श्रममन्त्री विष्ट र युएईका मानव संशाधनमन्त्री हमालीबीच भेटवार्ता, के-के भयो कुराकानी ?

काठमाडाैं – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्णराज विष्ट र संयुक्त अरब इमिरेट्सका मानव संशाधन मन्त्री नसिरविन थानी अल हमालीबीच दुबईमा भेटवार्ता सम्पन्न भएको छ।

वार्तामा दुबईमा रहेर काम गरिरहेका नेपाली श्रमिकहरूको हित प्रवर्द्धनका विषयमा छलफल भएको अबुधाबीस्थित नेपाली दूतावासले जनाएको छ।

यस्तै नेपाली श्रमिकहरुको पारिश्रमिक समयानुकूल वृद्धि गर्ने विषयका साथै युएईमा आउने नेपाली कामदारहरूको सीप विकासका लागि नेपाल सरकार र युएई सरकारबीच सहकार्य गर्ने विषयमा समेत कुराकानी भएको छ।

यस्तै नेपाली र यूएईबीच गत जूनमा सम्पन्न भएको श्रमसम्बन्धी समझदारीपत्र (एमओयू)लाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सो समझदारी पत्रमा उल्लेख भएबमोजिमको संयुक्त कार्यदलको पहिलो बैठक आगामी नोभेम्बरको पहिलो साता हुने भएको दूतावासको भनाइ छ।

मन्त्री विष्ट १६–१७ अक्टोबरसम्म हुने अबुधाबी डाइलगको पाँचौ मन्त्रीस्तरीय बैठकमा भाग लिन तीन सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै दुबई पुगेका हुन्।

नेपाली दूतावासको आयोजनामा यूएईस्थित नेपाली संघसंस्थाका प्रतिनिधिको सहभागिता रहेको अन्तरक्रिया कार्यक्रममा समेत मन्त्री विष्ट सहभागी थिए।

सो छलफलमा नेपाली संघसंस्थाका प्रतिनिधिहरूले वैदेशिक रोजगारीमा हुनुपर्ने सुधारका बारेमा सुझाव दिएका थिए।

मन्त्री विष्टले वैदेशिक रोजगारीलाई व्यवस्थित मर्यादित र सुरक्षित बनाउन नेपाल सरकारले गरेका प्रयासहरू र भावी योजनाहरूको बारेमा जानकारी गराएका थिए।

साथै यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले मन्त्री तथा नेपाली प्रतिनिधिमण्डलको सम्मानमा आयोजना गरेको रात्रिभोजमा समेत मन्त्री विष्ट सहभागी भएका थिए।

सिफारिस

कलात्मक गुँड बुन्दै प्रेम र सिपको प्रतीक तोप चरा (तस्वीरहरू)

काठमाडौँ - भँगेरा वर्गमा पर्ने तोप चरा (बया) आफ्नो अद्भुत गुँड निर्माण कला र रोचक प्रजनन व्यवहारका कारण परिचित छ। इन्जिनियरिङ सीपका कारण यसलाई...

यस्तो छ अर्थमन्त्री स्वर्णिमको पहिलो बजेट (पूर्णपाठ)

सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि २१ खर्ब २४ अर्ब रूपैयाँको बजेट प्रस्तुत गरेको छ। संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा शुक्रबार...

बढ्यो कर्मचारीको तलब ,अब न्युनतम ४० हजार

सरकारले कर्मचारीको तलब २१ प्रतिशतले बढाएको छ। योसँगै उनीहरुले न्यूनतम ४० हजार पाउने भएका छन्। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेका अनुसार आधारभूत तलबमानमा १० प्रतिशत,...

भर्खरै

यस्तो छ अर्थमन्त्री स्वर्णिमको पहिलो बजेट (पूर्णपाठ)

सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि २१ खर्ब...

बढ्यो कर्मचारीको तलब ,अब न्युनतम ४० हजार

सरकारले कर्मचारीको तलब २१ प्रतिशतले बढाएको छ। योसँगै उनीहरुले...

बजेट प्रस्तुत भइरहँदा सांसद हर्क साम्पाङ संसदबाट बाहिरिए

काठमाडौँ - आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत भइरहेका...

अब बन्छ देश भन्दै टुँडिखेलमा यसरी मनाइयो गणतन्त्र दिवस (तस्वीरहरू)

काठमाडौं - संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको १८ वर्ष...

रविन्द्र ढाँटले रचे इतिहासः यूएफसीको सेमिफाइनलमा प्रवेश

काठमाडौं- नेपालका रवीन्द्र ढाँटले यूएफसीको छनोट प्रतियोगिता रोड टु...

धेरै पढिएको