बुढानीलकण्ठ अस्पतालमा विशेषज्ञ सेवा थपिँदै

काठमाडौं – बुढानीलकण्ठ नगर अस्पतालले पछिल्लो समय विस्तार गरिएका स्वास्थ्य सेवासँगै आगामी वर्ष विशेषज्ञ सेवा थप गर्ने तयारी गरेको छ। नगरवासीलाई स्थानीयस्तरमै थप स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अस्पतालले नयाँ विभाग तथा विशेषज्ञ सेवा सञ्चालनको योजना अघि सारेको हो।

अस्पतालको भावी योजनाअनुसार दन्त सेवा विभाग स्थापना गरी दैनिक सेवा सञ्चालन गरिनेछ। मुटुरोग र स्त्रीरोगसम्बन्धी विशेषज्ञ सेवा सातामा दुई दिन तथा चर्मरोग सेवा सातामा एक दिन सञ्चालन गर्ने तयारी गरिएको छ। यसअघि सातामा एक दिन सञ्चालन हुँदै आएको बालरोग सेवालाई समेत विस्तार गरी दुई दिन पुर्‍याइने अस्पतालले जनाएको छ।

अस्पतालको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रगति समीक्षा तथा भावी कार्ययोजना सम्बन्धी कार्यक्रममा सेवा विस्तारको योजना सार्वजनिक गरिएको हो।

कार्यक्रममा नगरप्रमुख मिठाराम अधिकारीले नगरपालिकाले नागरिकको स्वास्थ्यलाई प्राथमिकतामा राखेर स्वास्थ्य सेवाको पहुँच बढाउने नीति लिएको बताए। नगर अस्पतालको क्षमता वृद्धि गर्दै नागरिकलाई सहज र गुणस्तरीय उपचार सेवा उपलब्ध गराउने प्रयास भइरहेको उनले बताए।

नगरपालिकाले नगर अस्पतालबाहेक अन्य स्वास्थ्य संस्थासँगको सहकार्यमा समेत नागरिकलाई उपचारमा सहुलियत उपलब्ध गराउँदै आएको छ। नगरवासीका लागि निःशुल्क रगतको व्यवस्था, जलनपीडितका लागि किर्तिपुर अस्पतालमा निःशुल्क उपचार, हेम्स अस्पतालमा उपचार खर्चमा १७ प्रतिशत छुट तथा बाँसबारी न्यूरो अस्पतालमा १५ प्रतिशत छुटको व्यवस्था गरिएको अधिकारीले जानकारी दिए। गंगालाल अस्पतालमा मुटुरोगको उपचारका लागि ५० हजार रुपैयाँसम्म सहयोग उपलब्ध गराउने व्यवस्था पनि गरिएको उनले बताए।

अस्पतालका प्रमुख कार्यकारी अधिकृत गोपालप्रसाद पोखरेलले अन्य अस्पतालसँगको समन्वय र सहकार्यमा निःशुल्क उपचारको नीतिलाई थप प्रभावकारी रूपमा कार्यान्वयन गरिने बताए।

उनका अनुसार अस्पतालमा दैनिक दुई वटा ओपीडी सञ्चालन हुँदै आएकोमा हाल तीन वटा ओपीडी सेवा सञ्चालनमा छन्। २०८३ असार १२ गतेदेखि सुरु गरिएको यूएसजी सेवाबाट असार मसान्तसम्म ३४८ जनाले सेवा लिएका छन्।

अर्थोपेडिक सेवातर्फ पनि अस्पतालले समय बढाएको छ। यसअघि सातामा दुई दिन सञ्चालन हुँदै आएको अर्थोपेडिक सेवा अहिले पाँच दिन सञ्चालन भइरहेको पोखरेलले बताए। यस्तै, २०८२ मंसिर ९ गतेदेखि सुरु भएको बर्थिङ सेवाबाट २२ जनालाई सफल प्रसूति सेवा प्रदान गरिएको छ।

अस्पतालका निर्देशक डा. सुधांशु झाका अनुसार आर्थिक वर्ष २०८२/०८३ मा अस्पतालबाट ५४ हजार ७३ जनाले विभिन्न स्वास्थ्य सेवा लिएका छन्। ओपीडीबाट ४६ हजार ८४८, आकस्मिक सेवाबाट ३ हजार ४१४, स्वास्थ्य बीमामार्फत ४ हजार ३०४ र अन्य सेवाबाट ३ हजार ८११ जनाले सेवा लिएका हुन्।

अस्पतालप्रति सेवाग्राहीको अपेक्षा बढ्दै गएको उल्लेख गर्दै डा. झाले उनीहरूको विश्वास कायम राख्दै गुणस्तरीय सेवा उपलब्ध गराउनु चुनौतीपूर्ण रहेको बताए।

बुढानीलकण्ठ नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर १० का अध्यक्ष नवराज भट्टराईले नगर अस्पतालले दुई वर्षको अवधिमा गरेको प्रगतिलाई सकारात्मक रूपमा मूल्याङ्कन गर्दै सेवा विस्तारलाई नगरका सबै नागरिकसम्म पुर्‍याउनुपर्ने बताए। जनप्रतिनिधिको कामको मूल्याङ्कनमा समेत अस्पतालको सेवा जोडिने भएकाले जनअपेक्षाअनुसार सेवा प्रवाह गर्न उनले अस्पताल प्रशासनलाई सुझाव दिए।

कार्यक्रममा अस्पताल व्यवस्थापन समितिका सदस्य डा. कालुसिंह खत्री, वीर अस्पतालका निर्देशक डा. भूपेन्द्र बस्नेतलगायतले नगर अस्पतालको सेवा विस्तार र गुणस्तर सुधारका लागि आवश्यक सुझाव दिएका थिए।

सिफारिस

इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा पुगे रवीन्द्र ढाँट

काठमाडौं - नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले ‘रोड टु युएफसी’ सिजन–५ को फाइनलमा प्रवेश गर्दै ऐतिहासिक उपलब्धि हासिल गरेका छन्। चीनको साङ्घाईस्थित...

रसुवा बाढीपीडितको राहतमा स्वस्तिश्री गुरुकुल, ५ लाखको कोष स्थापना

काठमाडौं - रसुवा जिल्लाको केरुङ नाका अन्तर्गत टिमुरे क्षेत्रमा चीनतर्फको बाँध फुटेर आएको भीषण बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि स्वस्तिश्री गुरुकुल आई.बी....

रसुवा बाढी प्रभावितको उद्धारमा १५ हेलिकप्टर परिचालन, ९७ जनाको उद्धार (तस्वीरहरू)

काठमाडौं - रसुवामा आएको बाढीका कारण प्रभावितहरूको उद्धारका लागि नेपाली सेना तथा निजी क्षेत्रका गरी १५ वटा हेलिकप्टर परिचालन गरिएको छ। उद्धार कार्यमा नेपाली सेनाका...

भर्खरै

रसुवा बाढीपीडितको राहतमा स्वस्तिश्री गुरुकुल, ५ लाखको कोष स्थापना

काठमाडौं - रसुवा जिल्लाको केरुङ नाका अन्तर्गत टिमुरे क्षेत्रमा...

रसुवा बाढी प्रभावितको उद्धारमा १५ हेलिकप्टर परिचालन, ९७ जनाको उद्धार (तस्वीरहरू)

काठमाडौं - रसुवामा आएको बाढीका कारण प्रभावितहरूको उद्धारका लागि...

किंग्स टी–१० सिजन–२ को उपाधि रोयल स्पोर्ट्स पार्क ब्लूलाई

काठमाडौं : किङ्स टी–१० इन्डोर टुर्नामेन्ट सिजन–२ को उपाधि...

स्वस्तिश्रीमा ८औँ एसजी अन्तरविद्यालय फुटसल: रातो बंगला, जेम्स, राई र लोयल्टीले उचाले उपाधि

८ औँ एसजी सिनियर अन्तरविद्यालय फुटसल प्रतियोगिता २०२६ सम्पन्न...

बंगलादेशी फोटो पत्रकारद्वारा अन्नपूर्ण केबलकारमार्फत सराङकोट भ्रमण (तस्वीरहरू)

पोखरा - राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) नेपालको निमन्त्रणामा...

आस्था र प्रकृतिको संगम बडीमालिका (तस्वीरहरू)

बाजुरा - सुदूरपश्चिमकै प्रमुख धार्मिक आस्थाको धरोहर बाजुराको बडीमालिका...

धेरै पढिएको