काठमाडौँ – देशभर आज ३१३२ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार ९२९२ जनाको पीसीआर परीक्षण गर्दा ३०३२ जना र ७८६ जनाको एन्टिजेन परीक्षण गर्दा ९० जना गरी तीन ३१३२ जनामा कोरोना सङ्क्रमण पुष्टि छ।
आज काेराेना पुष्टि भएका सङ्क्रमितमध्ये १४९८ जना काठमाण्डौ उपत्यकाका रहेका छन् । भक्तपुरमा ९६, ललितपुरमा २७० र काठमाडौंमा ११३२ गरी १४९८ जनामा संक्रमण पुष्टि भएको छ ।
