१२ वर्षमाथिकालाई कोरोनाविरुद्धको फाइजर खोप कहिले ? तोकियो लगाउने मिति

काठमाडौँ – अमेरिकाबाट १२ वर्षमाथि देखि १७ उमेर समूहका बालबालिकालाई लगाउने कोभिड-१९ विरुद्दको १ लाख डोज फाइजर- बायोएनटेक खोप नेपाल आइपुगेको छ। सोमबार कोभ्याक्स सुविधामार्फत अमेरिकाबाट एक लाख मात्रा फाइजर खोप नेपाल भित्रिएपछि नेपाल आइपुगेसंगै त्यसलाई सुरक्षित तरिकाले भण्डारण गरिएको छ।

अमेरिकासहित केही मुलुकमा फाइजर-बायोएनटेकले विकास गरेको खोप १२ वर्षमाथिका उमेर समूहमा पनि प्रयोगमा ल्याइएको हो । नेपालमा पनि सरकारले १२ देखि १८ वर्ष उमेर समूहका मानिसलाई उक्त खोप दिने भएको छ ।

अमेरिकाले दिएको फाइजर खोपलाई भण्डारण गर्दै स्वास्थ्य विभागका कर्मचारीहरू। फोटो – सरन महर्जन/अन्नपूर्ण टाइम्स

खोपको पहिलो मात्रा यहि कार्तिक २८ गते विश्व मधुमेह दिवसको अवसर पारेर मंसिर ३ गतेसम्म  दिर्घ रोगीहरूलाई लगाइने भएको छ ।  त्यसपछि बचेको खोप मंसिर ४ गतेदेखि ६ गते सम्म बाँकी दिर्घरोगीलाई प्राथमिकता राख्दै १२-१७ उमेर समूहका अन्य व्यक्तिलाई लगाइने स्वास्थ्य विभागले जनाएको छ।

त्यसै पहिलो मात्रा लगाएको २१ दिन देखि २८ दिनपछि दोस्रो मात्रा लगाउन सकिन्छ।  त्यसको लागि मंसिर २७ देखि पौष ५ दिनसम्मको लागि मिति तोकिएको छ।

अमेरिकाले दिएको फाइजर खोपलाई भण्डारणको तयारी गर्दै स्वास्थ्य विभागका कर्मचारीहरू। फोटो – सरन महर्जन/अन्नपूर्ण टाइम्स

१२ बर्षमाथिकालाई लगाउन स्वीकृत फाइजर भ्याक्सिनमा उल्लेख गरिएको म्यादसम्म भण्डारण गर्नका लागि यो भ्याक्सिनलाई माइनस ६० डिग्रीदेखि माइनस ८० डिग्री सेल्सियस तापक्रमभित्रको अत्यन्तै चिसो फ्रिजरमा राख्नुपर्छ । यो भ्याक्सिन माइनस ७० डिग्री सेल्सियसमा राख्न सिफारिस गरिएको छ ।

विगतमा नेपालमा माइनस २० डिग्री सेल्सियसभन्दा कम तापक्रममा भण्डारण गर्न सकिने कुनै व्यवस्था नहुँदा नेपालले अमेरिकी सहयोगमा मोडेर्ना वा फाइजर भ्याक्सिन प्राप्त गर्न सकेको थिएन । त्यसैले अमेरिकाले नेपाललाई जोन्सन एण्ड जोन्सन भ्याक्सिन सहायतामा उपलब्ध गराएको थियो ।

अमेरिकाले दिएको फाइजर खोपलाई भण्डारणको गर्दै स्वास्थ्य विभागका कर्मचारीहरू। फोटो – सरन महर्जन/अन्नपूर्ण टाइम्स

अमेरिकाको फाइजर–बायोएनटेक कम्पनीद्वारा उत्पादित फाइजर खोप १२ देखि १७ वर्ष उमेर समूहका अमेरिकी नागरिकले यसअघि नै लगाइसकेको छ । यूएस फुड एन्ड ड्रग एडनिनिस्ट्रेसनले १६ वर्षमाथिका व्यक्तिलाई फाइजर खोप लगाउन पूर्ण अनुमति दिइसकेको छ भने १२ वर्ष पुगेकालाई भने अनुगमनसहितको पूर्ण अनुमति दिएको छ । उक्त संस्थाले खोपकै कारण युवामा साइड इफेक्टका रूपमा मुटुमा समस्या नदेखिएको पनि स्पष्ट पारेको छ ।

सरकारले बालबालिकाको सङ्ख्याका आधारमा ६० लाख फाइजर खोप प्राप्तिका लागि पहल अघि बढाइएको बताइएको छ। त्यसबाहेक कोभ्याक्स सुविधामार्फत् थप ४० लाख मात्रा फाइजर खोप नेपालमा ल्याउने तयारी भइरहेको अधिकारीहरू बताउँछन्।

सिफारिस

मंसिर २५ देखि रामेछापको सुनापतिमा पर्यटन महोत्सव, के–के छन् आकर्षण ?

रामेछाप - रामेछापको सुनापति गाउँपालिकामा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘सुनापति पर्यटन महोत्सव तथा पर्यटन वर्ष घोषणा–२०८३’ आयोजना हुने भएको छ । गाउँपालिकाले मंसिर २५...

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीको मागबमोजिम अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड धानको प्रयोगात्मक खेती सफल भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत सञ्चालित...

भर्खरै

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै...

निजामती सेवामा सरुवा, भनसुन र राजनीतिक पहुँचको विकृति अन्त्य गर्नुपर्छ : मन्त्री रावल

ललितपुर - भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य...

Why Are We Leaving Nepal? A Question We Need to Ask Beyond Age and Education

Perhaps migration is no longer just about seeking a...

हिमपातपछि सेताम्मे बन्यो पाँचपोखरी (तस्बिरहरू)

सिन्धुपाल्चोक- जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य पाँचपोखरी हिमपातपछि...

धेरै पढिएको