कांग्रेस नेतालाई हातपात गर्ने एमाले निकट युवा संघका इन्चार्ज पक्राउ

काठमाडौं – नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपालका धादिङ जिल्ला इञ्चार्ज दीपक खतिवडा समातिएका छन् । गजुरी गाउँपालिका, किरान्चोकका स्थानीय नानीराम पराजुलीमाथि कुटपिटको अभियोगमा बिहीबार प्रहरीले उनलाई समातेको हो।

एमाले पृष्ठभूमिका पराजुली केही समयअघि मात्रै दल बदलेर कांग्रेस प्रवेश गरेका थिए । उनी हाल गजुरी गाउँपालिका, कांग्रेस कमिटीको सह–सचिव छन् ।

पार्टी परिवर्तनपछि निरन्तर धम्की दिइँदै आएकोमा अहिले त्यसैको रिस फेर्न कुटपिट गरिएको पीडितको आरोप छ । खतिवडाविरुद्ध कुटपिटको उजुरी परेपछि छानबिनका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय, धादिङले जनाएको छ । उनलाई अहिले इलाका प्रहरी कार्यालय, गजुरीमा राखिएको छ । उनी रक्सीले मातेको अवस्थामा समातिएका हुन् ।

धादिङमा पछिल्लो समय कांग्रेस र एमालेबीच द्वन्द्व बढेको छ । बुधबार मात्रै एमालेका स्थानीय नेता राजेन्द्रविक्रम बस्नेतमाथि हातपात भएको थियो ।

एमाले गजुरी गाँउपालिका कमिटीका अध्यक्ष माधव भण्डारीद्धारा हस्ताक्षरित् विज्ञप्तिमा अध्यक्ष बस्नेतमाथीको हातपात सुनियोजित् भएको भन्दै दोषीमाथी कारवाहि गर्न समेत माग गरेको छ ।

उक्त घटनाप्रति प्रहरीले गोप्य रुपमा छानबिन गरीरहँदा बिहिबार दिँउसो एमाले युवा संघका जिल्ला इन्चार्जसमेत रहेका खतिवडालाई प्रहरीले पक्राउ गरेको हो ।

खतिवडाले गजुरी गाँउपालिका वडा नं. ७ स्थित् किरान्चोकका स्थानिय नानिराम पराजुलीमाथी कुटपिट गरेको उजुरीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । खतिवडालाई अहिले ईलाका प्रहरी कार्यालय गजुरीमा राखिएको प्रहरी श्रोतले जनाएको छ ।

सिफारिस

रसुवा बाढीपीडितको राहतमा स्वस्तिश्री गुरुकुल, ५ लाखको कोष स्थापना

काठमाडौं - रसुवा जिल्लाको केरुङ नाका अन्तर्गत टिमुरे क्षेत्रमा चीनतर्फको बाँध फुटेर आएको भीषण बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि स्वस्तिश्री गुरुकुल आई.बी....

रसुवा बाढी प्रभावितको उद्धारमा १५ हेलिकप्टर परिचालन, ९७ जनाको उद्धार (तस्वीरहरू)

काठमाडौं - रसुवामा आएको बाढीका कारण प्रभावितहरूको उद्धारका लागि नेपाली सेना तथा निजी क्षेत्रका गरी १५ वटा हेलिकप्टर परिचालन गरिएको छ। उद्धार कार्यमा नेपाली सेनाका...

किंग्स टी–१० सिजन–२ को उपाधि रोयल स्पोर्ट्स पार्क ब्लूलाई

काठमाडौं : किङ्स टी–१० इन्डोर टुर्नामेन्ट सिजन–२ को उपाधि रोयल स्पोर्ट्स पार्क ब्लूले जितेको छ। रोयल स्पोर्ट्स पार्कमा हिजो सम्पन्न भएको फाइनलमा ब्याकयार्ड बीलाई...

भर्खरै

रसुवा बाढी प्रभावितको उद्धारमा १५ हेलिकप्टर परिचालन, ९७ जनाको उद्धार (तस्वीरहरू)

काठमाडौं - रसुवामा आएको बाढीका कारण प्रभावितहरूको उद्धारका लागि...

किंग्स टी–१० सिजन–२ को उपाधि रोयल स्पोर्ट्स पार्क ब्लूलाई

काठमाडौं : किङ्स टी–१० इन्डोर टुर्नामेन्ट सिजन–२ को उपाधि...

स्वस्तिश्रीमा ८औँ एसजी अन्तरविद्यालय फुटसल: रातो बंगला, जेम्स, राई र लोयल्टीले उचाले उपाधि

८ औँ एसजी सिनियर अन्तरविद्यालय फुटसल प्रतियोगिता २०२६ सम्पन्न...

बंगलादेशी फोटो पत्रकारद्वारा अन्नपूर्ण केबलकारमार्फत सराङकोट भ्रमण (तस्वीरहरू)

पोखरा - राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) नेपालको निमन्त्रणामा...

आस्था र प्रकृतिको संगम बडीमालिका (तस्वीरहरू)

बाजुरा - सुदूरपश्चिमकै प्रमुख धार्मिक आस्थाको धरोहर बाजुराको बडीमालिका...

नेपाल मोबाइल वितरक संघको दशौँ साधारण सभा सम्पन्न

काठमाडौँ -नेपाल मोबाइल वितरक संघको दशौँ वार्षिक साधारण सभा...

धेरै पढिएको