नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य घटेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रति तोला ९१ हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको मूल्यमा मंगलबार १ सय रुपैयाँले घटेर ९१ हजार २०० रुपैयाँ कायम भएको छ ।
मंगलबार तेजाबी सुनको मूल्य प्रति तोला ९० हजार ७०० रुपैयाँ कायम भएको छ ।
यस्तै, चाँदीको मूल्य भने बढेको छ । महासंघका अनुसार चाँदीमा प्रतितोला ५ रुपैयाँले बढेर मंगलबार प्रति तोला १ हजार ३१५ रुपैयाँ कायम भएको हो ।
