देशभर १२ हजारमा ३३८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । २७ हजार ४८७ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १० हजार ५२ तथा एन्टिजेन विधिबाट २२८६ जनामा संक्रमण पुष्टि भएको हो ।
यही अवधिमा थप ६४९ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या ५७ हजार ३२८ पुगेको छ । आजको दैनिक संक्रमण दर ४४.८७ प्रतिशत छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१ हजार ७ जनाको पीसीआर टेष्ट गर्दा १० हजार ५२ तथा ६ हजार ४९० नमुनाको एन्टीजेन टेष्ट गर्दा २ हजार २८६ जना गरी १२ हजार ३३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु भएको छ भने ६४९ जना निको भएका छन् । काठमाडौं उपत्यकामा आज ६९८१ जना संक्रमित थपिएका छन् जसमध्ये काठमाडौंमा ५००१, ललितपुरमा ११३० र भक्तपुरमा ८५० जना संक्रमित थपिएका छन् ।
१४ जिल्लामा सक्रिय संक्रमित संख्या ५०० भन्दा माथि छ भने १४ जिल्लामै सक्रिय संक्रमित संख्या २०० भन्दा माथि छ ।नेपालमा हालसम्म ११ हजार ६३२ जना सङ्क्रमितले ज्यान गुमाइसकेका छन् ।
त्यस्तै हिजो ११ हजार ३ सय ५२ जनामा कोरोना संक्रमण पुष्टि भएका थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २३ हजार ४ सय ९ जनामा कोरोना परीक्षण गरिएकोमा ११ हजार ३ सयमा संक्रमण पुष्टि भएको हो ।
