कमेडी च्याम्पियनका विजेता भरतमणि पौडेल र पारस शाहबीच भेट, के-के भने ?

काठमाडौँ – कमेडी च्याम्पियन–२ का विजेता भरतमणि पौडेलले पूर्वयुवराज पारस शाहसँग भेट गरेका छन् । दुवैबीच एक घन्टा कुराकानी भएको थियो ।

पौडेलले केही दिनअघि भेटघाट भए पनि मंगलबार बिहान मात्र दुईबीच भेट भएको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेका छन् । उनले पूर्वयुवराज शाह निकै रमाइलो भएको जानकारी दिएका छन् ।

पौडेलले पारससँग शुक्रबार अपराह्न ५ बजेतिर शेर्पा मलस्थित ओपनियन रेस्टुरेन्टमा भेट भएको जानकारी दिए । उनी पूर्वयुवराज पारस शाहकै क्यारिकेचर गरेर कमेडी च्याम्पियनमा चर्चित बनेका थिए । जसलाई धेरैले मन पराएका थिए ।

भेट्नेवित्तिकै पूर्वयुवराज पारसले आफूलाई फन्नी फन्नी भनेको बताए । “साँझ ५ बजेदेखि एक घन्टा बस्यौं, उहाँले मेरो भिडियो हेर्नु भएको रहेछ, एकदम रमाइलो लाग्यो भन्नुभयो । अनि आफ्नै स्टाइलमा उत्साह दिँदै भन्नुभयो– फन्नी फन्नी किप इन टच ।

मलाई त एकदम मन पर्यो, उहाँको सादगी जीवन देखेर । मानौं, वर्षौँदेखि उहाँको र मेरो चिनजान छ झै लाग्यो । दले दाइ (सुमन कोइराला) र म यताबाट थियौं भने उहाँ र मुनेन्द्र दाइ हुनुहुन्थ्यो । खाजा सँगै खाइयो । जे होस् त्यो भेट मेरा लागि ऐतिहासिक र रमाइलो थियो,” भरतमणिले भने ।

सिफारिस

हात्तिवनमा वृहत् वृक्षारोपण तथा ‘चापा गुँ’ बोर्ड स्थापना

ललितपुर - ललितपुर महानगरपालिकाका वडा नं. २३, २८ र २९ को संयुक्त आयोजनामा हरिसिद्धिस्थित हात्तिवन क्षेत्रमा शनिबार वृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। ललितपुर महानगरपालिकाका...

एनएफपिजेद्वारा फोटो पत्रकारका लागि दुईदिने एआई सीपसम्बन्धी तालिम

काठमाडौँ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) को आयोजनामा फोटो पत्रकारहरूका लागि दुईदिने ‘एआई स्किल फर फोटोजर्नालिस्ट’ तालिम शनिबारदेखि काठमाडौंको सानोभर्याङस्थित स्वस्तिश्री गुरुकुल आईबी...

भर्खरै

एनएफपिजेद्वारा फोटो पत्रकारका लागि दुईदिने एआई सीपसम्बन्धी तालिम

काठमाडौँ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) को आयोजनामा...

द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थीलाई प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड

काठमाडौं - द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी र...

मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) टोली सुदूरपश्चिम रोयल्स र...

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकले गरेका सात निर्णय

सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता शुल्क पूर्ण...

क्यान्भासमा जलवायु परिवर्तनको सन्देश ( तस्वीरहरू)

४४औँ बीपी स्मृति दिवसको अवसरमा नेपाली कांग्रेसले बुधवार ललितपुरको...

धेरै पढिएको