खोप लगाएको मान्छेलाई कोरोना जोखिम कति ? यस्तो भन्छन् जनस्वास्थ्यविद्

काठमाडौँ – कोरोनाविरुद्धको खोप लगाउँदैमा सङ्क्रमणको जोखिम अन्त्य नहुने स्वास्थ्य विज्ञहरूले बताएका छन् ।

हाल प्रयोगमा आएका कोरोनाविरुद्धका खोप लगाएका एक सयमध्ये ७०–८० जनालाई मात्रै सुरक्षा प्रदान गर्छ, बाँकीलाई खोप लगाए पनि फाइदा नहुने विभिन्न अध्ययनले देखाएका छ ।

अनिवार्य रूपमा खोपका दुवै मात्रा लगाएको हुनुपर्ने, खोप लगाएको छ महिना मात्रै काम गर्ने र खोप तथा स्वास्थ्य मापदण्ड पालना दुवै एकसाथ भए मात्र कोरोना सङ्क्रमणबाट पूर्ण रूपमा बच्न सकिने स्वास्थ्यविद्हरु बताउँछन्।

खोप लगाएकै छ नि भनेर मास्क लगाउने, सेनिटाइजर प्रयोग गर्ने वा नियमित रूपमा साबुनपानीले हात धुने, भौतिक दूरी कायम गर्ने जस्ता स्वास्थ्य मापदण्ड पालना नगरेकै कारण कोरोना सङ्क्रमण तीव्र गतिमा फैलिइरहेको उनीहरुको भनाई छ। ‘खोपले सङ्क्रमित व्यक्तिलाई गम्भीर अवस्थामा पुग्नबाट मात्रै जोगाउँछ, सङ्क्रमण हुनै रोक्न सक्दैन,’ उनीहरु भन्छन्।

स्वास्थ्य सेवा विभागका खोप शाखाका प्रमुख डा.झलक गौतमले कोरोनाबाट सुरक्षित हुन अनिवार्य रूपमा खोपका दुवै मात्रा पूरा गर्नुपर्ने बताए। खोपको एक मात्रा मात्रैको प्रभावकारिता झन् कम हुने भन्दै उनले भने, ‘कोभिसिल्ड खोपको हकमा दुवै मात्रा लगाएपछि ७० प्रतिशत सुरक्षा दिन्छ, त्यसैले खोप लगाएपछि जनस्वास्थ्यका मापदण्ड पनि पालना गर्नुपर्छ।’

खोपले बढाएको प्रतिरोधात्मक क्षमता कति समयसम्म रहन्छ, खोप लगाएको कति समयपछि यसले काम गर्छ भन्ने विषयमा पनि अध्ययन भइरहेको उनले बताए। जनस्वास्थ्यविद् डा. रवीन्द्र पाण्डेले खोपको दोस्रो मात्रा लगाएको एक महिनापछि मात्र राम्रोसँग एन्टिबडी बन्ने विभिन्न अध्ययनले देखाएको जानकारी दिए।

ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन भन्छन्, ‘खोपको मात्रा पूरा गर्नुपर्छ र जनस्वास्थ्यका मापदण्ड पनि पालना गर्नुपर्छ । तब मात्र कोभिड–१९ विरुद्धको यो खोपले सुरक्षा दिन सक्छ।’

कोभिसिल्डले बढीमा छ महिनासम्म सुरक्षा दिन सक्ने उनले बताए। ‘भाइरसको परिवर्तित स्वरूपका कारण कोभिडविरुद्धको यो खोपले काम गर्ने÷नगर्नेमा विश्वस्त हुने अवस्था छैन । त्यसैले खोप लगाएपछि ढुक्क भएर बस्नु हुँदैन,’ उनले भने।

अहिले कोरोना (कोभिड–१९) का नयाँ–नयाँ ‘भेरिएन्ट’ विकास भइरहेको अवस्थामा अहिले प्रयोग भइरहेका खोपको प्रभावकारिता पुष्टि हुन बाँकी नै रहेको पुनले बताए। ‘खोप लगाएको ठ्याक्कै कति समयपछि शरीरमा यसले काम गर्न थाल्छ भन्ने यकिन जानकारी आउन पनि बाँकी छ,’ उनले भने

सङ्क्रमणपछि बन्ने एन्टिबडी शरीरमा कति लामो समयसम्म रहन्छ भन्ने कुरा पनि पुष्टि भइनसकेकाले सबैले खोप लगाउनुपर्ने विज्ञहरूको धारणा छ । प्रतिरक्षा क्षमता बढाउन सहयोगी खोपले कुनै ब्याक्टेरिया वा भाइरस जस्ता जीवाणुबाट भविष्यमा रोग लाग्ने सम्भावना कम वा निर्मूल गर्छ । सामान्यतः एउटा जीवाणुका लागि बनाइएको खोपले त्यही जीवाणुको विरुद्धमा मात्र काम गर्छ ।

त्यही भएर रोगैपिच्छेका भ्याक्सिन बनाउनु परेको डा. गौतमले बताए।

सिफारिस

मंसिर २५ देखि रामेछापको सुनापतिमा पर्यटन महोत्सव, के–के छन् आकर्षण ?

रामेछाप - रामेछापको सुनापति गाउँपालिकामा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘सुनापति पर्यटन महोत्सव तथा पर्यटन वर्ष घोषणा–२०८३’ आयोजना हुने भएको छ । गाउँपालिकाले मंसिर २५...

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीको मागबमोजिम अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड धानको प्रयोगात्मक खेती सफल भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत सञ्चालित...

भर्खरै

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै...

निजामती सेवामा सरुवा, भनसुन र राजनीतिक पहुँचको विकृति अन्त्य गर्नुपर्छ : मन्त्री रावल

ललितपुर - भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य...

Why Are We Leaving Nepal? A Question We Need to Ask Beyond Age and Education

Perhaps migration is no longer just about seeking a...

हिमपातपछि सेताम्मे बन्यो पाँचपोखरी (तस्बिरहरू)

सिन्धुपाल्चोक- जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य पाँचपोखरी हिमपातपछि...

धेरै पढिएको