काठमाडौं – नेपाली सेनाका प्रधान सेनापति महारथी अशोकराज सिग्देलले प्रधान सेनापति ट्रफी–२०८३ खेलकुद प्रतियोगिताको आज उद्घाटन गर्नुभएको छ। लगनखेलस्थित खेल मैदानमा आयोजित समारोहबीच प्रधान सेनापति सिग्देलले प्रतियोगिताको उद्घाटन गर्नुभएको हो।
नेपाली सेनाभित्र रहेका प्रतिभावान् खेलाडीको पहिचान गरी उनीहरूको खेल कौशल विकास गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने उद्देश्यले विसं २०६५ देखि प्रधान सेनापति ट्रफी प्रतियोगिता सञ्चालन हुँदै आएको छ।
