भीम रावलले अध्यक्ष ओलीलाई भेटेर पार्टी एकताबारे दिए यस्तो जवाफ

काठमाडौँ – एमाले पार्टीमा उत्पन्न विवाद समाधानका लागि वरिष्ठ नेता माधवकुमार नेपालसँगै छलफल गर्न नेता भीम रावलले प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरेका छन्।

आइतबार राति ओलीले एमाले विवाद समाधान सम्बन्धमा छलफलका लागि नेता रावललाई बालुवाटार बोलाएका थिए।

रावल र ओलीबीच बालुवाटारमा दुई घण्टा छलफल चलेको थियो। छलफलका क्रममा रावलले आफूसँग भन्दा पनि वरिष्ठ नेता नेपालसँगै छलफल गरेर समाधान खोज्न आग्रह गरेको श्रोतले बतायो।

‘मसँग छलफल गरेर केही हुनेवाला छैन, एकता चाहने हो भने वरिष्ठ नेता नेपालसँग नै छलफल र सहकार्य गरेर अघि बढ्नुको विकल्प छैन’, रावलको भनाइ उद्धृत गर्दै श्रोतले भन्याे।

नेता रावलले बालुवाटार छलफलका सम्बन्धमा आफ्नाे समूहका नेताहरुलाई ब्रिफिङ गरेका छन्।

संसद विघटन बदर र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै दायर रिटमा बुझाइएको हस्ताक्षर फिर्ता लिन ओलीले दिएको अल्टिमेटम सोमबार साँझ पाँच बजे सकिँदैछ।

तर एमालेको माधव समूहले कुनै हालतमा हस्ताक्षर फिर्ता लिन नसकिने बताइसकेको छ। ओलीसँगको छलफलका क्रममा पनि नेता रावलले हस्ताक्षर फिर्ता लिन नसकिने बताएका छन्।

‘संविधान जोगाउन गरिएको हस्ताक्षर फिर्ता हुँदैन’, रावलको भनाइ थियो। प्रधानमन्त्री ओलीले साेमबार साँझ पाँच बजेसम्म हस्ताक्षर फिर्ता लिइसक्न चेतावनी दिएका छन्।

सर्वाेच्चकाे फैसला आउनपूर्व हस्ताक्षर फिर्ता नलिनेहरु एमाले नरहने ओलीकाे चेतावनी छ। तर माधव समूहका नेताहरुले भने फिर्ता लिनका लागि हस्ताक्षर नगरिएकाे बताउँदै आएका छन्।

 

सिफारिस

प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी (तस्वीरहरू)

ताप्लेजुङ र पाँचथर जिल्लाको सिमानामा समुद्री सतहबाट करिब ४,३०० मिटरको उचाइमा अवस्थित टिम्बुङ पोखरी प्राकृतिक सौन्दर्य र धार्मिक आस्थाले भरिएको रमणीय गन्तव्य हो। हिमाली...

मिसेस नेपाल वर्ल्ड २०२६ : २२ सुन्दरी फिनालेका लागि तयार (तस्वीरहरू)

काठमाडौं - विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ को स्यासिङ समारोह फाइनल स्पर्धाकै झल्को दिने गरी बिहीबार साँझ राजधानीमा सम्पन्न भएको छ। थापागाउँस्थित...

विराटनगर किङ्समा चरिथ असलंका अनुबन्धित

काठमाडौं — विराटनगर किङ्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि बायाँहाते चर्चित ब्याटिङ अलराउन्डर चरिथ असलंकालाई अनुबन्ध गरेको छ। असलंकालाई श्रीलंकाली क्रिकेटका...

भर्खरै

मिसेस नेपाल वर्ल्ड २०२६ : २२ सुन्दरी फिनालेका लागि तयार (तस्वीरहरू)

काठमाडौं - विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड...

विराटनगर किङ्समा चरिथ असलंका अनुबन्धित

काठमाडौं — विराटनगर किङ्सले नेपाल प्रिमियर लिग (एनपीएल) को...

टीयू मैदानमा नेपाल र बंगलादेशीबिच पहिलोपटक टी–२० श्रृङखला हुने

काठमाडौं - आगामी मार्चमा बंगलादेशसँग नेपाल टी २० क्रिकेट...

हनुमानढोकामा जापानी फोटो पत्रकार ताकावका नोबोरुको एकल फोटो प्रदर्शनी

काठमाडौं — नेपाल र जापानबीच कला, संस्कृति तथा फोटोपत्रकारितामार्फत...

विराटनगर किङ्सद्वारा नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई नगद सम्मान घोषणा

एसीसी प्रिमियर कप २०२६ को उपाधि जित्दै एसिया कप...

भोटेकोशी बाढी प्रभावितका लागि रोयल एवान इन्भेस्टमेन्टद्वारा पाँच लाख बढी सहयोग

काठमाडौं - बाढीपहिरोबाट प्रभावित परिवारको राहत, उद्धार तथा पुनःस्थापनामा...

धेरै पढिएको