इसेवा दशैँ अफर : आकर्षक पुरस्कारका साथै बैंकमा निशुल्क रकम ट्रान्स्फर

काठमाडौँ- नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले नेपालीहरूको महान चाड दशैँ र तिहारलाई लक्षित गर्दै विभिन्न किसिमका योजना सार्बजनिक गरेको छ ।

योजना अनुसार इसेवामार्फत घटस्थापना देखि १० दिनसम्म कुनैपनि बैंकमा निशुल्क रकम ट्रान्स्फर गर्न सकिनेछ । यस्तै बम्पर उपहारमा रू सयमा स्कुटर योजनामा एक जना भाग्शाली विजेताले स्कुटर जित्न सकिनेछ । स्कुटर नपाउने व्यक्तिको रकम टपअपद्धारा फिर्ता गरिनेछ ।

यस्तै साप्ताहिक रूपमा एक जना भाग्यशाली विजेताले आकर्षक उपहार प्राप्त गर्नेछन् । सेण्ड मनि दशैँ क्याम्पेनमा ५ सय जनाले रू ५०० र सेण्ड मनि तिहार योजनामा पनि ५ सय जनाले नै रू ५ सय डिजिटल दक्षिणा प्राप्त गर्नेछन् । यस्तै फ्ल्यास् अफर अन्तरगत मोबाईल रिचार्जमा १० प्रतिशत अथवा रू ५० सम्मको क्यासब्याक पाउन सकिनेछ ।

यो योजना ४ अक्टोबर देखि १३ अक्टोबरसम्म लागु हुनेछ । यस्तै एयरलाइन्स् योजनामा दैनिक ३ जनाले रिटर्न टिकट प्राप्त गर्नेछन् भने एक जना भाग्यशाली विजेताले स्कुटर जित्न सक्नेछन् । यो योजना २८ सेप्टेम्बर देखि १२ अक्टोबरसम्म लागु हु्नेछ ।

मोबाईल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिएको इसेवामा हाल प्रत्यक्ष रूपमा खाता खोल्नेको संख्या करिब ५० लाख रहेको छ । यसैगरी अप्रत्यक्ष रूपमा करिब एक करोड ६० लाख जनसंख्याले इसेवामार्फत सेवा लिइरहेका छन् ।

हाल इसेवाका देशभर करिब एक लाख ४० हजार एजेन्ट (इसेवा जोन तथा पोइन्ट) रहेका छन् । हाल इसेवामा मर्चेन्टको संख्या तीन लाख नाघिसकेका छन् ।

इसेवाबाट इन्स्योरेन्स्को प्रिमियम भुक्तानी, सेयर कारोबारको भुक्तानी गर्न सकिनुका साथै मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुलकलेजको लगायतका शुल्क भुक्तानी गर्न सकिन्छ ।

इसेवामा हाल ५० वटा बैंक तथावित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकमजम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।

सिफारिस

काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन: मन्त्री चौधरी

काठमाडौँ - महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले राजनीतिक नेतृत्वले काम गर्न खोज्दा कर्मचारीले सहयोग नगरेको बताउनुभएको छ । राष्ट्रिय सभाको संघीयता सबलीकरण...

युवा व्यवसायी राज कार्कीलाई ‘राष्ट्रिय व्यवसायी सम्मान’

काठमाडौँ -  युवा व्यवसायी राज कार्की ‘राष्ट्रिय व्यवसायी सम्मान’ बाट सम्मानित भएका छन् । नेपाल संगीत उद्योग संघले बुधबार राजधानीमा आयोजना गरेको ‘विश्नाथ केडिया...

काठमाडौँ उपत्यकाका सडक किनारमा ढकमक्क ज्याकाराण्डा (तस्वीरहरू)

काठमाडौँ - काठमाडौँ सहर यतिबेला रङ्गिएको छ । ज्याकाराण्डा फूल फुलेपछि काठमाडौँ उपत्यकाका धेरै सडक किनारामा  रङ्गिएको हो। मध्य चैतदेखि वैशाखसम्म ज्याकाराण्डाले काठमाडौँको सुन्दरतामा थप...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

युवा व्यवसायी राज कार्कीलाई ‘राष्ट्रिय व्यवसायी सम्मान’

काठमाडौँ -  युवा व्यवसायी राज कार्की ‘राष्ट्रिय व्यवसायी सम्मान’...

काठमाडौँ उपत्यकाका सडक किनारमा ढकमक्क ज्याकाराण्डा (तस्वीरहरू)

काठमाडौँ - काठमाडौँ सहर यतिबेला रङ्गिएको छ । ज्याकाराण्डा...

कस्तो रहला आइतबारसम्मको मौसम ?

हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव...

भाइरल भेलु बाजेको निधन

सामाजिक सञ्जाल र युट्युवमा भेलुबाजेका नामले भाइरल प्यूठानका मिनबहादुर...

एकैपटक ४८ जना उपसचिवहरुको सरुवा (सूचीसहित)

काठमाडौं - सरकारले एकैपटक ४८ जना उपसचिवहरुको सरुवा गरेको...

संघीय संसद्को बजेट अधिवेशन आह्वान

काठमाडौं - संसदको बजेट अधिवेशन आव्हान गरिएको छ । मन्त्रिपरिषद्को...

धेरै पढिएको