नेपालमा पछिल्लो २४ घण्टामा ५५९ जना कोरोना संक्रमित थपिएका छन् । ४३७८ जनाको पीसीआर परीक्षण गर्दा ४९६ र ७२७ जनाको एन्टीजेन परीक्षण गर्दा ६३ जनामा संक्रमण पुष्टि भएको हो ।
यसमध्ये सबैभन्दा धेरै काठमाडौँमा १५९ जना, त्यसपछि ललितपुरमा ४४ जना थपिएका छन् । नेपालमा हालसम्म २ लाख ८० हजार ५२४ जनामा संक्रमण पुष्टि भएको छ ।
यसअवधिमा संक्रमणबाट थप १३ जनाको मृत्यु भएको रिपोर्ट प्राप्त भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
पछिल्लो २४ घण्टामा १३८ जना निको भएका छन् । नेपालमा सक्रिय संक्रमितको संख्या ३३०६ रहेको छ ।
