घरमा ताजापनको महसुस गराउँछ । मुखमा घाउ आएमा र पेटमा किरा परेमा यसको पातहरु चबाउँदा राहत मिल्छ । टाउको दुखेमा चमेलीको फुलको लेप लगायो भने प्रभावकारी हुन सक्छ ।

५) अनार

अनारको बिरुवाले प्रदुषण कम गराउँछ । यसमा भिटमिन ए, सी र ईका साथै फोलिक एसिड र एन्टिब्याक्टेरियल र एन्टि भायरल तत्वहरु प्रशस्त मात्रामा हुने हुनाले यसलाई विभिन्न रोगमा उपयोग गर्न सकिन्छ र यसका थुप्रै फाइदाहरु छन् । यसको रसमा एन्टिएजिङ र एन्टिअक्सिडेन्ट तत्वहरु पनि हुन्छन् जसले रगत बढाउन मद्दत गर्छ । यसले छालालाई विभिन्न समस्याहरुबाट टाढा राख्दै रगत सफा राख्दछ ।

६) ल्याभेन्डर
ल्याभेन्डरले घरभित्रको हावालाई स्वच्छ राख्ने र वरिपरिको ब्याक्टेरिया र किराहरुलाई मार्ने काम गर्छ । यसलाई घरमा राख्दा लामखुट्टेहरु समेत टाढा रहन्छन् । यसको फूलको रसले छालाको समस्यामा राहत दिलाउँछ र टाउकोको दुखाई एवम् माइग्रेनको समस्यामा पनि राहत दिलाउँछ । अनिद्राको समस्याबाट पनि छुटकारा पाउन पनि ल्याभेन्डर प्रभावकारी हुन्छ ।

सिफारिस

हात्तिवनमा वृहत् वृक्षारोपण तथा ‘चापा गुँ’ बोर्ड स्थापना

ललितपुर - ललितपुर महानगरपालिकाका वडा नं. २३, २८ र २९ को संयुक्त आयोजनामा हरिसिद्धिस्थित हात्तिवन क्षेत्रमा शनिबार वृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। ललितपुर महानगरपालिकाका...

एनएफपिजेद्वारा फोटो पत्रकारका लागि दुईदिने एआई सीपसम्बन्धी तालिम

काठमाडौँ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) को आयोजनामा फोटो पत्रकारहरूका लागि दुईदिने ‘एआई स्किल फर फोटोजर्नालिस्ट’ तालिम शनिबारदेखि काठमाडौंको सानोभर्याङस्थित स्वस्तिश्री गुरुकुल आईबी...

भर्खरै

एनएफपिजेद्वारा फोटो पत्रकारका लागि दुईदिने एआई सीपसम्बन्धी तालिम

काठमाडौँ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) को आयोजनामा...

द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थीलाई प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड

काठमाडौं - द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी र...

मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) टोली सुदूरपश्चिम रोयल्स र...

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकले गरेका सात निर्णय

सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता शुल्क पूर्ण...

क्यान्भासमा जलवायु परिवर्तनको सन्देश ( तस्वीरहरू)

४४औँ बीपी स्मृति दिवसको अवसरमा नेपाली कांग्रेसले बुधवार ललितपुरको...

धेरै पढिएको