बंगलादेशी फोटो पत्रकारद्वारा अन्नपूर्ण केबलकारमार्फत सराङकोट भ्रमण (तस्वीरहरू)

पोखरा – राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) नेपालको निमन्त्रणामा नेपाल भ्रमणमा आएका बंगलादेश फोटो पत्रकार संघका अध्यक्ष एकेएम मोहसिनको नेतृत्वमा रहेका १२ जना वरिष्ठ फोटो पत्रकारले पोखराको अन्नपूर्ण केबलकारमार्फत सराङकोटको भ्रमण गरेका छन्।

नेपाल भ्रमणका क्रममा पोखरा पुगेका बंगलादेशी फोटो पत्रकारलाई अन्नपूर्ण केबलकारका महाप्रबन्धक दिनेश पौड्यालले स्वागत गर्दै मायाको चिनो प्रदान गरेका थिए। पौड्यालले बंगलादेशी फोटो पत्रकारलाई स्वागत गर्न पाउँदा खुसी व्यक्त गर्दै आगामी दिनमा बंगलादेशबाट ठूलो संख्यामा पर्यटक पोखरा भित्र्याउन आफूहरू आतुर रहेको बताए।

उनले पछिल्लो समय बंगलादेशबाट नेपाल भ्रमणमा आउने पर्यटकको संख्या बढ्दै गएको उल्लेख गर्दै पोखराले समेत बंगलादेशी पर्यटकलाई आकर्षित गरिरहेकोमा खुसी व्यक्त गरे। बंगलादेशी फोटो पत्रकारहरूले आफ्ना सञ्चारमाध्यम, फोटो तथा सामाजिक सञ्जालमार्फत अन्नपूर्ण केबलकारसहित पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुर्‍याउन सक्ने उनको भनाइ थियो।

पौड्यालले पोखराको प्राकृतिक सौन्दर्य, हिमाली दृश्य, फेवाताल, संस्कृति तथा विभिन्न पर्यटकीय गतिविधिलाई विश्वसामु चिनाउन फोटो पत्रकारको भूमिका महत्वपूर्ण हुने बताए।

नेपाल र बंगलादेशका फोटो पत्रकारबीच व्यावसायिक सम्बन्ध विस्तार, अनुभव आदानप्रदान, सांस्कृतिक सम्बन्ध सुदृढीकरण तथा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले एनएफपीजे नेपालको निमन्त्रणामा १२ सदस्यीय बंगलादेशी फोटो पत्रकारको टोली नेपाल भ्रमणमा आएको हो।

टोलीको नेपाल भ्रमणले दुई देशका फोटो पत्रकारबीचको सम्बन्ध थप विस्तार हुनुका साथै बंगलादेशमा नेपालका पर्यटकीय गन्तव्यको प्रचारप्रसार गरी बंगलादेशी पर्यटकलाई नेपाल भित्र्याउनसमेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।

 

अजय लेन्सम्यान
अजय लेन्सम्यान
लेन्सम्यान अन्नपूर्ण टाइम्सका फोटो पत्रकार हुन् ।

सिफारिस

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर - नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्ने बताएका छन् । कञ्चनपुरको दोधारा–चाँदनी क्षेत्रमा...

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका सचिव प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट नगदसहित सम्मानित भएका छन्। पोखरा फोटोग्राफर संघद्वारा आयोजित...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा काठमाडौंको गौशालास्थित होटल सिभम प्लाजामा सम्पन्न भएको छ। क्लबका अध्यक्ष रोहित कार्कीको अध्यक्षतामा सम्पन्न साधारण सभामा...

भर्खरै

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा...

भोटेकोशी बाढीपीडितको उद्धार र पुनःस्थापनामा अक्सिडेन्टलको साथ, २ लाख ५१ हजार सहयोग

काठमाडौँ - भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको...

नेपाल भलिबल लिगको विजेताले २० लाख पाउने

काठमाडौं — नेपालमै पहिलोपटक आयोजना हुन लागेको पुरुष भलिबलको...

इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा पुगे रवीन्द्र ढाँट

काठमाडौं - नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र...

रसुवा बाढीपीडितको राहतमा स्वस्तिश्री गुरुकुल, ५ लाखको कोष स्थापना

काठमाडौं - रसुवा जिल्लाको केरुङ नाका अन्तर्गत टिमुरे क्षेत्रमा...

धेरै पढिएको